हङकङका कविहरु मकाउ कविता यात्रामा.. - पशन तमू
June 19th, 2008
हङकङका कविहरु मकाउ कविता यात्रामा..
- पशन तमू
युरोपियनहरुको पहिलो र अन्तिम उपनिवेश मकाउ…,
हाल चीनको विशेष प्रशासकीय क्षेत्र मकाउ..
जहाँ यस पटक एक हूल हङकङका नेपाली कविहरु गएर कविताका बीउहरु छरेर फर्के।
१६ औं शताव्दीतिर पोर्तुगिजहरुले पाइला टेकेपछि आफ्नो व्यापारिक केन्द्रको रुपमा उपनिवेश बनाएको मकाउ अन्ततः २० डिसेम्बर १९९९ मा मूख्यभूमि चीनलाई हस्तान्तरण गरेपछि रोजगारका केही अवसरहरु खुलेका छन्। त्यस अवसरबाट नेपालीहरुले समेत सीमित रुपमा रोजगारका फाइदा उठाउन पाएका छन्। फलतः मकाउमा अहिले केही नेपालीहरु विभिन्न पेशा गरेर बस्दै आएका छन्। नेपालीहरु कामले मात्र होइनन् विचार र भावनाले, भाषा र साहित्यले नेपाल र नेपाली भएर बाँच्न चाहेका छन्।
त्यसैले भर्खर ताते ताते गरेको सृजनशील साहित्य समाज मकाउले हङकङका एक हूल नेपाली कविहरुलाई आमन्त्रण गरेर पहिलो पटक कवि गोष्ठीको आयोजना गर्यो - ‘मकाउ हङकङ कवि गोष्ठी’। जुन १५ तारिख आइतबारका दिन आयोजित कवि गोष्ठीमा सहभागी हुन बिहानदेखि कविहरु तछाड मछाडमा थिए। हङकङ नेपाली महासंघ र अन्य संघसंस्थाद्वारा सोही दिन हङकङमा आयोजित गणतन्त्र खुसियाली कार्यक्रमलाई रित्तै पारेर कवि मनका पत्रकारहरु सबै मकाउतर्फ हानिए। त्यसो त मकाउको लागि करीव एक महिना पहिलै निम्तो आएको थियो भने अर्को गणतन्त्रको कार्यक्रममा आयोजकले एक दिन बाँकी छंदा पत्रकारहरुलाई आउनु है भनेर फोनमार्फत औपचारिक जानकारी दिएका थिए।
मकाउ कविता यात्राका लागि सिर्जनशील साहित्य समाज, हङकङका अध्यक्ष तथा अराजक कवि हाङयुग अज्ञातले कविहरुलाई मकाउ लाने र ल्याउने जिम्मा लिएका थिए। सेङ वानबाट दुई समूहमा कविका हूलहरु मकाउतर्फ लागेका थिए। ११ बजेको बोट र १२ बजेको बोटमा दुई समूहमा ओसारिएका कविहरु भने पशुपतिको यात्रा, सिद्राको व्यापार भने झैं कवि गोष्ठीमा सरीक पनि हुने र मकाउ पनि घुम्ने रहरमा गएका थिए।
रातभर नसुतेर कविता यात्रामा निस्केका कवि तथा पत्रकार पशन तमू र गीतकार तथा गजलकार अशोक राईले मकाउको कविता यात्रालाई कष्टकर यात्रा भने। दुबै जना कामको कारण रातभर सुत्न नपाउंदा बोट लागेर हैरान भएका थिए। अन्य कवि मनहरुहरु भने उत्साहले फुरुंग थिए। करीव एक घण्टा सामुद्रिक यात्रा पार गरेपछि कविहरु मकाउ पुगेका थिए। ‘नेपाली घर’ रेष्टुरेण्टमा पेट पूजापछि त्यही कवि गोष्ठी सुरु भयो। कवि शरण सुब्बाले सञ्चालन गरेको कवि गोष्ठीको सभापति सृजनशील साहित्य समाज मकाउका संयोजक चन्द्र सम्वाहाम्फेले गरेका थिए। सह-संयोजक पूरण राईले हङकङका कविहरुलाई मकाउमा स्वागत गर्दै कविता वाचनको क्रम सुरु भएको थियो।
