इन्धन: अब खाडीको होइन, झाडीको प्रयोग गरौं- आनन्द श्रेष्ठ
March 17th, 2009
इन्धन: अब खाडीको होइन, झाडीको प्रयोग गरौं
- आनन्द श्रेष्ठ
पेट्रोल, डिजेलको अभावले आजित भइरहेको बेला यो वर्ष जैविक तेलको चर्चाले निकै महत्व पाएको छ। यसै वर्ष पाल्पाका किसानले सजिवनको तेलबाट ट्य्राक्टर कुदाइएको एउटा समाचारले नेपाली जनमानसमा ठूलो आशाको लहर पैदा गरेको छ। सजिवनलाई पूर्वाञ्चलको पहाडी भेग (मेची, कोशीको पहाडी भेगमा) मा सानो कदम, सरुवा, राङ्गखेला, सर्लाहीतिर अरण्डी, बघण्डी भन्ने गरिन्छ। तर मध्य नेपालदेखि पश्चिमतिर मात्र यसलाई सजिवन, बतिवाल, हातिकाने भनिन्छ।
यसैगरी पश्चिम नेपालमा यसलाई रतनज्वर नामले पनि चिनिन्छ। तर पूर्वाञ्चलमा सजिवन भनेको लामो आकारको एक प्रकारको तरकारी खाने फल भएकोले स्थानीय मानिसहरु भ्रममा परेका छन्। ठाउं, क्षेत्र अनुसार यसको फरक-फरक नाम हुने भएकोले यसको अन्तर्राष्ट्रिय नामबाट परिचय गराउंदा सजिलो होला कि?
अन्तर्राष्ट्रिय नाम “जेट्रोफा” हो। जेट्रोफा ज्यादै गुणकारी विरुवा हो। यो हिउं जम्ने ठाउं र पानीको धाप क्षेत्रमा बाहेक अन्य जुनसुकै सुख्खा ठाउंमा हुर्कने भएकोले यो नेपालको पूर्वदेखि पश्चिम महाकालीसम्म पाइन्छ। जेट्रोफाको ९ प्रजाति छन् । ती मध्ये केही प्रजाति नेपालमा पाइन्छन भने ‘डिजल’ उत्पादन गर्न सबैभन्दा राम्रो प्रजाति “जेट्रोफा कर्कस” हो । यसको वीउको तेलले डिजलको काम गर्छ। यसलाई जैविक डिजल भनिन्छ। यो पेट्रोल डिजलभन्दा धेरै गुणस्तरीय हुन्छ। यसमा चिल्लोपना गुण पेट्रोल डिजलकोभन्दा बढी हुने भएकोले इञ्जिनको कार्यक्षमता बढाउंछ। साथै यसको धुवांमा सल्फल र अन्य गन्धयुक्त पदार्थ नहुने भएकोले वातावरण प्रदुषण प्रतिकूल नहुने प्रयोगबाट सिद्ध भएको छ। यो डिजलबाट पम्पसेट, जेनेरेटर, गाडी, ट्य्राक्टर, इञ्जिन रेल, हवाइजहाज मजाले चलाउन सकिन्छ।
नेपालमा जेट्रोफाको प्रयोग
यो सजिलै सर्ने, गाइवस्तुले नखाने, एकपटक रोपेपछि ५० बर्षसम्म पनि नमर्ने भएकोले गाउंघरमा यसलाई बारीको कान्ला बारबेरको रुपमा लगाउने गरिन्छ। त्यसो त ग्रामीण क्षेत्रमा पनि यसको प्रयोग धेरै अघिदेखि घरेलु इन्धन र औषधिको रुपमा गरेको पाइन्छ। तराई क्षेत्रमा रैथाने कदमको बीउ पेलेर निकालेको तेल गाइगोरुको शरीरमा दलेर जुम्रा-कीर्ना मार्ने, हाँगा भांचेर दांत माझ्ने गरिन्छ । पहाडी भेगमा यसको वीउ तारमा उनेर मैनबत्तीको रुपमा बाल्ने गरिन्छ । तेल पेलेर दियो बालिन्छ । कतैकतै त तरकारी पकाएर खान पनि प्रयोग गरेको पाइन्छ। यसरी हाम्रो देशमा कदमको दानालाई जानी नजानी विभिन्न काममा प्रयोग गरिंदै आए तापनि यसबाट डिजल उत्पादन गर्न ठूलो परिणाममा व्यवसायिक रुपले खेती गन भने सकिएको छैन। यद्यपि विगत २/३ बर्षदेखि कपिलबस्तु, सिरहा, सर्लाही, मकवानपुर, झापा, सुनसरी र पाल्पाका किसानहरुले भारतबाट विकासे वीउ ल्याएर खेती शुरु गर्न थालेका छन्।
नेपालमा कदम खेतीको सम्भावनाबारे बेलायत सरकारको सहयोगमा त्रिभुवन विश्वविद्यालयले सन १९१९मा करीव ५ करोडको लागतमा खैरेनीटार र पोखरामा पाइलोट फार्मिङ्ग गरियो। दुबै ठाउंको खेती असफल भई कार्यक्रम बन्द गरियो र त्यो कुरा प्रकाशमा पनि आएन। त्यसपछि सिरहाको सुखीपुर गाउंमा बसेर बोटानिकलमा एम.एस.सी. गरेका शिक्षक तेजनारायण यादवले २०६० देखि आफ्नो संस्था गोपाल च्यारेटी ट्रष्ट मार्फत जेट्रोफाको अध्ययन अनुसन्धान प्रारम्भ गरी २०६३ साल भाद्र २४ गते घरेलु तरिकाले प्रसोधन गरी विभिन्न किसिमका इञ्जिनहरु चलाएर प्रदर्शन गरेको थियो। यादवले स्थानीय किसान र पत्रकार भेला गरी शुरु गरेका प्रचारात्मक प्रदर्शन सिरहा, सप्तरी, धरान र काठमाडौंमा गरिएपछि कदम खेतीबारे सरकारी तथा गैरसरकारी स्तरमा अझ बढी चासोको विषय बन्न थालेको थियो। गोपाल च्यारेटी ट्रष्टकै वायोडिजल समूहले ०६४ सालमा विभिन्न मन्त्रालयका सचिव, सांसद, अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधि, पत्रकार भेला गराई नेपालमा कदम खेतीको सम्भावना बारे नेपाल वातावरण पत्रकार समूहको सभा कक्षमा पहिलो पटक प्रदर्शनात्मक गोष्ठीको आयोजना गरेपछि सरकारी निकायभित्र पनि यो चासोको विषय बन्न थालेको छ। पहिलो चरणमा प्रचारात्मक अभियान सम्पन्न गरिसकेको ट्रष्टले अहिले भने कदम खेती गरी देशलाई वैकल्पिक इन्धनको विकल्प बनाउन सरकारले राष्ट्रिय नीति बनाएर यथाशीघ्र कार्यान्वयन गर्नु पर्ने सुझाव दिंदै आएको छ।
नेपालको लागि बरदान हुनसक्छ जेट्रोफा
इन्धन अब खाडीको होइन, झाडीको प्रयोग गरौं भन्ने नाराको साथ भारतमा शुरु भएको कदम खेती अहिले लाखौं हेक्टर जमीनमा फैलिसकेको छ। यसैगरी अमेरिका, बुगाण्डा, अष्ट्रेलिया, घाना, जर्मन जस्ता देशहरुले राष्ट्रिय अभियानकै रुपमा यसको खेती गर्न थालेका छन्। भारतले मात्र महाराष्ट्र, आन्द्र प्रदेश, विहार राज्यमा २० लाख हेक्टर जमिनमा कदम खेती गर्न थालेको छ। नीजि स्तरमा पनि खेती गर्न कृषकहरुलाई बिना धितो निर्व्याजी रुपमा दीर्घकालीन ऋण उपलब्ध गराउंदै आएको छ। ग्रामीण रोजगार प्रबर्द्धन जेट्रोफा खेती सहायकसिद्ध हुने भएकोले भारतले ७ डिसेम्बर २००५ देखि “राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी स्कीम” नामको योजना अघि सारेको छ।
सन् २००५/०६ मा नेपालले ३ लाख १० हजार ५ सय ३५ किलो लिटर डिजल आयात गरेको तथ्याङ्कले देखाउंछ। त्यस अनुसार शतप्रतिशत पूर्तिको लागि नेपालले २ लाख ६५ हजार हेक्टर जमीनमा जेट्रोफाको खेती गर्नु पर्दछ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रति विरुवाबाट औसत ४ किलो ग्राम र तेल निस्कासन ३० प्रतिशतले हुन्छ। तर प्रति विरुवा २ किलो र तेल निस्कासन २४ प्रतिशतले पनि २० लाख हेक्टर खाली जमीन मध्ये १० देखि १३ प्रतिशत मात्र जमीनमा जेट्रोफा लगाइयो भने देश डिजलमा अँत्मनिर्भर हुन सक्छ। नेपालको कूल क्षेत्रफल १ करोड ४७ लाख हेक्टर छ। त्यसमा करीब १५५ जग्गाहरु अनुपयोगी अवस्थामा छ। १५ प्रतिशतले हुने जग्गा २२ लाख ५ हजार हेक्टर हुन्छ । त्यसमध्ये ५० प्रतिशत अर्थात ११ लाख हेक्टरमा मात्र जेट्रोफा ल्याउन सकियो भने।
अन्य रोजगारसहित २२ लाख परिवारको गरिबी निवारण हुन सक्ने तथ्याङ्कले बताउंछ। एक पटक रोपेपछि ५० बर्षसम्म निरन्तर फल दिने कदम वातावरणीय सुधारको पनि सच्चा मित्र हो। एउटा कदमको विरुवाले वार्षिक ८ किलोग्राम कार्वनडाइअक्साइड ग्यास वायुमण्डलबाट शोषण गर्ने भएको हिसावले ११ लाख हेक्टर जमीनमा लगाइएको कदमको विरुवाले २ करोड २० लाख टन कार्वनडाइअक्साइड ग्याँस वायुमण्डलमा शोषण गर्छ। क्योटो महासन्धी अनुसार कार्वनको व्यापारमा मात्र प्रतिटन ८ डलरको दरले वार्षिक १७ करोड ६० लाख डलर, नेपाली मुद्रामा १२ अर्व ३२ करोड राष्ट्रले वार्षिक थप आय आर्जन गर्न सक्छ।
सरकारले चासो दिनुपर्यो
नेपालमा जेट्रोफा खेतीको शुरुवात २०६१ सालदेखि नै हुन थाले पनि सरकारी तवरबाट यो खेतीको प्रवर्द्धनबारे कुनै योजना बनाउन सकेको थिएन। तर यो वर्ष सरकारले नयाँ बजेट भाषणमा जेट्रोफा खेतीलाई प्रोत्साहन गर्न देशमा खाली रहेका जग्गाहरु जस्तै नदीनाला छेउछाउ, सामुदायिक वनपाखा, विजुलीको तारमुनिको जग्गालाई निशुल्कमा लिजमा दिने भनिएको छ। साथै यसको विकास, विस्तार अनुसन्धान र प्रचार प्रसारका लागि ५ करोड स्पैया पनि छुट्याइएको छ। यो ज्यादै सकरात्मक कदम हो् तर केहि गैर सरकारी संस्थाका मानिसहरु वाहेक सरकारी कर्मचारीहरुलाई जेटोफा खेतीवारे खासै ज्ञान नभएको कारण यो वर्षप्राप्त वजेट सदुपयोग गर्न सरकारलाई हम्मे हम्मे पर्न गएको छ। त्यसैले वजेट सक्न खेती नै नगरी तेल पेल्ने ठूला मेशिन खरीद हुन सक्ने सम्भावना पनि रहेको छ। यसतर्फ सरकार सजग रहनु वान्छनीय छ।
यो नौलो खेती भएकोले किसानलाई यसबारे जानकारी गराउनु सरकारको पहिलो कर्तव्य हुन जान्छ। उन्नत जातको वीउ संकलन गर्नेदेखि लिएर बजारको पनि भरपदौ व्यवस्था गर्न सक्नुपर्छ। यसको खेती सामूहिक रुपमा ठूलो क्षेत्रफलमा गर्न सके मात्र लगानीकर्ता र किसानले राम्रो फाइदा लिन सक्छन्। प्राविधिक ज्ञानविना गरिएको खेतीबाट किसानले राम्रो फाइदा उठाउन सक्दैनन्। हाल नेपालका किसानले भारतबाट महङ्गो दाम हालेर जेट्रोफाको हाइब्रिड वीउ ल्याउने गरेका छन्। तर सरकारले देशको पाँच विकासक्षेत्रमा जेट्रोफा सम्बन्धी अनुसन्धान केन्द्र नमूना खेतीको स्थापना गरी वीउ वीजन, उत्पादन प्रकृया र बजारको बारेमा जानकारी दिनु पर्दछ। जेट्रोफा खेतीको प्रवर्द्दन गर्न सरकारले एउटा राष्ट्रिय समिति नै वनाउनु पर्छ। जसमा कृषि वैज्ञानिक, कदम खेतीका विज्ञहरु सम्मिलित होस। सरकारले जेट्रोफा रोप्न खाली जग्गा मात्र उपलब्ध गराएर हुंदैन। रोपेको २ बर्षपछि मात्र आम्दानी दिन थाल्ने भएकोले निर्व्याजीरुपमा दीघकालिन ऋण उपलब्ध गराउनु पर्दछ। जसरी चिया, अलैंची खेतीलाई ऋण सुविधा प्रदान गरिंदै आएको छ। हरेक जिल्ला र गाविसले आफ्नो क्षेत्रभित्र रहेका खाली, बञ्जर जमीनमा दलित, गरीब सुकुम्बासी, आदिवासीहरुको समूह बनाई जेट्रोफा रोप्न प्रोत्साहन गर्ने नीति ल्याउनु पर्छ। यसबाहेक नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था र अन्य दातृ निकायहरुलाई जेट्रोफा कार्यक्रमतिर आकर्षण गराउन सके आगामी ५ बर्षभित्रै देशमा नविकरणीय ऊर्जाको विकास गरी इन्धनमा आत्मनिर्भर बन्न सकिन्छ। अनि त्यतिबेला हाम्रो पनि नारा हुनेछ- “डिजेल अब खाडीको होइन, नेपाली झाडीको प्रयोग गरौं।”
ananda_stha@yahoo.com
Entry Filed under: एचकेनेपाल डट कम, फिचर





13 प्रतिक्रियाहरू आफ्नो प्रतिक्रिया दिनुहोस्...
1. Hansigh | March 18th, 2009 at 3:26 am
Yo chij Hamro village ma pani Hunchha.Mo Shanuchhada one day Pole ra Khaya ko Mitho Huchha. Tara Yasle mater jhandai Jyan Gayako chha.Yadi Tyatikher Mero Jyan Gayako Bhaya UK Dekhna Napaune Rahechhu Kasho Got Le Jogai diya.Please Tatainharu pani Polera Khai Test Garnu Hola Khub Mithohuanchh.Aajlai Yati Bujhi Rakhauna.
2. Hen | March 18th, 2009 at 12:43 pm
Hello > Good News
I will say many thanks those people hard working about this Matter and introduce to senseless people every body learn about and earn money let start now our empty place fill up
Shanghai china
3. santi | March 18th, 2009 at 9:24 pm
ohh kati lamo….fursad ma padchhu hai…
4. halla | March 19th, 2009 at 5:50 am
SANTI BAJINI! YESTAI ALCHHI BHAYERA NAI HAMRO DESH BIKASH NABHAYEKO HO,TETI RAMRO KURO PADNA PANI ALCHHI GARNE?FURSAD MA PADCHHU RE,TALAI ALCHHI BAJINI……
5. salman thalang (limbu)sanba-7 taplejung | March 20th, 2009 at 2:55 am
sarkarle anibarya yo mathi lekhiye jhhai aba khadiko hoina nepali jhhadiko prayog garaun sabda lai pramukha dhayan dinu paryo ani matra sachikai new nepal banchha.abako sarkarle pani pahile ka pandure sarkar ko jasto niti hoina desh ra janta ko lagi pani aba ko sarkar le garchha vanne malai 100% biswaschha. (mr_handsome45@yahoo.com)
6. salman thalang (limbu)sanba-7 taplejung | March 20th, 2009 at 2:58 am
sarkarle anibarya yo mathi lekhiye jhhai aba khadiko hoina nepali jhhadiko prayog garaun sabda lai pramukha dhayan dinu paryo ani matra sachikai new nepal banchha.abako sarkarle pani pahile ka pandure sarkar ko jasto niti hoina desh ra janta ko lagi pani aba ko sarkar le garchha vanne malai 100% biswaschha.
7. milan | March 21st, 2009 at 1:50 pm
hello Ananda sir sarai ramro kura lekhnu bhayo because I was confusing what is the Sajiwan I came to know that Sajiwan is Kadam I read a news the sajiwan oil is working as a petrol in palpa but I was wondering what is Sajiwan. So Kadam is enough in pura Sankuwasave Dhankuta Bhojpur etc It is useless in this condition . Absolutly you are right people use teeth paste and against the cattle I can remember at my village my friends used to sing “Sitalu mathi sitalu bhayo kadamko chayale Birami nabhai Jiu mero sukyo Hajurko mayale” thakyou Ananda sir you let me know about the Kadam i think goverment has to know importancy about this .
8. Dewan Singh Bunglawa | March 30th, 2009 at 1:51 pm
भोजपुर जिल्लामा यसलाई कदम भनिन्छ र यसको काम भनेको बारीमा बार लाउने हो तर यसको ब्याबसायिक खेती गरेपछि कंहा? कसरी? कति मुल्यमा बिक्री गर्ने? यस् बारेमा जानकारी दिनुहुन सरोकारवाला संग अनुरोध छ.
9. ananda stha | April 8th, 2009 at 7:11 pm
MAYRO LEKHA PADAYRA PRATEKREYA PATAHUNU HUNE SABAI SATHE BHAI HARU LAE DHANNAYBAD DENACHAHANCHU
JATROPHA FARMING KO LAGE HARO SANSTHA LAY SARKAR SANGA MELAYRA KAM GARDAI CHA YO FARM NEPAL KO LAGE NAULO HO KAM GARNU THULO CHUNAUTE CHA TAYTE SAJELO CHAENA
TARA PANE NEPAL MA YASKO SAMBHAWONA DAYRAE CHA
DEWAN BHAI YAS BARE MA ARU BADE BUJNA CHAHANU HUNCHA BHANAY MALAE ANANDA_STHA@YAHOO.COM MA SAMPARKA RAKHANU HOS LA
10. SAGAR THAPA | April 30th, 2009 at 5:36 pm
KE GARNE SARKAR KO GHAITO MA KAHILE GHAM LAGLA RA TESTO GARNE BHAYE DES KO LAGI THULO RAHAT HUNE THIYO SAYED TES KO 60% SAMASYA HATAUNE THIYO JASTO LAGCHA TARA KHAI MAOBADI KO SARKAR LE FERI ARKO NAI THIK ULTO GARNA PANI BER LAGDAINA HO DAJU BHAI HO.
TEL ABA BIDESI KHADI HOINA SAWDESI JHADI NAI PRAYOG GARNU PARCHA BHANNE TOPIC LAI HATAYERA FERI ………………………………. TES KARAN SABAI LE BICHAR GARNU PARCHA HAI..
11. SAGAR THAPA | April 30th, 2009 at 5:36 pm
KE GARNE SARKAR KO GHAITO MA KAHILE GHAM LAGLA RA TESTO GARNE BHAYE DES KO LAGI THULO RAHAT HUNE THIYO SAYED TES KO 60% SAMASYA HATAUNE THIYO JASTO LAGCHA TARA KHAI MAOBADI KO SARKAR LE FERI ARKO NAI THIK ULTO GARNA PANI BER LAGDAINA HO DAJU BHAI HO.
TEL ABA BIDESI KHADI HOINA SAWDESI JHADI NAI PRAYOG GARNU PARCHA BHANNE TOPIC LAI HATAYERA FERI …….KU ….GARLA…………………….. TES KARAN SABAI LE BICHAR GARNU PARCHA HAI..
12. nirmal rai hal afghanistan bata | June 27th, 2009 at 2:34 am
yo kura ma mandina kina ki yo kura ma samvab chhaina ,,,hamro desh ma vaya ko tel khani bata tell nikalna ko lagi india ko mukh hernu parne,,, jamin bata nikale ko tell ta yati mahango chha vane // hami afai sochauna dana bata nikale ko tell prati litar kati paarla ? engine ma matra prayog garnu ko lagi samvab hunchha tara gadi ko tanki varne kura chahi nagarau ,,, haami pani manchhe nai hami pani kura bujhchhaau,,, huna sakchha kahi katai prayog garnu sakinchha tara bus, trak nai kuadaune kura na garau ,,,, yasto kura gaara laj hunchha ,,, prayogsala ma garera dekhaunu sakinchha tara byabasahik tarika bata gadi sadai vari kudaunu samvab chhaina ,,,la ta jasle yo mero commet padnu hunchha malai pani tapai haru bichar mathi ko mail adds: lekhi pathaunu hola dhannyabad
13. nirmal rai hal afghanistan bata | June 27th, 2009 at 2:54 am
mero yo adds: nirmal_rai2003@yahoo.com ma kripaya tapai haru le off line masseg ra mail pani garnu saknu hunchha hai tara mero bichar lai ramro padnu hola gahiro sochnu hola ani commen lekhi pathaunu hola , 1 patak tapai afai sochanus na hami le yo tell halera tarkari pakaunu ,, ra gadi kudaunu ma ta akass jamin ko farak jasto lagdaina ta ? vanna lai je vani pani hunchha ,,,kura haru yastai chha
आफ्नो प्रतिक्रिया दिनुहोस्...
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed