बतासे डाँडा कविता यात्रा र त्यसले ल्याएको तरंग - मोती चाम्लिङ
September 26th, 2008
बतासे डाँडा कविता यात्रा र त्यसले ल्याएको तरंग
- मोती चाम्लिङ, अनेसास हङकङ
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना भएपश्चात अधिकप्राय प्रवासमा जहां जहां नेपाली भाषी प्रवासीहरु छन् त्यहां त्यहां यो संस्थाले आफनो उपस्थिति जनाएको छ। यसले जहां उपस्थिति जनाएको छ फगत संस्था निर्माणको लागि मात्र अवश्य होइन।
यो संस्थाको प्रमुख लक्ष्य प्रवासमा पनि नेपाली भाषाको प्रवर्द्धन गर्नुको अलावा अन्य निकै महत्वाकांक्षी उद्धेश्यहरु वोकेर आफनो यात्रामा निरन्तर अग्रसर भइआएको अनगिन्ति उदाहरणहरु छन्। एकीकृत राष्ट्रिय भाषा होस् या वग्रेल्ती मातृभाषाहरु किन नहोस, सवै खाले भाषाहरुले समुदाय तथा समाजको प्रतिनिधित्व गर्दछन् याने भाषा समुदायका परिचायक हुन्। सवै भाषाहरुको आफ्ना महत्व छन्। तर पनि स्वदेशको सिमाना नाघेर परदेशिएपछि मात्र थाहा हुने रहेछ कि राष्ट्रियता कति मूल्यवान हुन्छ भनेर। नेपाल यस्तो देश हो जहां सांच्चिकै धेरै जातैपिच्छेका मान्छेहरुको आफना आफनै मातृभाषाहरु वोलिन्छन् । आफना आफनै संस्कारहरु जीवित रहेका छन्।
एकै टोल र वडामा आधा दर्जन वढी समुदायका मान्छेहरुले आफना मातृभाषा वोल्ने गर्छन्। नेपालभरी यस्ता मातृभाषा कति वोलिन्छन् भन्ने यकिन लेखाजोखा हुन अझै वांकी नै हुनसक्छ । विविध जात जातिमा निहित भाषा संस्कारहरुको आफ्ना अस्तित्व रहंदा रहदै पनि राष्ट्रिय एकतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रथम काम चलाउ भाषा तथा सम्पर्क संवादको भाषा नेपाली भाषा नै हो। नेपाल र नेपालीको आन्तरिक एकता सदियौं जीवित रहनुको रहस्य श्री ५पृथ्वीनारायण शाहको श्रीपेच अवश्य होइन, १३ वटा शाहवंशीय राजाहरुको शीरमा अडेको राजमुकुट पनि होइनन्। मेचीदेखि महाकालीसम्मका नेपाली मात्र किन र, नेपालका प्राचिन सिमाना टिष्टादेखि कांगडासम्मका नेपालीहरु वर्तमानमा समेत भावनात्मक रुपले एक छन्। यी नेपाली भावनात्मक एकताको रहस्य खोतल्नै पर्दैन, सरल जवाफ हो, उही एउटै एकीकृत राष्ट्रिय भाषा नेपाली भाषा।
नेपाली भाषा एकीकृत भाषा भएकोले एउटा खेमा तर विद्रोही स्वभावका आदिवासि जनजाति समाजका केही पुरानो समयका वुद्धिजीविदेखि वर्तमानसम्मका लेखक र वुद्धिजीविहरुले रुष्टता व्यक्त गरि आएका छन् र यो उहांहरुको वाध्यता भनौं या अनोखा। उहांहरु आफना आरोपलाई जातिय दृष्टिकोणको संकुचित हो कि यथोचित विचार केन्द्रमा उनेर वलशाली वनाउन चाहन्छन्, त्यहिं वलले आफू समेत बलशाली वन्न चाहन्छन्। खस भाषीक हस्तक्षेपले सांस्कृतिक हस्तक्षेप गरेको आरोप छ उहांहरुको। त्यो आरोप अक्सर खस भाषाको हवाला दिदै नेपाली भाषा लादियो भन्नेमा अन्तिम निष्कर्ष निकाल्ने गरेका छन्। कतै कहिं उहांहरुले व्याख्या गर्ने गरेको मार्क्सवादमा पनि कथित या व्यथित नारा बाहुनवादको सेरोफेरो फन्को लगाउदै लेख आलेखहरु विट मार्ने गरेको पाइन्छन्। हो, यो आधुनिक नेपाली भाषा खस भाषाकै वैज्ञानिक र पछिल्लो रुप हो। यस मानेमा कुनै दुबिधा छैन। तर अव खस भाषाको तुक झिकेर, राष्ट्रिय भाषाको रुपमा वयस्क मात्र होइन सदियौं पाको वनिसकेको नेपाली भाषाप्रति पूर्वाग्रह राखिरहनुले के कस्तो परिणाम निस्कन्छ ? केही अर्थ छ विमतिको ? छैन केही