तमु समाज बेल्जियमको अप्रजातान्त्रिक साधारण सभा - होम गुरुङ

June 17th, 2008

होम गुरुङ ल्युभेन, बेल्जियम
‘तमु समाज बेल्जियमको पाचौ साधारण सभा राजनीतिकबाट अभिप्रेरित भएर विथोलिएको थिएन…’
बेल्जियमको एन्टर्भेपेन शहरमा तमु समाज बेल्जियमको जुन ८ तारिख सफलतापूवक सम्पन्न हुन नसकेको पाचौं साधारण सभामा म पनि प्रत्यक्ष सहभागी भएको थिएं । तमु समाज बेल्जियमको प्रथम अधिवेशनदेखि हालसम्मको अधिवेशनहरु मध्ये यस पटकको अधिवेशनमा तमुहरुको व्यापक सहभागिता पनि रहेका थिए।

कार्यक्रम संयोजक तमु समाज बेल्जियमकी महासचिव श्रीमती जानकी तमुद्वारा संचालन गरिएको थियो भने सपतिको आसन ग्रहण समाज कै अध्यक्ष श्री कुमार तमुले गर्नु भएको थियो। गत सालहरुका अधिवेशनमा जस्तै यस पटकको साधारण सभामा पनि तमु समाज बेल्जियमकै सदस्य तथा समाजका आदर्णीय संरक्षक, आजीवन सदस्यहरुलाई तथा मानार्थ सदस्यहरुलाई मात्र आसन ग्रहण तथा मंच दिइएको थियो। अन्य तमुहरुलाई भने आसन र मंच दिन कन्जुस्याइं गरिएको थियो। सुरुवातमा केही तमुहरुको सक्रियतावाट स्थापना भएको तमु समाज बेल्जियममा केही सदस्यहरुको बोलावाल हालसम्म कायम रहेकै छ। तमु समाज बेल्जियममा रहेका केही व्यक्तिहरुको हैकमवाद तथा यथास्थितिवादको चिन्तन र सोचाइर्बाट दिक्क भएर केही तमु मित्रहरु रुष्ट भएका थिए। उहांहरुबाट नयां नेतृत्व खोजिएको थियो। त्यो विलकुल जायज पनि छ, साथै संस्था प्रजातान्त्रिक हुनू पर्छ त्यसमा कसैको पनि दुइ मत छैन । तर समाजका केही साथीहरुको चाहना भने आफनै मातहतमा नयां कार्यसमितीको निर्माण गर्न चाहन्थ्यो । यहांसम्म कि उहांहरुले विपक्षी प्यानलको नाम लिस्ट तथा अवधारणा पत्रसमेत सुन्न चाहेका थिएनन्। कार्य समितिबाटै अध्यक्ष मण्डल घोषणा गरिएको थियो । साधारण सभामा प्रगति विवरण आर्थिक विवरण माथि छलफल गर्ने वातावरणसमेत बनाएको थिएन । तर अन्तमा मासबाट त्यसको विरोध गरेपछि वाध्य भएर प्रश्न उत्तर गरिएकोमा उहांहरु झर्किएर, रिसाएर त्यसको प्रतिवाद गर्नु भएको थियो । साथै पद्धति विपरित खुला सत्रमा नै कार्य समितिको विघटन गरिएको थियो। सारा मासबाट निर्वाचन मण्डलको माग गरी सोही मण्डलले सहमतिको बाटो बनाई निर्विरोध वा आवश्यक परे निर्वाचन पनि गराउन सक्छ भनी माग गरेका थिए तर उहांहरुले निर्वाचन मण्डल गठन गर्न कुनै हालतमा पनि नचाहेकाले दुइ पक्षबीचमा भनाभन तथा विवाद बढेर गएको थियो । मासबाट बारम्बार संस्थाको साधारण सभा कम्तीमा पनि प्रक्रियागत पद्घति अपनाएर जाऔ भनिएता पनि कार्य समितिबाट हामीले यसरी नै आठ आठ बर्ष चलायौ यहि नै तरिकाले चलाउछौ भनी ओंठे जवाफ मासलाई दिएको थियो। हल लिएको समय सकियो भनि बखेटा झिकी समस्याबाट पन्छिने वहना बनाइ रहे । वास्तबमा उक्त दिन मानौ हल लिएको समय सकिएता पनि अर्को कुनै दिन बांकी कार्यक्रमको आयोजना त गर्न सकिने थियो । तर त्यो सबै नाटक मात्रै थियो आफनो पूरानै प्यानलको कार्य समिति बन्न नसक्ने स्थिति देखिएपछि विपक्षी तर्फको प्यानलको नेतृत्वमा उहांहरुले कार्य समितिको गठन गर्न समेत चाहनु भएको थिएन । त्यसै कारणले तमु समाज बेल्जियमको साधारण सभा विथोलिन गएको थियो। अन्तमा तमु समाज बेल्जियमको नाममा भोलि पल्ट तमु समाजभित्र दलिय राजनैतिक उद्देश्यले अभिप्रेरित भएर संस्थालाई धमिल्याउने फुट ल्याउने र विभाजनको रेखा कोर्ने प्रयत्न गरिएको भनी विज्ञप्ति प्रेषित गराएर उहांहरुले आफनो गल्ती र कम्जोरीहरु ढाक छोप गर्न खोज्नु भएको छ। जुन सरासर नाटक मात्र थियो । उहांहरुले गरेको कामको र प्रक्रियाको विरोध जनाउदैमा राजनैतिक हस्तक्षेप भयो भन्नु कहांसम्मको सुहाउने कुरा हो ? हामीलाई पनि अत्यन्त दुःख लागि रहेको छ कि तमु समाज बेल्जियम केही सिमित व्यक्तिहरुको पेवा बनिरहेकोमा । त्यसैले हामी चाहन्छौ यो संस्थाले बास्तवमा नै स्वतन्त्रतापूर्वक सामाजिक क्षेत्रमा आफनो काम र कार्य गर्न सकोस् । बरु उहाँहरुकै कार्य समितिका सदस्यहरुबाट बारम्बर तमु समाज बेल्जियमभित्र माओवादीहरुलाई घुस्न दिनु हुदैन भनी रहेको र भन्दै आएको छ के त्यो कुरा उहाँहरुलाई सम्झना छैन र - विर्सनु भयो कि कसो ? अनि समाजमा माओवादीहरु घुस्न लाग्यो भनी प्रचार गर्नु के त्यो सहि नियति थियो तपाईहरुको ? तपाईहरु अरुको सवाल जवाफमा वादविवाद गर्न नसक्ने अनि सहि कुराहरु राख्दा राजनैतिकबाट अभिप्रेरित भयो भन्नु र आफनो विरोधी जति सवैलाई माओवादी देख्नु र भन्नु यो कहाँसम्मको सुहाउने कुरा भयो । अनि हिजो ज्ञानेन्द्रले शासन भार हातमा लिदां उक्त कार्यक्रममा खुसियाली मनाउन तात्कालिन महासचिवज्यू जलपान समरोहमा राजदूवासमा जानु भएको विर्सनु भयो कि कसो ? अनि समाजमा राजनीति गर्न हुन्न भन्ने आफूहरु महाराजनीति गर्ने । त्यसैले साथीहरु आफनो गल्तीहरु समयमा नै सुधार गर्नुहोस् । अन्यथा यसले समाजलाई सुधार तर्फहोईन अधोगतितर्फ धकेल्ने छ। निश्चितरुपमा पनि हामी सवैलाई अत्यन्त दुःख लागि रहेको छ साधारणसभा सुसम्पन्न हुन नसकेकोमा। अझै पनि केही वितेको छैन हामी तमुकै सक्रियतामा छिटो भन्दा छिटो साथै समयमा नै सबै तमुहरुका राय र सरसल्लाहबाट अधिवेशन गर्राई संस्था नयां नेतृत्वलाई सुम्पिनु पर्छ भन्ने लाग्छ मलाई।

Share this Post[?]
        

Entry Filed under: एचकेनेपाल डट कम

1 प्रतिक्रिया आफ्नो प्रतिक्रिया दिनुहोस्...

  • 1. badan yonghang [limbu]  |  June 21st, 2008 at 5:05 am

    hom jee yethasthitibadiharu ra aadarsbadi kahilei paribartan chandainan .

आफ्नो प्रतिक्रिया दिनुहोस्...

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने इन्दिवर वा गुगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Calendar

September 2010
M T W T F S S
« Apr    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Most Recent Posts

Most Popular in June, 2008