बेलायतलाई गोर्खाबाट नाफै नाफा - डा. चन्द्रबहादुर गुरुङ
March 4th, 2009
बेलायतलाई गोर्खाबाट नाफै नाफा
- डा. चन्द्रबहादुर गुरुङ
गत महिना बेलायतको इभिनिङ स्टार्ण्र्डस दैनिक पत्रिकामा गोर्खा संबन्धी अत्यन्त संबेदनशिल समाचार प्रकाशित भयो। “बेलायतको उच्च अदालतको फैसलाले सबै गोर्खाहरु निर्बाद रुपमा बेलायत प्रवेश गर्ने भयो भने यसले देशलाई ठूलो आर्थिक भार, १ देखि ३ विलियन पाउण्डसम्म ट्याक्स पेयरको पैसा गोर्खामा खर्च हुनेछ भन्ने हचुवा जानकारीहरु प्रकाशित भएका छन। गोर्खा संसारको सबै भन्दा महंगो सैनिक हुनेछ। त्यसैले ब्रिटिस रक्षा मन्त्रालयले गोर्खा भर्ति बन्द गर्ने गोप्य योजना गरेको छ” भन्ने समाचार प्रकाशित भएको थियो।
यो समाचारको भोलि पल्ट १५ जनवरीको डेली ऐक्प्रेसमा त्यसै पत्रको हवला दिदै बेलायतको गोर्खा ब्रिगेडसंग संबन्धित ठूला दर्जाका हाकिमहरुले गोर्खा भर्ति बन्द गर्ने गोप्य योजना गर्दैछ भन्ने समाचार प्रकाशित भयो। यो समाचार प्रकाशित हुना साथ गोर्खाका महान समर्थक बेलायती सुपर स्टार नायिका जोवाना लुम्लीले आफ्नो प्रतिकृया दिईन्। उनी ब्रिटिस राजको समयमा इन्डियामा जन्मेकी हुन्। उनका पिता जोन लुम्ली द्वितीय विश्व युद्धमा तुलबहादुर पुन भी.सी.का साथ बर्मामा लडेका थिए। त्यसै युद्धमा मेजर लुम्लीलाई तुलबहादुर पुन भी.सी.ले दुश्मनको मुखबाट बचाएका थिए । दुबै एउटै पल्टन ६ गोर्खा राइफल्सको तेस्रो बटालियनमा कार्यरत थिए। जोवानाले भनिन् “पहिलो कुरा धेरै गोर्खाहरु यस देशमा प्रवेश गर्छन भन्ने कुरा सरासर गलत हो। उनीहरु आए भने बेलायतको राष्ट्रिय स्वास्थ्य कोषको खर्च र यस्तै अरु खर्चहरु बढ्नेछ भन्ने कुरा पनि निराधार हो। द्धितीय बिश्वयुद्धको लगतै पछाडि बेलायतको अंशमा परेका चार वटा गोर्खा रेजिमेन्टहरु सिंगापुर-मलाया प्रवेश गरेका थिए। बेलायतले इन्डिया छाडेको भोलि पल्टदेखि नै गोर्खाहरुले ब्रिटिस कोषमा कर तिरेका छन्” । बरु यसको अर्थ सन १९४८ देखि आज सम्मको गोर्खाहरुले तिरेको कर कहां गयो भनेर अनुसन्धान गर्ने समय आएको छ । ब्रिटिस रक्षा मन्त्रालयले अहिलेको परिवेशमा यसको जवाफ दिनु पर्नेछ।
