स्व. युवराज र कृष्णको सम्झनामा - आनन्द रानोहोँछा

February 27th, 2009

स्व. युवराज र कृष्णको सम्झनामा

- आनन्द रानोहोँछा

बाँचे भने रेलिमाई यै बाटो आउने,
मरे भने रेलिमाई बालुवा सिरानी …

म सानो छंदा एकदिन भाँडाकुटी खेल्ने क्रममा जुठेल्नाबाट घुर्यानमा खसेको थिएं। टाउकोमा लागेको चोट सहन नसकेर बेस्सरी रोएको थिएं। त्यसबेला आँगनमा ओच्छ्याएको सुकुलमा बसेर आमाले मलाई काखमा दुध खुवाउदै एउटा कथा सुनाएर फकाउनु भएको थियो – त्यति सानो बालकको मन छुने त्यो कथा मेरै लाहुरे बाजे र बिधुवा बजुको थियो। मेरो बजुले लडाईमा हिड्नु भएको मेरो बाजेलाई कलकत्तामा बिदाई गर्ने बेलामा (रेलमा चढ्नु अघि) घ्वाक घ्वाक रुदै गर्दा बाजेले गाउनु भएको गीत रे –“ बाँचे भने रेलिमाई यै बाटो आउने । मरे भने रेलिमाई बालुवा सिरानी ।।” गीतको त्यो मर्मस्पर्शी लय म अझै पनि गुनगुनाउंछु।

त्यसताका लडाईंमा गएका योद्धाहरु अक्सर फर्केर आउने थिएनन्। हुनु पनि रक्सी र खुकुरीको भरमा लडाईं लड्ने जमाना थियो त्यो। “दैलो मुनि फोटो छ, जिन्दगानी छोटो छ… ।” यस्तै किसिमका गीतहरु एका दुई गाईन्थे रे। आईमाईले पढे बोक्सी हुन्छन, केटाहरुले पढे चोर हुन्छन भन्ने त्यो अनपढ जमानामा पनि यति धेरै मानवीय सम्बेदना भएका गीतहरु पढेर हैन – परेर, भोगेर अनि अनुभूति गरेर नै सिर्जना हुने गर्थे। लाहुरे बाजेले छुट्ने बेलामा गाउनु भएको तिनै मार्मिक गीतहरुले मेरो बजुको मन नौ चिरा भएको थिए रे। बियोगिएको त्यो क्षण, भक्कानिएको मन र गहभरीको आँसुले दैब नटर्दो रहेछ ! एकदिन बजुको नाममा पल्टनबाट धागोले बाधेको चिट्ठी आइपुग्यो रे ….. यस्तै यस्तै मेरो बाजे र बजुको वास्तविक बियोगान्त कथा मेरी आमाले सुनाउनु भएको थियो।

आफ्नो बाजे-बजु त परै जाओस – जन्म दिने बाबालाई समेत साक्षत भेट्न नपाएको मान्छे म। धन्य ठान्छु – त्यो जुठेल्नाबाट लडेर घुर्यानमा खसेको पल अथवा संयोगलाई। कमसेकम एउटा अर्ध टुहुरोले कथाको रुपमा भए पनि त्यति महत्वपूर्ण पुराना कथाहरु जान्न पाउनु अवश्य नै एउटा संयोग थियो।


स्वर्गीय युवराज राई, तस्वीर सौजन्यः भूमिराज राई

वास्तवमै त्यो कथा समयको काल-खण्डमा भएर फेरि फेरि दोहोरिई रहने हाम्रै कथा रहेछन्। निर्दोष लाहुरेहरुकै ब्यथा रहेछ। हो – यथार्थपरक हाम्रै सहन नसकिने तितो वर्तमान रहेछ। बृटिश आर्मिमा कार्यरत राईफल म्यान युवराज राई अनि कलर सार्जन्ट कृष्ण दुराले भर्खरै अफ्गानिस्तानको मरुभूमिमा त्यहि कथा दोहोर्याएर गए। सधैंका लागि यस संसारबाट टाढा भैसकेको स्तब्ध बर्तमान र आलो सम्झनाहरुले आघात भएको छ मन। सृष्टिकै नियम र मानवीय जीवन चक्रका हजारौ उदाहरणहरुले मन बुझाउन जति कोसिस गरे पनि झनै चर्किन्छ मुटु। हो, थाहा छ – सृष्टीको औपचारिकता हो मृत्यु, बाँच्नुको गन्तब्य हो मृत्यु। यसर्थ; मरणशिल मानिस एकदिन मरेर जाने प्रकृया हामीले स्वीकारेका छौं। तर, प्रत्येक मानिसले उसको सरदर आयु जिउनु पाउने अधिकार नदिनुमा भने सृष्टीबाट पनि अत्यन्तै असराहनीय भूल भएको हो जस्तो लाग्छ यतिबेला। “संसारमा शान्ति छाउनु पर्छ र हरेक मानिसले ढुक्क भएर सामाजिक जीवन जिउनु पर्दछ।” भन्ने सन्देश फिजाउदै अफ्गानिस्तानको मरुभूमिमा रातदिन दुख, मेहनत र पसिना बगाउने हामी आम गोर्खाली नेपालीहरुको सहयात्रीद्वय स्व. युवराज र कृष्णको मनोभावलाई पटक्कै बुझ्न सकेन ईश्वरले पनि। थुईक्क !! कति निम्छरा हुंदा रहेछन भगवान पनि। दुनियाको अगाडि मान्छेलाई कुखुरा रेटे जस्तै तड्पाई तड्पाई मार्ने ईराकी अल्सुन्नाहरु जस्ता नरभक्षीहरुलाई सजाय दिन नसकेर सामाजिक भावले बाँच्न चाहने निर्दोषहरुलाई चुडेर लगे।


स्वर्गीय कृष्णवहादुर दुरा र तस्वीरमुनि बाबालाई छिट्टै फर्कनु लेखिएको उनकी छोरीको बालसुलभ सन्देश

स्व. युवराज र कृष्ण दुई जनासंगै म एउटै पल्टनको हुनाले अत्यन्तै नजिकको चिनारी थियो हामीमा। आफ्नो नाम जस्तै इमान्दार, जेहेन्दार र सुशिल स्वभावको युवराज राई बृटिश आर्मिमा सेवारत भएको दसौं वर्ष पुगे पनि उनी अविवाहित थिए। परिवार र जीबन चलाउने हरेक मानिसको आ-आफ्नै सोचाई र योजना हुन्छन्। सायद उनी पनि आफ्नै योजना अनुसार विवाह ढिलो गर्ने सोंचमा थिए। साथीहरुबाट सुनेको थिएं – एकजना धरानको चाम्लिङ युवतीसंग मगनीको कुरा हुनेवाला थियो रे। उनको मृत्युले एउटी प्रतिक्षारत नारीको हत्केलाबाट अनायस पूजाको थाल झर्यो। अपूरो सिन्दुर पोखिए। परिवारको खुसिमा त त्यसै पनि चट्याङ् पर्यो। मुटुमाथि बज्र खस्यो।

कलर सार्जन्ट कृष्ण दुरासंग एउटै कम्पनीमा काम गरेको मेरो निकै लामो अनुभब छ। पहिलोचोटी अफ्गानिस्तानमा भएको युद्धको अनुभब बटुल्दा उनी मेरै प्लाटुनको सार्जन्ट थिए। सारै हसिला र जोशिला स्वभावका..। लडाईंको थकाई र जोखिमपूर्ण अबस्थामा आफ्ना साथीहरुलाई सान्त्वना दिन “यदि जुरेको छ भने ओच्छ्यानमा पनि मर्छ मान्छे, तर जुरेको छैन भने भिरबाट हाम्फाल्दा पनि केही हुदैन साथी हो।” उनी भन्थे। मिठो र स्पष्ट बोली अझै कानमा तरङ्गित हुन्छन्। यथार्थमा – परिवारलगायत हामी सबैलाई आँसुको पोखरीमा छाडेर सधैका लागि बिदा विदा लिए उनले।

सुरुमा उल्लेखित धेरै पुराना लाहुरेहरुले गाउने बियोगान्त गीत जस्तै युवराज र कृष्णको पनि अन्तिम पारिवारिक भेट अधुरो रह्यो। अब हामीसंग उनीहरूका सम्झनाहरू मात्र बाँकी छन्।

हाम्रा पल्टने सहयात्रीद्वय स्वर्गिय युवराज र कृष्णको मृतात्माको चिरशान्तिको कामना। हुन त – एउटा लेखक हृदयले ओकल्ने हरफहरु केवल मन दुखाउने चिनो मात्र हुन्छन्। बल्झिरहने घाउ मात्र हुनेछ। तथापि, शोकले ब्याकुल मनहरु सम्हालिन नसक्दा शोकाकुल परिवारको मनमा शान्ति मिल्न सकोस् भन्ने प्रार्थना गर्दै अतृप्त सम्झना स्वरुप समबेदनाका यिनै घाइते हरफहरु श्रद्घाञ्जलि !!!..

“पर लैजाउ फूलहरु, बन्द गर गीतहरु….
तिम्रा याद आउने … सबै चिजहरु…. ”

आनन्द रानोहोँछा
ब्रेकन, वेल्स युके

यो पनि सुन्नुहोस् अफ्गानिस्तानबाट भूमिराज राईको समाचार रिपोर्टः

Share this Post[?]
        

Entry Filed under: एचकेनेपाल डट कम

33 प्रतिक्रियाहरू आफ्नो प्रतिक्रिया दिनुहोस्...

  • 1. Rai  |  February 28th, 2009 at 7:55 pm

    Ananda vai, i read all these story without even taking a brath n i didn’t realise that, a little droop of tears on my eyes without knowing my self, oh wt a shcokiing news we loose the our besy mates forever, ,,,,,,,, n endever, ummm wt to say when i saw these pics with few words, i fill like i wanna cry with big noise but suddenly i thought oh no coz we r the brave people in this world n breve peopel never end up with tears with their eyes,”IT’S BETTER 2 DIE THEN 2 B A COWARD” espacially the drawing made my our daughter touched my heard. at the end We NEVER MUST NTO FORGET THOSE HEROS” hu gave thier life for us n our future,,,,, i always SALUTE them,……..

  • 2. deep  |  March 1st, 2009 at 12:43 am

    Heart touching story about Krishna and Yuba Raj whose extreme sacrifice have made us (all Nepalese) proud! I also belong to British Gurkha family so I can feel the pain one suffers. The bravery of Krishna Dura and Yuba Raj Rai is examplary. Thank you brother Anand for sharing such an emotional article with us. May departed souls be in peace and our sympathy to the families. May God give them enough inner strength to bear the pain at this difficult time.

  • 3. poon  |  March 1st, 2009 at 4:24 am

    यो सैनिक को जिबन्मा सत्ये घटना माँ आधारित बिरगति प्राप्त गरेका हाम्रा युबा अनि कृष्ण को समझाना मा मार्मिक लेख लेक्नु र हामीलाई पनी फेरी समझाना दिलाउनु भएको मा आनन्द भाईलाई केही बर्प अगाडी बर्दी कपडा लगायेको नाता ले धन्यवाद तपाई को लेख को सह्रानिये गर्दै बीर योद्दा हरु जसले लडाई को मैदान मा बिरगति प्राप्त गर्नु हुने कृष्ण दुरा अनि युबराज राइ लाई हार्दिक स्रंदान्जली अनि चिर आत्माले सानती मिलोस येही अर्पण गर्दै हाम्रा टु बतालियेन का होनहार लड़ाकू जवान हरु लाई सुरक्छित घर फर्कनोस सुखका दिनहरु अनि मिलन पल मिलोस सुभकामना जय गोर्खास |

  • 4. Dev Gurung  |  March 1st, 2009 at 2:49 pm

    हार्दिक समवेदना !!!

  • 5. DAN BAHADUR KHATRI  |  March 1st, 2009 at 5:13 pm

    namaste britis nepali force time ,ubaraj ji ko dukhat nidhan maa uhana ko pariwar maa hardik sambedana dina chahaan6u ,ahiele mero duty pani afghanistan maa nai ho

    shree pasupati naathle uhana ko pariwar parti dhare dharan garne sakti pardaan garos vanbida chaahan6u

  • 6. yunogh  |  March 1st, 2009 at 8:05 pm

    this is true heart fall story . iam feeling sadnes but also proud feel becouse they are realy nepali brave .who have been martyr on the war land carry the nepalism heart,blood .i allways salute them.

  • 7. Lalkaji gurung  |  March 3rd, 2009 at 7:24 am

    I am wonderingn all most of who are in HK and UK and rest of effected contry all you bull shit just enjoying as a Gorkheko ko influence and doing thrifty comment here i am wondering please why you doing thrifty? malai achamma lageko chha ta ani tapai testai ho haina? tesaile gorkhele kasai lai help nagare hunchha kina bhane yo lekh niskeko nikai bhayo kina comment ko kanjusai here?

