युरोपकै पुरानो नेपाली संस्था ‘यती’ धराशायी - श्रीराम कायस्थ

March 11th, 2009

श्रीराम कायस्थ, लण्डन / एचकेनेपाल डट कम -
केही व्यक्ति पदको लालच र प्रतिष्ठा आर्जनका लागि तंछाडमछाड गर्दा युरोपकै सबैभन्दा पुरानो नेपाली संस्था ‘यती नेपाली एसोसिएसन, युके’ धराशायी हुंदै गएको छ।

तत्कालिन राजा वीरेन्द्रले सन् १९६० मा औपचारिक उद्घाटन गरेको सो संस्था कुनै जमानामा सामाजिक एकताको प्रतिक थियो। तर, अहिले केही व्यक्तिहरुको दिवास्वप्नका कारण यसको साख र गरिमा गुम्दै गएपछि बेलायतका पुराना अग्रजहरु चिन्तित छन्। ‘यतीलाई हुर्काउन/बढाउन धेरै पसिना खर्च गरियो तर, अहिले यो पदको हानथापले अस्ताउंदो सूर्य बन्दैछ। आफूलाई विवादमा मुछिन नचाहने एक पाका वुद्धिजीवि चिन्तित हुंदै भन्छन्।

विशेषगरि गत सेप्टेम्बरमा २३ औं कार्यसमितिका लागि सम्पन्न चुनावमा धांधलीको प्रपञ्च रचिएपछि यतीका दुर्गति र कुदिन शुरु भएका हुन्। यती अध्यक्ष चिरन्जिवी ढकाल समूहले त्यतिबेला निर्वाचन भइरहंदा मुठाका मुठा फर्जी मतका हालेर आफ्नो पद सुरक्षित गरे, फुलमाला पनि पहिरिए। यद्यपि, त्यसले न सामाजिक मान्यता पायो, न प्रतिद्वन्द्वीहरुबाट स्वीकारोक्ति।

अध्यक्ष पदका प्रतिद्वन्द्वी उमेश मोक्तान समूहले पछि यती निर्वाचन धांधली भएको चाल पाएपछि छानविन गरि सत्यतथ्य बाहिर ल्याइदिन उजुरी नै गरे, समाजका भद्रभलाद्मी बटुले। त्यसपछि समाजसेवी मदन थापाको संयोजकत्वमा बेलायतका बुद्धिजीवीहरु सम्मिलित एउटा आयोग बनाइएको थियो जसले निर्वाचन धांधली भएको ठहर गर्दै प्रतिवेदन सार्वजनिक गरिसकेको छ। सो आयोगले निर्वाचन निष्पक्षता सम्बन्धमा आयोग सन्तुष्ट हुन नसकेको जनाउंदै संस्थाको गरिमा, गौरव, सामाजिक मर्यादा र एकतालाई ध्यानमा राखि अविलम्ब यती संस्थाको विशेष साधारणसभा बोलाउन निर्देशन दिएको खबर बेलायतका स्थानीय पत्रपत्रिकामा प्राथमिकताका साथ आए।

यती निर्वाचन समितिका प्रमुखले समेत ढकाल समूहको समर्थन गरेर उनीहरुलाई उर्जा मिल्ने गरि वास्तविकता नबताइदिएकोमा आयोग खिन्न छ। निर्वाचन प्रमुखले प्रतिवेदनमा रुखो पाराले तर्कहीन टिप्पणी दिएपछि आयोग झन रुष्ट थियो। त्यसमाथि आपसी छलफलका लागि बारम्बार बोलाउंदा समेत आफ्नो कार्य व्यस्तता जनाई संस्थापन पक्ष छलफलमा उपस्थित भएर समाधानको बाटो पहिल्याउनतर्फ लागेन। बरु आफू नै प्रजातान्त्रिक भन्ने अहम राख्दा अन्ततः आयोग सो निर्णय गर्न वाध्य भयो।

अर्को रमाइलो पक्ष के छ भने शुरुमा आफ्नो कार्य व्यस्तता जनाई छलफलमा उपस्थित नहुने संस्थापन पक्ष आयोगको निर्णय पछि भने उसलाई मान्यता नदिइने बताउंदै हिंडेको छ।

प्रजातन्त्रिक मुलुक बेलायतमा बसेर पनि अप्रजातान्त्रिक शैली अपनाउने २३ औं कार्यसमितिका पदाधिकारीहरुको बदनियत कै कारण अब यती विभाजन हुने निश्चित छ। उनीहरुकै कारण यतीका दुइ सहयात्री यती वेलफेयर फाउण्डेशन र कोसेली समूह टाढिइ सकेका छन्। यती वेलफेयर फाउण्डेशनले त यती एसोसिएसनलाई ‘वाइपास’ गरि एक्लै यती नेपाली भवन बनाउन एउटा घर खरिद गरिसकेको छ, जसको औपचारिक उद्घाटन छिट्टै हुंदैछ।

स्मरणरहोस्, यतीको २३ औं कार्यसमितिलाई मान्यता नदिन हाल बेलायतमा हस्ताक्षर अभियान समेत शुरु भएको छ।

Share this Post[?]
        

Entry Filed under: एचकेनेपाल डट कम

3 प्रतिक्रियाहरू आफ्नो प्रतिक्रिया दिनुहोस्...

  • 1. Gaddar  |  March 11th, 2009 at 3:17 am

    येती संस्था भन्ने पुरानो हो तर यो कसता ब्यक्ति हरुले खोले को हो र अहिले सम्म यो संस्था ले आफ्नो गोजी को पूंजीले होइन धेरै कुरा खोतल्न नपरोस गरीब लाई नेपालको धेरै कुरा गर्न परे टेस्को के परिणाम् सायेद भुजेका ब्याक्तिले थाहा छ |

  • 2. Sher Gurung  |  March 11th, 2009 at 7:54 am

    Yo Bahunle K K garna bhyayeko ho…yeti..ko..yo..durdasha

  • 3. pares  |  March 12th, 2009 at 3:00 pm

    k ko bahun ho bahun na vae huna desh ma kina khali bahun lai matra gali garne ha gurung lay ta k luto lako cha ra fata haru

आफ्नो प्रतिक्रिया दिनुहोस्...

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने इन्दिवर वा गुगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Calendar

August 2010
M T W T F S S
« Apr    
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Most Recent Posts

Most Popular in March, 2009