यहि अपवाद र हल्लाहरु भैरहेको बेला बेलायती जनताहरुले आफ्ना अभिमतहरु पत्रपत्रिका र बिभिन्न संचार माध्यमहरुबाट दिन थाले। यस देशमा गैरकानूनी आप्रवासी धेरै संख्यामा छन्। त्यसले सरकारलाई कति क्षति भएको छ भन्ने कुराको लेखा जोखा नगरी सोझै गोर्खाहरु माथि ठूलो खर्च छ भन्न खोज्नु वास्तविकता नबुझेको देखिन्छ। बेलायती जनताहरुले यस आशंकाको घोर बिरोध गर्न थालेपछि बेलायतको उप रक्षा मन्त्री केभान जोन्सले बाध्य भएर यस समाचारको खण्डन गर्दै भने ” बेलायत सरकारको गोर्खा भर्ति बन्द गर्ने कुनै गोप्य योजना छैन। अहिले पनि एक बटालियन भन्दा बढि गोर्खा लडाकुहरु अफगानिस्तानमा तैनाथ छन्। हामी यसै बिचमा १९९७ भन्दा अघि पेन्सन भएका गोर्खाहरुको अध्यागमनको बारेमा पनि सोचीरहेका छौं।” यति मात्र होईन यो खबरले नेपालमा पनि ठूलो हंगामा भयो। बेलायती राजदूतावास काठमाडौंले पनि गोर्खा भर्ति बन्द गर्ने कुनै गोप्य योजना नरहेको बिज्ञप्ति प्रकाशित गरे। कतिपय बेलायतबासीहरुले यति सम्म भने कि गोर्खा राख्ने कि नराख्ने भन्ने कुरा रक्षा मन्त्रालयको होईन, यो बेलायती जनताको सार्वभौम इच्छा हो।
यस बिषयमा प्रतिकृया दिदै सांसद आन ओडिकमले भनिन् “यो एकदमै बिरोधाभास कुरा हो। आज जुन संख्यामा नेपालमा भर्ति भएका छन, यो समुद्रमा एक थोपा पानी मात्र हो। यस देशमा गैरकानुनी आप्रवासनको ओईरो लागेको छ। यो बाढीलाई रोक्नुको सट्टा सरकारले गोर्खाहरुको बिषयमा यसरी हचुवा कुरा गर्नु स्वयंमा बिरोधाभास अभिव्यक्तिहरु हुन्”।
अहिले लगभग ३,५०० गोर्खाहरु बेलायती सेनामा सेवारत छन् । त्यसमा हाल रोयल गोर्खा राईफल्सको दोस्रो बटालियन अफगानिस्तानमा छ। यस्तै ५०० भन्दा बढी गोर्खाहरू ईराक बासरामा युद्धरत छन्। अहिले भैरहेको अफगानिस्तानको युद्धमा युवराज राई र कलर सार्जेन्ट कृष्ण दुराको लडाईमा वीरगति प्राप्त भएको छ। लगभग ५० जना गोर्खाहरु घाईते वा अंगभंग अवस्थामा छन्। अफगानिस्तानको हेलमोन क्षेत्रमा राजकुमार ह्यारीले युद्ध मोर्चामा संलग्न हुदा भनेका थिए “बिश्वको कुनै भागमा यदि गोर्खा सिपाहीहरु तैनाथ छन भने, त्यो बिश्वको सबैभन्दा सुरक्षित र बलियो युद्ध अखडा हुनेछ।” अलाईड फोर्सको भाग भएको हुनाले गोर्खाहरुको तलब र भत्ता अन्तर्राष्ट्रिय स्तरमा बेलायती सेना सरह बेलायतको रक्षा मन्त्रालयले संबन्धित देशबाट असुली गरेका छन्।
पटकै पिच्छे नियमित रुपमा सधै कहिले पहिलो बटालियन र कहिले दोस्रो बटालियन ब्रुनाईको सेरियामा सेवारत छन्। उनीहरुको ब्रिटिस स्तरको तलब बेलायत सरकारले ब्रुनाई सरकारबाट असुली गरेको छ। जहिले पनि आधा बटालियन गोर्खाहरु नाटो सेनामा संलग्न भएका छन। उनीहरु बिश्वका बिभिन्न ठाउंहरुको युद्धमा संलग्न छन्। अफ्रिकाका केही देशहरुमा र सुरक्षाको दृष्टिकोणले सामरीक महत्वका ठाउंहरुमा यी गोर्खाहरु तैनाथ छन्। बिश्वको सबै भन्दा महंगो कमन ओयल्थ मुलकको सैनिक तालिम केन्द्र सेन्ड्रर्समा गोर्खाहरुले नै डेमो दिईरहेका छन्। उनीहरुको तलब भत्ता सबै कमन ओयल्थ देशहरुले भुक्तानी गरेका हुन्छन्। अन्य मुलुकको युद्धभूमिमा बिभिन्न खाले इन्जिनियर्स सेवा, दूर संचार सेवा, परीबहन सेवा आदि सेवाहरुमा गोर्खाहरु संलग्न छन्। कहिलेकाही एउटै गोर्खाहरुलाई दुई ठाउमा तैनाथ गराएका छन्। उदाहरणको लागी ब्रुनाईको एक बटालियनलाई लिन सकिन्छ। ईष्ट टिमुरको आन्तरिक झगडामा ब्रुनाइ सेरियामा रहको एउटा बटालियनलाई लिन सकिन्छ। बेलायत सरकारले ब्रुनाइ सरकार र संयुक्त राष्ट संघबाट दोहोरो रकम असुलेका उदाहरणहरु छन्। कोसोभो युद्धमा बलराम राईले आफ्नो जीवन बलिदान गर्यो भने, त्यस युद्धको खर्च त्यसै देशबाट भुक्तानी गरेका थिए।
गोर्खाहरु तालिम केन्द्रको लागि र ब्यारेक सुरक्षाको लागि बढीमा ४०० जना मात्र बेलायतका बिभिन्न सैनिक ब्यारेकहरुमा छन्। अहिलेको मौजुदा अवस्थामा ३,००० भन्दा बढी गोर्खाहरुको तलब भत्ता सबै अरु देशबाट भुक्क्तानी गरेका छन्। यदि यहि कुरालाई आधार मानी बेलायती रक्षा मन्त्रालयले गोर्खा भर्ति बिश्वमा सबै भन्दा महंगो भएको हो भने माथि उल्लेखित सत्य तथ्यहरुमा अनुसन्धान गरियोस्।
अब अर्को तर्क तिर जाऔं, यदि सबै गोर्खाहरुलाई यो देश प्रवेश गर्न दिइयो भने ५०,००० संख्यामा गोर्खाहरु यो देशमा प्रवेश गर्छन् भन्ने कुरो ब्रिटिस रक्षा मन्त्रालयले सरासर बुझ पचाएको छ। यस्तो हुनै नसक्ने कुरा आधिकारीक रुपमा सार्वजनिक गर्नु ज्यादै लज्जास्पद कुरा हो। गोर्खाहरुको लागि थरीथरीका नियमहरु बेलायत रक्षा मन्त्रालयले गर्दै आएको छ। युद्धभूमिमा, नाटो सेनाको भाग हुनेमा र संयुक्त राष्टसंघको भाग भएर जांदा ब्रिटिस सेना हुने सुबिधा दिने बेलामा गोर्खा हुने, यो कहांसम्मको न्याय हो - उदाहरणको लागि “गोट” अर्थात गोर्खा अफर टु टा्रन्सफर रक्षा मन्त्रालयलको मनोमानी नीतिलाई अध्ययन गरौं। गोर्खाहरुको पेन्सनको बिषयमा ब्रिटिस पेन्सनमा बस्ने कि गोर्खा पेन्सनमा रहने भन्ने गणितिय हिसाब निकाल्ने रक्षा मन्त्रालयले अहिले आफ्नो पेन्सनर कति छन् ? भन्ने बारेमा अनभिज्ञ भएको अथवा बुझ पचाएको देखिन्छ। एउटै सेनाबाट अवकास हुनेहरु तिमी कुन पेन्सन योजनामा जाने भन्ने चुनावी कुरा बिश्वको कुनै पनि सेनामा हुन सक्दैन। यसरी गोर्खा गोर्खाको बिचमा बिभाजन र भांजो ल्याउने काम बेलायतको रक्षा मन्त्रालयले गरेको छ। सन् सत्तरीको दशकमा बेलायतले मलाया छाडेपछि