अर्थ छैन। यस्तो अराजकताले त उभिसकेको एउटा मानक श्रृंखलालाई भत्काएर नेपाली समाजको एकत्रित भावनालाई थप्पड हान्नु सिवाय केही हुन सक्तैन । तसर्थ यस विधिको विषयमा विवाद खडा गरिरहनु अनावश्यक वखेडा मात्र हो। तसर्थ नेपाली भाषाको विकल्प खोज्दै मातृभाषागत वाहुल्यतालाई आधार मानेर उत्तर आधुनिक नेपालमा संघीय राज्यसत्ताहरु निर्माण गरिने भनिएका राज्य पुनरसंरचनाको अवधारणा समेत अन्ततोगत्वा सफल हुन सक्नेमा शंका हावि छ। किन भने नेपालको कुनै पनि यस्तो क्षेत्र छैन जहां एउटै जाति र भाषाभाषीका जनताहरु मात्र बसोबास गर्दछन्। अपवादको रुपमा समेत यस्तो क्षेत्र पाउन कठिन छ। अव उप्रान्त चलनचल्ती र सामाजिक संवादको एकीकृत भाषा नेपाली भाषालाई स्वीकार्नुको विकल्प अत्यन्तै न्यून वनिसकेको छ। देश धर्मनिरपेक्ष र राजनीति वहुल वनाउन सकिएपनि राष्ट्रिय भाषा नेपाली भाषा नै सापेक्ष हुने तथ्यमा अव कसैसंग दुविधा रहन्छ भने त्यो भ्रम मात्र हो । हामी एकापसमा संवाद गर्छौं, भावना पोख्छौं र अनुभूति व्यक्त गर्छौं, मानव समाजमा चराचुरुंगीको जस्तो भाषिक शैलीले काम नचल्ने भएकाले भाषालाई वैज्ञानिक र विस्तृत तथा व्यवहारिक वनाउंदै लानु परेको हो, परिमार्जन संगै पुस्तौनी पर्रि्रमण गर्ने भाषागत प्रकृयालाई साहित्य भनिन्छ। हामीले एक आपसमा संवाद गर्दा, अनुभूति व्यक्त गर्दा वुझियो भने मात्र भाषाले सार्थकता पाएको ठहर हुन्छ । गहिरिएर सोंच्दा मानव जीवनमा भाषा केवल साधन हो तापनि यसको विशष्टिता अत्यन्त संवेदनशील र उच्च किसिमको छ। जुनसुकै भाषा होस, प्रसंग र सन्दर्भले सवैको लागि सजिलो र समाजमा सर्वव्यापी बनेको छ भने त्यही भाषाले वृहत्तर आयतन ओगेटछ। यस मानेमा नेपाली जातीले नेपाली भाषालाई नै प्रमुख भाषा मान्नु पर्ने हुन्छ।
यति हुंदा हुदै पनि अनेसासले लक्ष्य गरेको आफना उद्धेश्यहरुमा नेपालभित्र र वाहिरका नेपालीहरुले प्रयोगमा ल्याईएका मातृभाषा र समुदायका निहित संस्कार, संस्कृतिमाथि प्रहार गर्नु अवश्य होइन र यस्तो गरिएको पनि छैन । तर सम्वर्द्धन र संरक्षणको प्रश्नमा राष्ट्रिय भाषा प्राथमिकतामा पर्दछ, सवै नेपाली मातृभाषा भाषीहरुलाई समेत अनेसासले उत्तिकै महत्व दिएको छ। यसमा कसैले भ्रम पाल्नु उपयुक्त हुदैन। अनेसासले नेपाली साहित्यकार, नेपाली श्रष्टा, राष्ट्रिय प्रतिभाहरुको सम्मान गर्दछ, समग्रमा भन्नु पर्दा सवै बिधाका साहित्य अनुरागीहरुलाई उत्तिकै सम्मानको दृष्टिकोण राख्दछ। नेपाली भाषाको प्रयोगले नेपाली समाजलाई साहित्य मार्फत सामाजिक चेतना जगाउने आदिकवि, महाकवि, कवि शिरोमणी जस्ता मुर्धन्य ऐतिहासिक व्यक्तित्वहरुलाई सम्मानको शिखरमा राख्दछ। श्रष्टा, भाषा साहित्यका पारखीहरुको सत्कार सम्मान र सिको गर्दै, नवीन शैलीका लेखकीय क्षमताको विकासमा अग्रसर रहने प्रण सहितको समाज नै अनेसासको तात्विक परिभाषा हो भन्नुमा अतिशयोक्ति छैन। अनेसासको धर्म भनेको डायस्पोराका साहित्यकारहरुलाई चौतारी कनिदिने मात्र कदाचित होइन, यो स्वयं एउटा वृहत्तर चौतारी त हुदै हो अपितु नेपाली भाषा साहित्यमा निरन्तर प्रगति र उत्पादन यसको प्रमुख लक्ष्य हो। डायस्पोरामा अनेसासका दर्जनौं च्याप्टरहरु क्रियाशील छन्।
संसारमा हरेक दिन, हरेक हप्ता र महिना जस्तै कुनै न कुनै च्याप्टरमा यसले साहित्यिक कार्यक्रम संचालन गरिरहेकै हुन्छ। यसै सन्दर्भमा अनेसास हङकङले पनि विगतदेखि वर्तमानसम्म केही न केही साहित्यिक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ। यसै सिलसिलामा पछिल्लो पटक १५ सेप्टेम्वर २००८ का दिन लाम्मा आइल्याण्डमा भव्यताकासाथ (कविता यात्रा) साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ। तर यहिं कार्यक्रम अनेसास हङकङको पहिलो कार्यक्रम होइन। यसले विगतका दिनहरुमा कविता गोष्ठी र गीतियात्रा विमोचन कार्यक्रमहरु हङकङको व्यस्त शहरभित्रै सम्पन्न गरिसकेको छ। अनेसास हङकङ पुनर्गठन र नियमित साहित्यिक वैठकहरु हुदै आएका छन्। अहिले डायस्पोरामा ताजा चर्चाको विषय वतासे डाँडा कविता यात्राले साहित्यिक माहौल तातेको छ।
तातोले कसैलाई डाम्नसम्म डामेको छ भने कसैलाई हुनसम्मको ठण्डी र हाइसन्चो भएका अनुभूतिहरु छापामा पढ्ने अवसर मिलेको छ। यसकारणले हुनसक्छ कि यस विषयमा आफना अभिव्यक्तिहरु निकै जनाले विविध सञ्चार माध्यमवाट सार्वजानिक गरेका छन्। धन्य छ विचार अभिव्यक्ति दिने सवै साहित्यिक पारखीहरुलाई। विचारहरु स्वतन्त्र रुपले आएका छन् । वतासे डाडाको कविता यात्रावारे टिका टिप्पणीहरु पनि भएका छन्। अनेसास हङकङ समितिभित्रका पदाधिकारी मित्रहरुको टिप्पणी होस् कि समिति वाहिरका मित्रहरुको टिप्पणी होस सवै स्वतन्त्र र अनौपचारिक तथा अनाधिकृत टिका टिप्पणीहरु हुन्। समितिभित्रका कुनै मित्रहरुवाट पेश गरिएका धारणाहरु नित्यान्तै व्यक्तिगत हुन् र त्यसप्रति अनेसास सिंगो संस्थालाई प्रस्फुटित विचारवारे आफना आधिकारीक धारणा पेश गर्ने पर्ने जरुरत छैन। चाहे समितिभित्रका मित्रहरुवाट होस् या वाहिरका, अनाधिकृत रुपले वाहिर आएका धारणाको कारणले संस्थाको गरिमालाई अपव्याख्या गर्दै संस्थाप्रति नै आफ्ना मनगढन्ते विचार प्रस्तुत नगरिदिनहुन अनेसास हङकङ हार्दिक अनुरोध गर्दछ। व्ययक्तिवीचको विचार टकरावमा संस्थाको नाम लिएर यसलाई मुछ्ने काम अशोभनीय मात्र होइन, गैर जिम्मेवारीपन पनि हो। भुलेर पनि हामीले यस्तो कार्य नगरौं। धन्यवाद।
(लेखक अनेसास हङकङ चयाप्टरका अध्यक्ष हुन् - सं.)
भिडीयोमा अनेसास हङकङ बतासे डाँडा कविता यात्राको झलकः
Entry Filed under: विचार / विविध





3 प्रतिक्रियाहरू आफ्नो प्रतिक्रिया दिनुहोस्...
1. पितामबर राई | October 1st, 2008 at 3:34 pm
धन्यवाद मोति जी
हामिले अनेसास जस्तो एऊटा गरिमामय च्यप्टरलाई कहिले पनि अन्यथा सोच्दौन तपाईले भने जस्तो प्रकाश जि को कुरा ब्तक्तिगत हो भने र हामिले भन्दै पनि छौ कि यो लेख हो कि समाचार हो यदि समाचार हो भने ब्याक्तिगत हुदै हुदैन तर प्रकाश जि अनेसास भित्रको कार्यकारि पनि त हो ।
2. Mohan Magarati | November 26th, 2008 at 2:32 am
Dear Chamling sir,
We are proud of your continue contribution for nepalese diasporic literature. You have same spirit even in Gulf either in HongKong.
Warm regards
Magarati and your all intimates
from Isarael
3. Dipjyoti Bantawa | December 1st, 2008 at 4:50 am
Moti Dai
Namaste
We always be awaiting for your articles. We are proud of you as you creat rewriteable articles.
Dipa Sumnima
Sidney AUS
आफ्नो प्रतिक्रिया दिनुहोस्...
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed