पशुपति यात्रा र सडक जात्रा - सुविन श्रेष्ठ

February 25th, 2009

पशुपति यात्रा र सडक जात्रा
सुविन श्रेष्ठ, काठमाडौं / एचकेनेपाल डट कम -
पशुपतिनाथ उसैपनि चर्चामा आईरहन्छन्। कहिले भेटी विवाद, कहिले भने पुजारी नियुक्तिको कुरा। पशुपतिनाथले जे भए’नि, जसोगरे’नि सहेका छन्। त्यही चरणलाई बिर्सेर लाखौ दर्शनार्थीहरु शिवरात्रिको मध्यरातदेखि ओइरिए पशुपतिको दैलौ टेक्न।

भीड पनि जुलुश जस्तै। लथालिङ्ग र अव्यवस्थित। पशुपति प्रवेशका लागि मात्र लाईनको व्यवस्था। बाहिर चोक अनि चारै दिशातिर हुलमुल ज्यादा। पशुपति क्षेत्र प्रवेशको चारै नाकामा विशाल सुरक्षा। मूल सडकतिर मान्छेका व्यापक चहलपहल। तीनकुने, बतीसपुतली अनि ज्ञानेश्वरबाट दर्शनार्थीहरु पैदलमा पशुपतिनाथ पुगेका थिए। पशुपति विकास कोषले गरेको प्रवेश व्यवस्था राम्रो थियो। तर यता ती सहज मार्ग छोडेर चोरमार्ग वा असहज मार्गबाट हजारौ दर्शनार्थीहरु पशुपति सम्मुख पुगेका थिए। यता प्रहरी र स्काउटका आँखा छलेर पनि पशुपतिनाथ सम्म पुगेका थिए सयौ दर्शनार्थीहरु । आखिर लामबद्ध हुदाँ रातै पर्ला। भरतपुर चितवनबाट आएकी राधा बाँनियाले भनिन् आज सकिन्न, टाढैबाट दर्शन गरेर फर्किन्छु ।

पशुपति पुग्नका लागि राजधानीको शहीद गेट र रत्नपार्कमा गाडीको अभाव थियो। त्यसमा फेरि यातायातका चालकहरुले शुल्क आफै तोकिरहेका थिए । तरपनि पैसाको चिन्ता नगरी उनीहरु पशुपति पुग्नका लागि हतारिएका थिए । गाडी पनि ज्ञानेश्वरभन्दा उता जान दिइएको थिएन । चारैतर्फको यस्तो सुरक्षा व्यवस्थाले सम्भावित यातायात जामलाई घटाएको थियो भने अर्का तर्फदर्शनार्थीहरु पैदल हिड्नुपर्ने बाध्यता भयो । पैदलको थकान नमार्दे फेरि घण्टौ लाईनमा बस्नुपर्ने परिस्थितीमा पनि भक्तजनहरु थकित देखिएका थिएनन् । पैदलपनि सहज थिएन, पुरै सडकमार्ग बजार बनेको थियो । जयबागेश्वरी मार्ग बिचैमा व्यापार अपार बनेको थियो। त्यस्तै सिनामंगल मार्ग पुरै अस्तव्यस्त थियो।

एकअर्कामा स्पर्श नभई हिड्न मुश्किल थियो। असन जस्तै चार बजारका भीड एकैपटक ओईरिएको महसुस गर्ने सकिन्थ्यो। यसले लाईन बस्नेहरु र फर्किएकाहरुलाई निकै सताएको थियो । गौशाला चोक पुरै मानव भेलले ढाकेको थियो । गौशाला मध्यभागको ट्राफिक पोस्ट दर्शकका लागि विश्राम पोस्ट बनेको थियो।

पशुपतिमा बिशाल जनलहरको दृश्य रमाईलो थियो । सुरक्षा व्यवस्था, आपतकालीन सुरक्षाका लागि रेडक्रस अनि स्वास्थ्य संस्थाहरु खटिएका थिए। धैरै स्थानमा पानी र नास्ता व्यवस्थाले दर्शनार्थीहरु खुसि देखिन्थे। प्रवेशका लागि कडारुपमा खटिएका स्काउटले राम्रै काम गरेका थिए । यता फेरि छालाका जुत्ता निषेध गरिएता पनि त्यही स्थानबाट केही प्रहरीहरु निर्धक्क प्रवेश गरे।

पशुपति दर्शनका लागि बसेका हजारौ दर्शनार्थीका लाईन वास्ता नगरी चोरमार्गबाट पसेकाहरु लाईनमा मिसिएर दर्शन गर्ने सफल भए। तर ज्यादा संख्यामा यो बढेपछि वागमती नदीको मध्यभागमा प्रहरी खटेर सयौलाई फर्काइयो।

पवित्र वागमतीको जलबाट मुख धोएर पशुपतिको दर्शन भने औलाले गन्न सक्ने जतिले मात्र गरे। दुर्गन्धले मन नमानेको भन्दै दर्शनार्थीहरु यसबाट दूर-दूर रहे । भारतबाट आएका एक भक्तजनले घण्टौसम्म नदीभित्र रहेर प्रार्थना गरिरहँदा, नेपाली दर्शनार्थीहरुका लागि हाँस्यपद दृश्य बनेको थियो । एक जना दर्शन गरेर फर्किएकाले सो दृश्य हेर्दे थुकेका थिए । किन थुक्नुभएको - मैलै प्रश्न गर्दा नाक छोप्दै, दुर्गन्ध आएको भन्दै पुल छेऊबाट अलप भईन्।

यत्रो नेपाली दर्शनार्थी भरिएको आजको पशुपतिनाथ परिसर तीन/चार समूहमा मात्र विदेशी पाहुना देखिए । एक जोडी विदेशी पर्यटक बिचैबाट लामबद्ध भएर बसे। घण्टौ लाईनबाट अघि बढेका ती जोडी बिचैबाट निकालिए । अनि उनीहरु स्वतन्त्ररुपमा श्लेशमान्तन बनतिर यात्रा अघि बढाए। लाईनमा युवाहरुको संख्या ज्यादै कम थियो । कारण, उनीहरुको जमघट भने बाबाको बसाँइतिर थियो । जहाँ बसेर नेपाली १० रुपैयाँमा मनलाई स्वर्ग पुर्याउने बुटीपान गर्दे थिए। वरिपरि मन व्याकूल बनाउने धुँवाको बादल बनेको थियो।

पशुपतिनाथको शिवरात्री दर्शनयात्रा यस्तै रहन्छ हरसाल । यो साल भने गत वर्षको संख्यामा दोब्बर देखिए। पशुपति यात्रामा अर्को दृश्यमा नाङ्गाबाबा पनि आउँछन्। आफूलाई नागाल्याडबाट आएको बताउने बाबाहरु चर्चित दृश्य लिएर आउँन्छन्। अनि यो दिनभर त्यही दृश्यमा प्रस्तुत हुन्छन्। त्यही दृश्यमा सयौ युवाहरु घण्टौसम्म बाबाको वरिपरि रहे। सो दृश्य खिचिरहँदा मेरो मोबाईल चोरी भयो।

यस्तै हुलमुल अनि दर्शन यात्राको बढ्दो चापमा शिवरात्री सकिएको छ। दिनभरको शिव महिमा गायन रोकिएको छ। फेरि हिजोका दिनहरु जस्तै दर्जन दर्शनार्थी र एकाध जोडीहरुको उपस्थितिमा पशुपतिनाथ शून्य रहनेछन्।

Share this Post[?]
        

Entry Filed under: एचकेनेपाल डट कम

आफ्नो प्रतिक्रिया दिनुहोस्...

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने इन्दिवर वा गुगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Calendar

August 2010
M T W T F S S
« Apr    
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Most Recent Posts

Most Popular in February, 2009