गोर्खाहरु हङकङ सरे। त्यस बेला हजारौ गोर्खाहरु खाली खुट्टा नेपाल फिर्ता भए। हाल गोर्खाहरुको भर्ति ब्रिटिस सेनामा २०० देखि ३०० को संख्यामा मात्र रह्यो। यसैले अहिले बेलायती सेनाबाट अवकास भएका गोर्खाहरु ज्यादै कम छन्। यस्तै द्धितीय बिश्वयुद्धमा लडेका गोर्खाहरु उमेरको हिसाबले निख्रि सकेको छ। अहिले पनि द्धितीय बिश्वयुद्ध लडेका हजारौ गोर्खाहरु भारतीय सेनाबाट पेन्सन खाईरहेका छन्। ब्रिटिस ट्रेजरीबाट पेन्सन पाउने पेन्सनरहरु साच्चै भन्ने हो भने १२,००० भन्दा बढि छैनन्। अहिले ब्रिटिस रक्षा मन्त्रालयले रिडन्डेसी र द्धितीय बिश्वयुद्ध लडेका उनीहरुको विधवाहरुलाई दिने केही ओयल्फियर रकमलाई पनि गांसेर गोर्खाहरुको पेन्सनरको संख्या बढाएको छ। नेपालमा हरेक जिल्ला ओयल्फियर अफिसले उनीहरुलाई मासिक १० पाउण्ड जति मात्र दिएका छन्। सन् १९९७ मा जब सबै गोर्खा रेजिमेन्टहरु खारेज भए, त्यस बेला हरेक बटालियनले जम्मा गरेको बटालियन फण्ड र गोर्खा अपिल फण्डले बिश्वका बिभिन्न ठाउहरुमा हात थापी उठाएको रकमहरु गोर्खा ओल्फियर ट्रष्टमा जम्मा भएका छन्। उनीहरुलाई दिने सुबिधा यो रकमबाट आउने ब्याजबाट भुक्क्तानी गरिएको छ। आज कुनैपनि गोर्खा गोर्खामेजर भएर रिटायर भएका छन्, उनीहरुलाई बटालियन फण्ड कता गयो भनेर सोध्ने हो भने एउटा गजबको शब्द भन्ने गर्छन “कुन्नि” । अबका दिनहरुमा यसको आधिकारीक जवाफ गोर्खा मेजरले नभई ब्रिटिस सरकारले दिनु पर्नेछ।
अहिले पनि गोर्खा रेजिमेन्टहरुबाट बेलायतलाई नाफै नाफा छ। अब नाङलो ठटायर हात्ती तर्साउने जमाना गयो। यो वास्तविकता बेलायतको रक्षा मन्त्रालयले बुझ पचाउन पाउदैन। अहिले नेपालमा २०० जना भर्तिको लागि ३०,००० यूवाहरुले आफनो पढाई बिचैमा छाडी भर्ति हुने होडमा डोको दौडमा भाग लिईरहेका छन्। यी युवाहरु सबैको भविष्य अन्धकार भएको छ। कतिपय कुलतमा लागेका छन्। वास्तबमा भन्ने नै हो भने गोर्खाहरुलाई ब्रिटिसले उनको ज्वाई बनाउन भर्ति गरेका होईनन्। लडाई लड्न र नाफा कमाउन भर्ति गरेका हुन। गोर्खाहरु अहिले ब्रिटिस सेनाको तर्फबाट बिश्वका बिभिन्न ठाउंहरुमा आफनो ज्यानको बाजी लगायर लडिरहेका छन्। कुवेत, ईराक, अफगानिस्तान, ईरान सिरियाका सिमाहरुमा र गल्फ र बाल्कनका मुलुकहरुमा बेलायत र अमेरिकाको हुकुममा लडाई लडिरहेका छन्। दुश्मनै नभएको मुलुकसंग गोर्खाहरुले युद्ध गरिरहेका छन्। त्यहाँको तेलखानीहरु बेलायत र अमेरिकाले आफनो नियन्त्रणमा लिएका छन्। यसैले बेलायत र अमेरिकाको सडकहरुमा गुड्ने, अरबौ खरबौ मोटरहरुको तेलमा लिने करहरुमा युवराज राई र कलर सार्जेन्ट कृष्ण दुरा र ५० जना भन्दा बढी अंगभंग र अपाङ्ग भएका गोर्खाहरुको रगत मुछिएको छ। अहिलेको परिस्थितिमा रक्षा मन्त्रालयकै शब्दमा गोर्खा रेजिमेन्टबाट ३ बिलियन स्टार्लिङ्ग पाउण्ड खर्च बढ्नेछ भन्ने कुरा भदौमा अन्धो भएको गोरुले जहिले पनि हरियो देखे जस्तो हो। कसले भन्छ अहिलेकै परिस्थितिमा गोर्खा भर्तिबाट घाटा छ भनेर ? बेलायतलाई गोर्खाबाट नाफै नाफा छ। त्यसको लागि खुला बहस गर्नु पर्यो । गार्खाहरु त्यसका लागि तयार छन्।
३ मार्च, २००९
(डा. गुरुङ गेसोका संस्थापक महासचिब तथा सल्लाहकार हुन् - सं.)
Entry Filed under: एचकेनेपाल डट कम, विचार / विविध





15 प्रतिक्रियाहरू आफ्नो प्रतिक्रिया दिनुहोस्...
1. D.M.Limbu Subba | March 5th, 2009 at 1:33 pm
Ahiley Matra ThaHa Bhayeko Nafa Ra Noksaan. Economics Arthasastrama Pahila nai Bhnhha Nafa Bhaye Maatra Arulai Use Garney “If Profit we have to use second Person”. Debit the Receiver and Credit the Giver. Debit what comes In and Credit all loss Baddebt. Tyasailey Sabai Kura BujhnuMaa Chha. Ahiley Lai Yeti Bujhi Raakhaun.
2. Narayan - Hong Kong | March 5th, 2009 at 6:56 pm
डा. चन्द्रबहादुर गुरुङ ज्यु धन्यबाद
तर अलि तपाईको लेखमा जानकारिहरु त धेरै छन तर कुरा अलि स्पष्ट नभयको होकि जस्तो लाग्यो शुरुमा पढ्दालाग्यो कि तपाईले सायद गोर्खाभर्ति ब्रिटिश सरकारले रोक्नलागेको समचारको बिरोध गर्दै हुनुहुन्छ, फेरी पढ्दै जादा तल लेख्नु भयो भर्ति गर्नाले नेपालि युबाहरुको भबिस्य अन्धकार भयको छ। त्यसको मतलब भर्ति पनि नराम्रो हो भन्नु खोज्नु भयको छ तर घाटा र नाफाको साथ साथै गोर्खा भर्ति राख्दा राम्रो कि नराम्रो को पनि प्रस्ट पार्नु भयको भय ….
र के त ब्रिटिश आर्मिमा काम गरेर हामि गोर्खालिलाई घाटै घाटा मात्र ???
3. dil bdr | March 5th, 2009 at 7:05 pm
gaeso ko gudi khane chintan gopallai out gariyako chha.
aaba herou chandra uncle ko skill……..
4. Gaddar | March 5th, 2009 at 10:59 pm
sabai thikai chha thank you you Bharti huda thulo ghuskhori ko khel chha jasle garda garib ko talent chhora haru bharti nai huna sakdaina yesko bisaye ma katai kehi news kasai le lekdaina kina hola achamma lagi rakheko chha ghusdiyera bharti bhayeko kk ho netako laj mardo.