कार्यक्रमममा प्रमुख अतिथिका रुपमा आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ र सिर्जनशील समाज हङकङका अध्यक्ष हाङयुग अज्ञात थिए भने एनआरएन एशिया प्यासिफिकका संयोजक गणेज इजम, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सचिव पशन तमू, आदिवासी गीतकार समाजका अध्यक्ष प्रदीप कन्दङवालगायत विशेष अतिथिका रुपमा उपस्थित थिए। कार्यक्रममा एनआरएन मकाउ तदर्थ समितिका कोषाध्यक्ष गंगाबहादुर तामाङ अतिथिका रुपमा थिए।
सृजनाशील साहित्य समाज मकाउ र नेपाली मैत्रीपूर्ण नेपाली संघ मकाउको संयुक्त आयोजनामा सञ्चालित कवि गोष्ठीको पहिलो वक्ता मैत्रीपूर्ण नेपाली संघका अध्यक्ष हर्कबहादुर कुंवर थिए। सरल तथा सहज कविता वाचन गर्दै कुंवरले मकाउका नेपालीले भोग्दै आएका पीडाहरु सुनाए। उनले मकाउमा कार्यरत नेपालीमाथि अन्याय भएको बताए। मकाउमा रहेका नेपालीलाई हङकङस्थित नेपाली दूतावासले हेर्ने भए पनि मकाउमा रहेका नेपालीले दूतावासीय सुविधा प्राप्त गर्न गाह्रो भएको बताए। यहाँ कार्यरत नेपालीले उचित पारिश्रमिक नपाएको, श्रम शोषण भएको बताए। नेपालीको पक्षमा बोलिदिने कोही नभएको गुनासो पोखे। त्यसैगरी, बेइजिङ ओलम्पिकको प्रचारप्रचारमा हिडेको पवित्र ज्योति (ओलम्पिक टर्च) रेली हेर्न त्यहाँको नेपालीलाई प्रतिबन्ध गरिएको अमानवीय कथा सुनाए। उनले भने - ‘मकाउ आईपुगेको ऐतिहासिक ओलम्पिक टर्च रेलीमा असुरक्षाको कारण देखाई नेपालीलाई हेर्न दिएन।’ नेपालीले हेर्न नपाउने जानकारी त्यहाँ काम गर्ने कम्पनीहरुमार्फत नेपालीलाई दिइएको थियो।
कविता वाचनको क्रममा दोश्रो कवि देवेन्द्र खेरेसले कार्यक्रममा अर्को संसार ल्याएर श्रोताहरुमाझ फैलाएका थिए। तेश्रो कवि कमल पौडेलले मोती चाम्लीङको कोशेली कविता ‘नेपालका राष्ट्रपतिहरु’ सुनाएपछि उनले नेपालका कमरेडहरुका नाम खुल्ला पत्र वाचन गरेका थिए। सञ्चालकले कार्यक्रममा अनुपस्थित रहेका कवि नरेश सुनुवारका जीवन, सपना र मृत्युको कहाली लाग्दो कविता वाचन गरेका थिए। मकाउमा उनका कविता वाचन भैरहंदा सडक दुर्घटनाबाट घाइते भएका कवि सुनुवार हङकङको आफ्नै डेरामा स्वास्थ्यलाभ गरिरहेका थिए। पाँचौं वक्ता तथा कवि अशोक राईले सोल्टीलाई चिठठी लेख्दै नयाँ नेपालको अनुभूति लिन आग्रह गरेका थिए। छोरा र छोरी लिएर मकाउ कविता यात्रामा निस्केकी एकमात्र महिला प्रतिनिधि कवियत्री लाराले मकाउ यात्राको पोट्रेट नाटकीय कविता कोरेर सुनाएका थिए। सातौं कवि भोगेन एक्लेले नयाँ नेपालका लागि आफ्ना कविताका हरफहरु समर्पण गरेका थिए।
मकाउ कविता यात्रामा निस्केका अर्का कवि प्रकाश केसीले कवितामा नयाँ खोजको अनुभूति सुनाउंदा स्वयं लज्जित बनेका थिए भने महिला श्रोताहरु असमञ्जसमा परेका थिए। किसन राईले अर्को यात्रामा कविता बोक्ने कसम खाँदै मकाउका नेपालीले भोगेका पीडालाई पत्रकारको धर्म अनुसार उजागरको प्रयाश गर्ने बताए। कवि प्रदीप कन्दङ्वाले आफ्नो जीवनका भोगाईहरुलाई मुर्च्छनामा रुपान्तरण गरे भने अनुपस्थित कवि प्रकाश छाङछा राईका हरफहरु वाचन गरे। बोट (पानी जहाज) को मात र कविताको दोहोरो मातले असहज बनेका पशन तमूले सकी नसकी ‘कविहरुले हराएका कविताहरु’ सुनाए। कवि गणेश इजमले बाटो खोज्दै र सोध्दै श्रोताहरुमाझ आफ्ना प्रेयशीसंग कुनै जमानामा राखेका मागहरु निर्धक्क सुनाए। कवि भोगेनले हाङयुगका पालोमाथि अतिक्रमण गरेर फेरि भाले स्वर कोराले।
जसरी राम्रा कविता लेख्न खप्पिस छन् त्यो भन्दा गफ लडाउन दोब्बर बलिया कवि हाङयुग अज्ञातले आफ्नो कविता माओवादी अध्यक्ष प्रचण्डले पढेर जनता निराश भएका रहेछन् भनेर युद्धविराम गरेको गफको मुढा पल्टाएपछि एकहूल कविहरु बेस्सरी हाँसे। नेपालको द्वन्द्वग्रस्त पीडाबाट आक्रान्त र हैरान बनेका कवि अज्ञातले सामुहिक आत्महत्याका लागि आहृवान गरिएको ‘आउ सामुहिक आत्महत्या गरौं’ र ‘काँचो वायुको विरुद्ध’ कविता वाचन गरे। सञ्चालक शरण सुब्बाले अर्का अनुपस्थित कवि टंक सम्वाहाम्फेको ‘अभियान’ सुनाए। १७ औं नम्बरका कवि भूपेन्द्र चेम्जोङले हङकङे नेपालीहरुको वर्तमान स्थिति नेपोई (नेपाली) सुनाए भने अतिथि गंगाबहादुर तामाङले मकाउमा कविताको विस्कुन लगाउनु पर्ने धारणा राखे। अध्यक्ष चन्द्र सम्वाहाम्फेले दुईवटा कविता र धन्यवाद मन्तव्यसहित कार्यक्रमको बिट मारेपछि त्यस दिनको ऐतिहासिक कवि गोष्ठीको विधिवत अन्त्य भएको थियो।
बाहिर मकाउ, साँझ परेर रातको झिलिमिलीमा रम्न थालेको थियो। कवित्रय कमल पौडेल, प्रकाश केसी र पशन तमूले त्यो दिनको यात्रा छोट्याएर बिदा भए भने अन्य कविहरु मकाउको रमझम अनुभूत गर्न केही बेर यात्रालाई लम्बाउने सोंच बनाए।
पटक पटक आगोको लप्काबाट जल्दै, खरानी हुंदै, जिर्णोद्धार जेल्दै अन्तिम पटक सन् १८३५ सालमा आएको विनाशकारी टाइफूनसंगै आगलागीमा परेर बाँकी रहेको मकाउको ऐतिहासिक सम्पदाको रुपमा रहेको भग्नावशेष सेन्ट पार्ल चर्च (साम बा सि जिक) लाई अलबिदा गर्दै हामी मकाउबाट बिदा भयौं। मकाउ विस्तारै विस्तारै झिलमिल झिलमिल प्रकाशपूञ्जभित्र क्रमशः हराउंदै जाँदा हामी चढेको पानी जहाज पर्ल डेल्टा रिभरको दोभानको पानीमाथि तैरिदै तैरिदै हङकङतर्फ बढ्दै थियो।
जुन १५ २००८
मकाउ कविता यात्राको भिडीयो झलक। भिडीयोः ज्ञानु सुब्बा / एचकेनेपाल डट कम।
Entry Filed under: एचकेनेपाल डट कम





9 प्रतिक्रियाहरू आफ्नो प्रतिक्रिया दिनुहोस्...
1. Laxmi | June 19th, 2008 at 12:55 pm
पशन दाई
धन्यवाद ! स्थलगत अनि हुबहु रिपोर्टको लागि । सिर्जनशिल साहित्य समाजलाई पनि धन्यवाद, हङकङ एबम मकाउका सिर्जनशिल मनहरुलाई एकैथलोमा भेला गर्नु भएकोमा । कुँवरजी लगायत शरण सुब्बा अनि मकाउका अन्य सबै साथीहरुलाई पनि धेरै धन्यवाद तपाईंहरुको अंुल्य समय र न्यानो स्वागतको लागि ।
भोगेन, धन्यवाद “जितौरी” को लागि । साथीहरु! अन्यथा नलिनु होला भोगेन जुवाको भोगी चाही होइन जस्ट किद्दिङ !
लक्ष्मी र भुरा-भुरी ।
2. Moti Chamling | June 19th, 2008 at 9:42 pm
Pashan Sir,
Ma aafai pani makaau (macau) puge jasto lagairahechha man maa.
Thanks a lot.
Moti Chamling
3. Rose | June 21st, 2008 at 6:55 pm
Pashan Dai namaskar !
Thanks Alots, hajurlai….
Hajurko jun lekhai chha tesh ma cham Ra dam dubai chha, hai dai… Macauko tyo karyekaram ma sahabhagi nabhayeta pani , Ma syam nai tehi bhelama sahabhgi bhayeko jasto mahasus garaunu bhayo… Thanks again !
Rose Budha
Guangzhou China.
4. KESHAV | June 24th, 2008 at 12:42 pm
OIE LAUXMI!
KAHILE DEKHI PHERI UDGHOSAK BATA KABI TIRA LAGEKO HA????LA LA THIK CHA HAI
KESHAV(S’PORE)
5. roka | June 24th, 2008 at 11:16 pm
Poets are not looks like poet,means no descipline. It looks like a joke man.
6. rajesh | June 25th, 2008 at 12:17 am
Chanchari ko bhatti pasal ma kabi gosthi. Kya ho bewasthapak jiu aaru thau paunu bhayana?
7. sanu thapa magar | June 25th, 2008 at 11:49 am
hi arati kaha hola kina ni yeti sajilo sanga malai maya marna safal lala arati hajur jaha jasto sukhai thauma vayepani sukha ra khusi rahanu ma mare pani hajur lai dine maya chahi jibit nai 6 ra rahane 6 hajur le sochnu vako sayed theka hola maile hajur ko id lai hereko thiyena tra hajur le pahile nai vannu vako thiyo thikai 6 arati ma pani kunai sano khan dan ko vayesayed hajur ko id lai maya garera pa6i lagthyo hola ma tyo sochna sakina tetika din bole hase kunai ma bata galti huna puge ko vaye maf garidinu hola feri kunai din birsera pani kunai id walla kt sanga prem garne 6ena mehenat garera khanelai ma maya ra saskar dine 6u hajur jasta mahan lai hoina la im so sorry arati byyy hajur le k hi vanna man lageko vaye mero id sanu_arati=raman_thapa2002=sanu_thapa39=chahanchhuma_aratilai=yo id ma off line chat gari rakhnu hola la uhi hajur komaya jal ma fasera pagal hune yekal sanu hal malaysia se ur helth okhe ?
8. purna | June 28th, 2008 at 7:07 pm
thank you pashan ji also all .
regards
purna macau
9. Dilli ram limbu | July 29th, 2008 at 10:32 pm
this is the begin.regarding the poem i can say just fine not good enough.anyway this is for the first time start in macau .hope in future it will be satisfied poem.thank you very much.
आफ्नो प्रतिक्रिया दिनुहोस्...
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed