नयाँ नेपालमा अपराधीको संरक्षण - हरिप्रसाद पोखरेल

October 29th, 2008

नयाँ नेपालमा अपराधीको संरक्षण

- हरिप्रसाद पोखरेल
प्रहरीले नभेटाएका अभियुक्त मन्त्रीको अघिपछि भन्ने नेपालको समाचारले नयाँ नेपालमा पनि अपराधीलाई राज्यले संरक्षण गर्दोरहेछ भन्ने कुराको बोध गराएको छ। रामहरि हत्याकाण्डका अभियुक्त कालीबहादुर खामलाई मंगलबार साँझ रक्षामन्त्री रामबहादर थापा बादलले चितवन जिल्ला प्रशासन कार्यालयमै जिल्लाका उच्च सुरक्षा निकायलाई चनौती दिदै दर्शनभेट दिएका छन्।

खाम माओवादी तेश्रो डिभिजन शक्तिखोरका निलम्वित कमाण्डर हुन्। रामहरिको ६ महिनाअघि शिविरमा हत्या भएपछि माओवादीले उनलाई कारवाहीका नाममा निलम्वित गरेको थियो। अनि उनलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाइदिने बचन पनि माओवादीले दिएको थियो । उनी विविधका नामले पनि चिनिन्छन् । विविध अहिलेसम्म फरार थिए। तर एकाएक रक्षामन्त्रीसग उनको भेट भएको भन्ने कुराले सबैलाई अचम्मित बनाएको छ। त्यहिमाथि विविध शिविरभित्रै बसेर माओवादी सेनालाई अरनखटन समेत गर्दै आएका छन्। राज्य र माओवादीको समेत नजरमा अपराधी ठहरिएका व्यक्तिलाई समेत यसरी सम्मानका साथ विराजमान गराउने कार्यले नेपालको कानुन दैवले जानुन भन्ने कुराको स्मरण गराएको छ। बादललाई चुनाव जिताउन विविधको भूमिका विर्सियो भने ठूलो पाप हुनेछ भन्ने सोचेर नै बादलले विविधलाई दर्शनभेट दिएका हुनसक्छन्।

जमानामा लगाएको गुन सम्झाउन विविध बादलका छेउ गएका हुनसक्छन्। यो घटनाले माओवादीको आडमा जतिसकै ठूलो अपराध गरिए पनि कसैले केही गर्न सक्दैन भन्नेहरुको तौल फेरि बढाएको छ। हत्या, हिंसा, अनि लुटपाट जस्ता मानवताविरोधि क्रियाकलाप गरिहालियो भने पनि त्यतिबेला माओवादीको भजन गाइयो भने सात खुन गरेर जनताको नजरमा पापी बन्नेहरुलाई पनि माओवादीले गुन लगाइदिनेछ भन्ने कुरा फेरि प्रमाणित भएको छ। नत्र यतिबेलासम्म विविध फरार हुन्थेनन्। उनी कारवाहीमा परिसकेका हुन्थे। अझैपनि रामहरिका हत्यारालाई माओवादीले कारावाहीको आश्वासन दिएर पुग्दैन, कारवाही गरेर देखाउने हिम्मत गर्नुपर्छ। रामहरिको बर्बरतापूर्वक हत्या राष्ट्रसङ्घीय निगरानीमा रहेको शक्तिखोर शिविरभित्र हुनु दुर्घटना मात्रै थिएन, यसले शान्ति सम्झौता र त्यसको मर्म र भावनाको समेत खिल्ली उडाएको थियो। स्वस्फूर्त रुपमा हत्याकौ विरोधमा उर्लिएका जनसागरलाई त्यतिबेला राजनीतिक रंग दिने व्यक्ति अहिले प्रधानमन्त्री बन्नुभएको छ। नागरिकको बांच्न पाउने अधिकारलाई छिनाउने विविध जस्तालाई कारवाही नगरेर माओवादी नेतृत्वको सरकारले मुलुकमा कस्तो शासन चलाउन खोजेको हो ? कसैले बुझ्न सकेका छैनन्।