5. Chitwan Kancha | March 6th, 2009 at 7:00 pm
Narayan Ji,
MR Gurung is showing us two sides of the coins, which he did somewhat skillfully but we don’t know whether they are all true or false.
I am afraid readers like you has to decide which is true and which is false - which he is not going to do it for you.
There can’t be Nepalese way of “Khana pani dine, sutna pani dine ani rati chai ……… pani dine”.
R. Gurung
6. Chitwan Kancha | March 6th, 2009 at 7:02 pm
sorry, (rushing myself). It sould be two sides of a coin.
7. RAMESH | March 7th, 2009 at 9:58 am
a… lata nepali/ gurkhas ho ,,
Chandra grg is supporting us.
y comment ?
y tauko dukhai,,
8. RAMESH | March 7th, 2009 at 9:59 am
a… lata nepali/ gurkhas ho ,,
Chandra grg is supporting us.
y comment ?
y tauko dukhai,,…….
9. aba nepal gov le nepali lai china ma bharti garouney ra china ko bharti kendra pokhara ma sarney hola ni. | March 14th, 2009 at 4:21 pm
kati wata gorkha haru chan. british gorkha ki indian gorkha ki singapur gorkha ki nepali gorkha ki gorkha jilla bashi haru gorkha ki purai nepali gorkha hun malai ali prasta bhayena. yedi yo kura british gorkha haru ko ho bhaney british gorkha army bhaney ali bujhney thiyo. yedi inkia ra british ley nepali haru lai bharti naliye china ley bharti le la ni ta. kina ki desh ma pani communist party ka neta haru thulo pahunch goverment ma cha. prachanda lai ali sajilo pani hunthyo yedi british ra india ley bharti kendra banda garidiyema. tyso bhayo bhaney china pani khushi prachanda baad pani khushi huney thiyo. janata ta bhokai chan ke re jata pathaye pani jana tayar holaan jasto lagcha.
10. raj | March 15th, 2009 at 12:35 pm
9 no ma lekhnu hune mitra ko name thaha bhayana mitra chaina ko usaiko janta sansar ko sabai bhanda dherai army chan ani nepali chance pauna garo hola.
11. RAMESH | March 21st, 2009 at 6:37 pm
hello comment - 9
we r discussing about british gurkhas.
we r not talking about gurkha who born n lives in gurkha district.
12. Rai Chomtenghang | April 30th, 2009 at 5:12 pm
british is a shrewd businessman who alwayes wants to soak others blood n brain ,like a mosquito.
13. anita | May 27th, 2009 at 3:01 pm
Thanks Chandra Gurung ji. From your article i understand more about gorkha way of serving & British government received money from other countries. how the batalian fund was collected & where it was gone etc. i also feel your article is not complete as a title. you may clear more about how British gov will benifite after 50,000 Gorkhas enter to UK.
14. Prince Harry (हरीराजकुमार) | June 11th, 2009 at 2:20 pm
नमस्ठे नमस्ठे
मेरो ढेरै बीर गुरकाहरु, नमस्ठे
टपोईहरु ढेरैढेरै brave हुनुहुनछ यो संसारमा सबोईलाई ठाहा छ तर बुड़्डु छ यो खुरा हामी british लाई मात्र ठाहा छ हें हें हें हें हें हें
Thank you for your time, Gurkhas
15. Bidhan Gurung | August 5th, 2009 at 5:47 pm
C.B Baje euta kura .K Nepal ko Prime minister lai Gyanedra ko sampati kati ra kaha chha bhanera hisab thaha chha? ho thyakai tyastai Gurkha Major lai pani k thaha afno paltan ko fund kata gayo kata gayo ,bichara.Aba hami sabaile bistarai iniharulai sab hisab khojnu parchha.Jastai MOD le hamro 15-32 Barsa jagir ko P45 dina sakdaina kina? U.K.ma next jagir khana ko lagi pahila ko jagirko P45 magchhan etc etc yastai ho hajur.
आफ्नो प्रतिक्रिया दिनुहोस्...
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed