उनीसंगको पहिलो र अन्तिम भेट - सुनिता गिरी

September 16th, 2008

उनीसंगको पहिलो र अन्तिम भेट

- सुनिता गिरी
सानै उमेरदेखि भावनात्मक लयहरुमा गाइएका नयाँ पुराना गीतहरुको कर्णप्रिय झन्कारहरुले मलाई भिन्नै किसिमको आनन्द दिलाउथ्यो। त्यसमा पनि नारायण गोपालका मुटु छुने गीतहरुले यो मनमा डेरा जमाई सकेको थियो।

उनीसंग प्रत्यक्ष भेट नभए पनि उनका गीतहरुमा मानव जीवनका तीतामीठा क्षणहरुको दुखेसो पोखिएको हुनाले नेपाली माया उर्लिएको भान हुन्थ्यो। समयको छालसंगै बृद्धदेखि बालकसम्म उनैका स्वर लहरीहरु आफै आफै जानी नजानी गाइरहेको भेटिन्थ्यो। यिनै रङीचङी अनुभूतिसंगै मानव जीवनका रामकहानीहरु गाउँदा गाउदै उनकै रामकहानीको अन्तिम घडी आइसकेको रहेछ। उनकै छायाँले उनलाईनै छाडेर जान लागेका रहेछन्। उनले गाएका थिए- ” नलेखेको गीत मेरो पाखा भरि गाए जस्तो, नदेखेको माया मेरो आँखा भरि पाए जस्तो ” । उनी लामो समयको बिरामीपछि अथक प्रयास हुदा हुदै पनि र सबैको मायाको डोरीमा बाधिदा बाधिदै पनि दैबको लिला उनको बीर अस्पतालको आइसीयुमा अन्तिम उपचारको प्रयाश गरिदै थियो। यो खबरले सबै शुभचिन्तकहरुलाई मर्माहित बनायो। त्यसमध्ये घायल म पनि एक थिएँ। मनमा जति बेला पनि नारायण गोपालका गीतहरु गुन्जिरहन्थ्यो। मैले आफनो मनलाई थाम्न नसकी आइसीयुमा गएँ । यसो हेरेँ बाहिर पटि्ट मानिसहरु आँखामा आँसु लिएर टोलाइरहेका, एउटा सानो टेबुलमा आगन्तुक पुस्तिका, मानिसको अध्यारो अनुहार, देखे। एक एक गरेर मात्र भित्र पस्न पाईने रहेछ। मैले आगन्तुक पुस्तिकामा पल्टाएँ र सर्सर्ती लेखेँ खै के के लेखेँ स्वर सम्राटलाई एउटा प्याराग्राफ नै बनेछ। अनि म भित्र पसें, त्यो दिन नै मेरो पहिलो र अन्तिम भेट रहेछ । बेडमा लमतन्न अक्सिजन लगाएर सुतिरहेका नारायणगोपालले बिस्तारै मतर्फ हेरेर फेरि आँखा बन्द गरे। कुनै परिचित व्यक्तिसंगको भेट जस्तै गरेर…तर उनको सम्झनामा राखिएको आगन्तुक पुस्तिकामा उनको जीवनमा, मेरो पहिलो परिचय थियो। मेरो आँखाबाट बलिन्द्रधारा आँसु बर्षिए थाम्नै सकिंन, बाहिर निस्किएँ।

“एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा” भन्ने गीत गुन्जिरहेझै लाग्थ्यो त्यसबेला। त्यस दिनको भोलिपल्ट उनको प्राण पखेरु उडेर गएछ सदासदाको लागि। उनको शवमाथि फूल अबिर बर्षाएका थिए। हजारौ नरनारीहरु भावविव्हल हुदै शवसंगै पछि लागेका थिए। उनको शवले उनकै गीत गाइरहेझै लाग्दथ्यो -
” आजै र राति के देखे सपनी मै मरि गएको” नारायण गोपालका मुटु चुढाउने गीतहरुले म यति रोएँ, लाग्छ एउटै परिवारमा भएको सदस्यको मृत्यु भएको छ। त्यस दिनदेखि मलाई यस्तो लाग्छ हामी सबै एउटै घरका परिवार हौ। कर्तब्य र व्यवहारले परिस्थिति र वाताबरणले आफनो आफनो कर्मप्रति विबश भएर जो जहाँ पुगे पनि नेपाली रगतको मायालाई मन मन्दिरमा सजाउँ भन्ने भावना जगाउन आग्रह गर्दछु।
हङकङ

Share this Post[?]
        

Entry Filed under: एचकेनेपाल डट कम, विचार / विविध

11 प्रतिक्रियाहरू आफ्नो प्रतिक्रिया दिनुहोस्...

  • 1. Kalu pahare poon  |  September 18th, 2008 at 12:45 pm

    Namaste excellent Article and the way you expressing at end it’s true big thank.

  • 2. biru  |  September 18th, 2008 at 4:48 pm

    i accept your deep emotiomal thought and i want to recpect you

  • 3. gandsh limbu  |  September 18th, 2008 at 5:51 pm

    yes of courese i agree with you , your’s articale indeed .
    but don’t be imotoinal about the past just be a normal, think about
    presents evrythings will be fine . we most has to be a ideal person as well as you heve convenced.
    thank you so much .
    i respact you.

  • 4. sunita  |  September 22nd, 2008 at 6:07 pm

    सर्ब प्रथम hknepal.com प्रति आभारी छू अनि मेरो आर्टिकल हेरेर मन पराई दिएर,मलाई हौसला बढाई दिनु भएको माँ हजूर हरु सबै लाई मेरो अन्तर हिर्दाये बाट
    हार्दिक धन्येबाद दिन चाहन्छु .

  • 5. bantawa  |  October 2nd, 2008 at 5:28 pm

    hajur ramro lgeko chha articale,

  • 6. NARAYAN  |  October 9th, 2008 at 4:31 pm

    HI
    SUNITA JEE TAPAI LA LAKHAKO LAAKHA DHARY RAMRO LAGO YASARI NI LAKHA LAKHADAI JANU YAK DIN U RAMRO WOMAN BANU HUNACH . OK HAPPY DASHAIN .

    NARAYAN
    QATAR

  • 7. Noor Alam Baadshah From Doha-Qatar  |  October 9th, 2008 at 4:44 pm

    thanks a lot

  • 8. nooralambaadshah@yahoo.com  |  October 9th, 2008 at 4:46 pm

    dherai dherai dhanyabad.

  • 9. Rai Tilak Walahang(Hong Kong)  |  October 22nd, 2008 at 2:20 pm

    Sunita, you are great that you met ‘Swor Samrat,

  • 10. sapanasansar  |  October 23rd, 2008 at 10:26 am

    I enjoy reading your article . Keep writing.
    Thank you

  • 11. ganesh giri  |  August 3rd, 2009 at 6:43 pm

    sister namsksr i am ganesh vai from kathmandu . i am very happy

आफ्नो प्रतिक्रिया दिनुहोस्...

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने इन्दिवर वा गुगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Calendar

September 2010
M T W T F S S
« Apr    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Most Recent Posts

Most Popular in September, 2008