  • 8. Ananda Ranohonchha  |  March 3rd, 2009 at 11:11 am

    Dear All,
    Thank U so much. i really appreciate your comments. i believe that positive thought and same feeling makes heart fonder. lets keep in touch and make Neplease hearts fonder around the world.

  • 9. Mijash  |  March 3rd, 2009 at 7:11 pm

    Hello !
    Ananda sir, well done , at least you have written something to them as a condolence but i haven’t done anything for our brave Gurkha Heros. it’s a real story. You have written vey beautifully and flowlessly. In terms of ur art of writing, it’s a superb and fentastic piece of writing. keep writing sir.
    with regards
    Mjash

  • 10. anjula  |  March 4th, 2009 at 12:30 am

    dear mama
    i m really sorry 2 know everything . i m really touch . i ve no words 2 express my fleelings right now . so jus prayin 2 almighty 4 peace n rest of departed souls in heaven. mama i love u tis has made me feel more respected n feel more lovier 2 u .
    I LOVE U
    I m in singapore now wit Dushan He is sayin namaste 2 u n namaste 2 Maiju on both of our Bhaf
    I LOVE U

  • 11. Kenpachi  |  March 4th, 2009 at 12:37 am

    I express my deepest condolence to the family and all the soldiers that have lost their lives…although it wasn’t our fight, although it isn’t our home, but we still have to keep up with the legacy that our forefathers left us and its not always easy…..

  • 12. Rai Tilak Walahang  |  March 4th, 2009 at 3:48 pm

    Hi Ananda bhai,
    First of all, thank you for your article, which is showing to us a event of Afganistan for late Yuwaraj and Krishna. This news was sad, is sad & will sad forever for all Nepalese.
    One thing that the letter of late Krishna’s dauther, she wrote ” I love you dad com soon,,…how touched my heart and make my eyes tearfull, while I am typping.
    Thank you.

  • 13. Jit Rai (Ranohochha)  |  March 5th, 2009 at 12:10 pm

    Kaka,i read your heart touching story and i would like to express my deepest condolence to the concern family members.And wish you all the best,take care n mail me here -jitrai481@yahoo.com

  • 14. Navin Gurung  |  March 5th, 2009 at 10:32 pm

    Be brave as Name of GURKHAS…..

  • 15. jyoti singh  |  March 5th, 2009 at 11:21 pm

    i am really sorry to hear this all hope god will give a great strength to his family to bear all pain and we all are really proud of brave gurkha s

  • 16. raju gurung  |  March 6th, 2009 at 5:46 am

    on behalf of all nepelese i salute n bow the soul of ubraj n krishna gurji(brave soldiers)

  • 17. RICK GURUNG  |  March 6th, 2009 at 9:06 am

    HEARTLY CONDOLENCE

  • 18. D R LIMBU  |  March 6th, 2009 at 3:12 pm

    SULUTE TO BOTH BRAVER SOLDIER BY MY SIDE.HEARTLY CONDOLENCE.

  • 19. gurung nanda raj  |  March 7th, 2009 at 5:31 pm

    aafno kartabya laai paalanaa garnunai parchha yo hami nepali ko dharma ho.tara krtabye ra jimmewari pani kasto?aafno jivannai aahuti dinuparne.yesari ghorkhali ko nam sadhai uchcha rakhnu parchha bhanne sapana . sapanaa ra aafno kartabye lai paalanaa garda gardai sangharsha ko maidaan maa aafno jivan aahuti dine bir ghorkhali sahid uba raj rai ra kirshna bhuda parti hardik srandanjali arpan garda chhu.sokaakul pariwar parti sadaa santee parpta hawos… solukhumbu.hal south korea.

  • 20. dhaka kc dang now malaysia  |  March 7th, 2009 at 8:04 pm

    yub raj rai ko dukhad samachar le istabda bhaya k garnu hami nepali ko karma nai yesto hoki bides ma gayara pani sukha na hunu bahadur gorkhali haruko ucha rakhnu bhaya ko 6 unhako soka kul pariwar lai bhagman le dhairedarn garne sakti diun yehi 6 mero bhagman sanga prarthan

  • 21. Bhim  |  March 9th, 2009 at 11:05 pm

    I am really sorry to heard that we missed 2 gorkhas Rai nd Dura,
    Heartly Condolance
    Rai Doha Qatar

  • 22. p r limbu  |  March 16th, 2009 at 1:39 pm

    first of all thanks media because all events and all problems broadcasting by the news paper thats so i m very very proud of it and i have read indeed yuvraj and krishan now they are not on field but we are rememer them because they are bravery and courage peoples ,i want to give condolence them from my soul .ok thanks i hoping the media ll do continue likethis function …as well..?

  • 23. prakash limbu  |  March 20th, 2009 at 6:36 pm

    ke ho rai dai ani army bhaera ta yastai ta ho ni dukha
    dukha napai kaha po aaunchha ra sukha hoina ra

  • 24. Abinam  |  March 24th, 2009 at 12:27 am

    जिन्दगी बगेको खोला जस्तै हो आउँदैन फर्केर फेरी फेरी हो हो हो!!साची नै यो गीत जस्तै मानब जिन्दगी ।।।।।।।।उफ !आँफैमा सास रोके जस्तो आँफैमा मृत्‍यु को नजिक आए जस्तो ।।।।आनन्द जि तपाईं को यो बियोग सम्झना ले आँफैमा पीडित पाये मैले ।।।!यसैले हामी सबै बाचुन्जेल जिन्दगी खुशी ले रम्नु सिक्नु पर्छ !
    हार्दिक शर्दन्जली समर्पन!

  • 25. CHAURE KAILA  |  March 25th, 2009 at 6:20 pm

    HELLO LAHURE BANDHU HARU…
    COMMENT MATRA DIDAI BASNE KI
    MONEY PANI COLLECT GARNE ?/////////

  • 26. roshan  |  March 25th, 2009 at 10:19 pm

    well its a tragedy that two of our men lost their life while serving for the foreigner..in afganistan.. hats off to them and may the almighty give the bereaved family enough strenghth to bear the incompensable loss of their loved ones.. but still i will say that its the nepali to blame themselves for this tragedy.. had they not asked british for more .. then they could have avoided losing their lives.. and secondly we mongolians are so crazy abt lahuraee … that they don’t realize the consequences.. well this is only the beginning.. i wonder wt the time has been storing for the many days to come.. i am very sorry to post this comment but its the reality frm which u can’t run away…lets pray for the guys who are still alive and counting their days.. durga mata lae uniharulai rachha garun..

  • 27. sherbahadur thing  |  March 31st, 2009 at 1:49 pm

    iam really sorry to heard that we missed 2 gorkhas Rai nd Dura,
    Heartly Condolance
    sher tamang thing
    ktm nepal

  • 28. Shalu Rai  |  April 2nd, 2009 at 10:28 am

    Firstly thanks for the sentimental articles..(i’m crying myself while writing this comment). it touch my heart and i believe it touches everybody after reading. wat i would say is may their soul rest in peace and hearlty sympathy to their families.

  • 29. Basnet Lila,AFGH, KBL  |  April 3rd, 2009 at 7:42 am

    Harik Samabedana Arpan Garna Chahanchhu yeuta Bir nepali yodda prati. All Bida….

  • 30. Basnet Lila,AFGH, KBL  |  April 3rd, 2009 at 7:46 am

    Hardik SAMABEDAN Arpan garna chahanchhu yeuta bir nepali yoddama hridayedekhinai. AllBida Sathi………..

  • 31. Ananda Ranohonchha  |  April 16th, 2009 at 7:32 am

    Dear All,
    i am very pleased to read individual coments from everybody. i would like to thank you all for your time which means to realise our Unity of Neplease hearts around the world. once again thankx….Lalkaji Gurung (7), Rai (1) ,Poon (3), Anjula (10), Rai Tilak walahang (12), Prakash Limbu (23), Abinam (24) , Shalu Rai (28) and so on …all.

  • 32. Sona Limbu, Jhapa Morang Nepal  |  April 20th, 2009 at 9:44 pm

    Heart touching Story about ..REALITY of those brave’s Family. thank you so much for the writter Ananda and web media group. i am very silence…Ooo what to say about it.

  • 33. sameli moktan  |  April 26th, 2009 at 12:01 am

    Hello brother….!
    to be an honest i also heard this heart breaking news from different body which made me sad, but the the way you’ve expressed is really touched…………..directly to the heart

    heartly condolence to both brave shining STARS………………….!
    THEY ALWAYS REMINS IN ALL NEPALIESE’S HEART

आफ्नो प्रतिक्रिया दिनुहोस्...

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने इन्दिवर वा गुगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Calendar

August 2010
M T W T F S S
« Apr    
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Most Recent Posts

Most Popular in February, 2009