रामहरि प्रकरणमा माफी मागेर आइन्दा यस्ता घटना नदोहोर्‍याउने अनि हत्यामा संलग्नहरुलाई कारवाही गर्ने भनी माओवादीले गरेका प्रतिबद्धता हावादारी सावित हुनु सबभन्दा ठूलो चिन्ताको विषय हो। अझैपनि हत्यामा संलग्नहरुलाई कारवाही गरिदैन भने नेपालका माओवादी शिविर सबै यातनागृहमा परिणत हुनेछ। यस्तै स्थिति हुने हो भने माओवादीलाई कार्यकर्ताहरुले फेरि पनि मुखै नभएका खालि हतियार र ढुंगामुढा मात्रै भएकाहरुको संगठन बनाउनेछन्। रातो झण्डा बोक्ने सबै इमानी हु“दैनन्। सबै सच्चा कम्युनिष्ट हदैनन्। लिन प्याओले रातो झण्डा बोकेरै झण्डै माओत्सेतंुगलाई सिध्याइदिएको थियो। रातो झण्डा बोकेरै ख्रुस्चोभले स्टालिनलाई सोत्र्याम बनाइदिएको थियो। त्यसैले कम्युनिष्ट नाम राख्ने बित्तिकै व्यक्ति वा संगठन पवित्र हु“दैन। कम्युनिस्ट पार्टीमा त पवित्रताको कसी हुन्छ ? जनताप्रति सम्बन्धित संस्थाको वा व्यक्तिको सम्मान हुन्छ। अझै पनि माओवादीले यस्ता करा बुझ्दैन् भने उसको हैसियत पनि यहि हुनेछ।

नयाँ सत्ताको नाइके बनेकाहरुले देशमा जारी दण्डहिनताको अन्त्य गर्न जरुरी छ। यहि मानसिकता र सोचले लोकतान्त्रिक संविधान निर्माण हुन सक्दैन र जनतालै कहिल्यै पनि शान्तिको अनुभूति गर्न पाउने छैनन्। क्रान्ति, युद्ध, हत्या र सत्तालाई एउटै परिभाषाभित्र अटाउन खोज्ने माओवादीको खराब चरित्रले देशको भलो गर्दैन।

मान्छेका लागि विचार खर्चिनुपर्छ, विचारका लागि मान्छे खर्चिने माओवादीको व्यवहार लोकतान्त्रिक मुल्य मान्यताप्रतिको ठाडो उपहास हो। माओवादीले गल्ती गर्नेलाई कारवाही नगरेका उदाहरण धैरै भेटिएका छन्। आफ्ना कार्यकर्ताले गराएका मानवताविरोधी घटनापछि माओवादीका जिम्मेवार नेताहरु व्वासोले गाई मारेर रोएजस्तै रुन्छन्, माफी पनि माग्छन्। तर घटनामा संलग्नहरुलाई कहिल्यै कारवाही गरिएको छैन।

रामहरिको हत्यामा संलग्नहरुलाई मात्र होइन, चितवनको माडी घटनामा संलग्न भनिएका सुजन कुमाल (सुजन), चण्डीका पौडेल (साहस), अनक मगर (किसन) र शिव रेग्मी (हर्क)लाई माओवादीलै अझै कारवाही गरेको छैन।

२०५८ फागुन १० गते पूर्वी चितवनको भण्डारामा यात्रुसहितको एउटा बसमा आगो लगाई वीरगञ्जकी आठ वर्षीया बालिका काजोल खातुनसहित पाँच यात्रुलाई जिउंदै जलाएर मार्ने माओवादी कार्यकर्ताहरु कारवाहीमा परेका छैनन्। शान्ति प्रकृयामा आइसकेपछि बाराका पत्रकार विरेन्द्रकुमार शाहलाई पनि माओवादीले मारे। यस घटनापछि माओवादीले माफी मागे, आयोग बन्यो दोषी कहिल्यै कठघरामा उभिएन। न त बनेको आयोगबाट निर्दिष्ट भएका अपराधिहरुलाई समैत कहिल्यै कारवाही गरिएको रेकर्ड समेत छैन।

माओवादी बिल्ला भिरेकै भरमा सुखसयलले बस्न पाइन्छ, गाउंघरमा दवदवा कायम गर्न पाइन्छ भन्ने भूत सवार भएर हरेक फटाहा प्रवृत्तिका र जालसाजीमा संलग्न भएका पनि यतिबेला माओवादीमा आकषिर्त भएका छन्। यसैले देशको ठूलो पार्टीको रुपमा माओवादीका नेताले गर्वको नाक फुलाउन पनि बेकार छ। जनताको गृहप्रशासनप्रति माओवादी नेतृत्वको सरकारले देखाउने व्यवहार यस्तै रहिरहने हो भने फेरि थप लालबालाको पितृत्व लुटिनेछ । फेरि रामहरिकी श्रीमती जस्ता हजारौ रमिला बन्नेछन्। यस्तो जंगली बर्बरताको नमुना प्रदर्शन हुदै जाँदा नेपालमा धेरै रमिलाका सिन्दर पुछिनेछ।

कार्यकर्तालाई सधै मार्न र धम्क्याउन सिकाउने अनि गल्ती गरैका बखत दण्डित पनि गर्न नसक्नेले देशमा केहि गर्न सक्दैन। फेरि पनि शान्ति प्रक्रृयामा आइसकेका नेपाली नागरिकको भरिलो जीवनमा डढेलो लाग्नेछ। कतिपय आमाबाबुको भरोसा र सपना फेरि चुडिनेछ।

रामहरिको हत्यापछि रमिलालाई साथ दिन र माओवादीलाई दण्डित गर्न चुनावमा माओवादीलाई भोट दिएका कोटेश्वरका माओवादी महिला एकाएक एमालेमा प्रवेश गरेका थिए। संयोगले यतिबेला गृहमन्त्री एमालेकै वामदेव गौतम छन्। चाहने हो भने उनले विविधलाई कारवाही गर्न पनि सक्छन्। के वामदेवले विविधजस्तालाई कारवाही गरेर कोटेश्वरका महिलाको सम्मान गर्न सक्लान् त ?

चितवन, हालः जापान

Share this Post[?]
        

Entry Filed under: एचकेनेपाल डट कम

4 प्रतिक्रियाहरू आफ्नो प्रतिक्रिया दिनुहोस्...

  • 1. nawaraj  |  October 29th, 2008 at 3:11 pm

    i like you badal ?

  • 2. rekha sapkota  |  November 13th, 2008 at 4:19 pm

    कल्लाई भन्ने ? के भनेर भन्ने ? जस्लाई भनेपनी केही हुनेहोइन । सबै नेपाली जनता गिद्दको आहारा हुने भए !!! बिडम्बना

  • 3. baburam  |  November 16th, 2008 at 9:58 pm

    girja deshko kalank[bad] ho.

  • 4. dhaka k.c dang now malaysia  |  January 19th, 2009 at 7:36 pm

    khoi kaslai k bhanne jun jogi aaya pani kanai chiriyako bhanne ukhan 6 hoina yedi yo ghatana satya ho bhane maobadi le nij dosi lai karbhai garnu par6 kinki janta ko biswas banai rakhna ko lagi nispakchya hunu par6 nata bad kirpa bad bhairakhne ho bhane k ko ganatantra?kasto ganatantra?kasko lagi ganatantra?
    yadi nepali janta ko bhabana biprit kam kuro hun6 bhane kaha bhayo paribartan?tesai karan satya thtya kura jantalai bhanni par6 ra dosi lai karbhai hunai par6 hoina bhane janta le hero bata jiro ma jharna pani sakchan ki kaso ? badal ji sachikai hajur haru sadai hero bannu6 bhane janta ko kura sunne garnuhos la baki hajur ko hatma

आफ्नो प्रतिक्रिया दिनुहोस्...

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने इन्दिवर वा गुगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Calendar

September 2010
M T W T F S S
« Apr    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Most Recent Posts

Most Popular in October, 2008