- गणेश खड्का ‘प्रतिक्षा’
‘मेरा दुईटा छोरा छन्- एउटा लड्डू एउटा ढड्डू ।
लड्डूलाई खुब खानु पर्छ, ढड्डूलाई खुब सुत्नु पर्छ ।
मेरा एक साथी छन् जसको थर “मै हुँ म” हो।
उनी कसैलाई गन्दैनन्, मेरा नोकरको नाम थर्थरानन्द
थलाहारी हो, अर्कोको नाम पुङ्-माङ् पक्क। एउटा छिमेकी
छन्, जसलाई मैले ‘ मुजुरपंखी ‘ भलाद्मी नाम राखेको छु।’ (more…)
Share this Post[?]
April 10th, 2009
Commentary:
-Satis Shroff
Twenty seven years ago, the British and the Argentineans fought over the Falkland Islands and turned, the otherwise peaceful and serene South Atlantic into an inferno. The Malvinas were claimed by the Argentineans and the British. Nurse Nicci Pugh was a witness to the hostilities from a safe distance on board the hospital ship HMS Uganda. The conflict began on April 2,1982 after Argentina invaded the Falkland Islands. Britain’s PM Margaret Thatcher sent a task force which resulted in the death of 1,000 people, after which the Falklands (Malvinas) were liberated on June 14, 1982. (more…)
Share this Post[?]
April 10th, 2009
इन्धन: अब खाडीको होइन, झाडीको प्रयोग गरौं

- आनन्द श्रेष्ठ
पेट्रोल, डिजेलको अभावले आजित भइरहेको बेला यो वर्ष जैविक तेलको चर्चाले निकै महत्व पाएको छ। यसै वर्ष पाल्पाका किसानले सजिवनको तेलबाट ट्य्राक्टर कुदाइएको एउटा समाचारले नेपाली जनमानसमा ठूलो आशाको लहर पैदा गरेको छ। सजिवनलाई पूर्वाञ्चलको पहाडी भेग (मेची, कोशीको पहाडी भेगमा) मा सानो कदम, सरुवा, राङ्गखेला, सर्लाहीतिर अरण्डी, बघण्डी भन्ने गरिन्छ। तर मध्य नेपालदेखि पश्चिमतिर मात्र यसलाई सजिवन, बतिवाल, हातिकाने भनिन्छ। (more…)
Share this Post[?]
March 17th, 2009
श्रीराम कायस्थ, लण्डन / एचकेनेपाल डट कम -
केही व्यक्ति पदको लालच र प्रतिष्ठा आर्जनका लागि तंछाडमछाड गर्दा युरोपकै सबैभन्दा पुरानो नेपाली संस्था ‘यती नेपाली एसोसिएसन, युके’ धराशायी हुंदै गएको छ। (more…)
Share this Post[?]
March 11th, 2009
के नेपाली काग्रेस नै मूख्य दुश्मन हो त आज नेपाली जनताको ?
- लोकनारायण सुवेदी
एकीकृत नेपाल कम्युनिष्ट पार्टीको दृष्टकोणमा देशमा राजतन्त्रको अन्त्य र गणतन्त्रको आरम्भ भएको आजको स्थितिमा नेपाली काग्रेस नै नेपाली जनताको मूख्य दुश्मन हो। अर्थात ‘दुश्मन फेरिएको छ र बन्दूकको काँध पनि फेरिएको छ’। नेकपा (माओवादी)को केही महिना पहिला सम्पन्न खरिपाटी भेलाले निकालेको मूल निष्कर्श यही हो भन्ने कुरा अहिले एकीकृत नेकपा (माओवादी)का नेता कार्यकर्ताहरु बिभिन्न किसिमले बिभिन्न ठाउँमा सार्वजनिक गरिरहेका छन्। (more…)
Share this Post[?]
March 7th, 2009
बेलायतलाई गोर्खाबाट नाफै नाफा

- डा. चन्द्रबहादुर गुरुङ
गत महिना बेलायतको इभिनिङ स्टार्ण्र्डस दैनिक पत्रिकामा गोर्खा संबन्धी अत्यन्त संबेदनशिल समाचार प्रकाशित भयो। “बेलायतको उच्च अदालतको फैसलाले सबै गोर्खाहरु निर्बाद रुपमा बेलायत प्रवेश गर्ने भयो भने यसले देशलाई ठूलो आर्थिक भार, १ देखि ३ विलियन पाउण्डसम्म ट्याक्स पेयरको पैसा गोर्खामा खर्च हुनेछ भन्ने हचुवा जानकारीहरु प्रकाशित भएका छन। गोर्खा संसारको सबै भन्दा महंगो सैनिक हुनेछ। त्यसैले ब्रिटिस रक्षा मन्त्रालयले गोर्खा भर्ति बन्द गर्ने गोप्य योजना गरेको छ” भन्ने समाचार प्रकाशित भएको थियो। (more…)
Share this Post[?]
March 4th, 2009
स्व. युवराज र कृष्णको सम्झनामा

- आनन्द रानोहोँछा
बाँचे भने रेलिमाई यै बाटो आउने,
मरे भने रेलिमाई बालुवा सिरानी …
म सानो छंदा एकदिन भाँडाकुटी खेल्ने क्रममा जुठेल्नाबाट घुर्यानमा खसेको थिएं। टाउकोमा लागेको चोट सहन नसकेर बेस्सरी रोएको थिएं। त्यसबेला आँगनमा ओच्छ्याएको सुकुलमा बसेर आमाले मलाई काखमा दुध खुवाउदै एउटा कथा सुनाएर फकाउनु भएको थियो – त्यति सानो बालकको मन छुने त्यो कथा मेरै लाहुरे बाजे र बिधुवा बजुको थियो। मेरो बजुले लडाईमा हिड्नु भएको मेरो बाजेलाई कलकत्तामा बिदाई गर्ने बेलामा (रेलमा चढ्नु अघि) घ्वाक घ्वाक रुदै गर्दा बाजेले गाउनु भएको गीत रे –“ बाँचे भने रेलिमाई यै बाटो आउने । मरे भने रेलिमाई बालुवा सिरानी ।।” गीतको त्यो मर्मस्पर्शी लय म अझै पनि गुनगुनाउंछु। (more…)
Share this Post[?]
February 27th, 2009
पशुपति यात्रा र सडक जात्रा
सुविन श्रेष्ठ, काठमाडौं / एचकेनेपाल डट कम -
पशुपतिनाथ उसैपनि चर्चामा आईरहन्छन्। कहिले भेटी विवाद, कहिले भने पुजारी नियुक्तिको कुरा। पशुपतिनाथले जे भए’नि, जसोगरे’नि सहेका छन्। त्यही चरणलाई बिर्सेर लाखौ दर्शनार्थीहरु शिवरात्रिको मध्यरातदेखि ओइरिए पशुपतिको दैलौ टेक्न। (more…)
Share this Post[?]
February 25th, 2009
पश्चिमा समाजमा बाल बिकासको बिग्रदो बातावरण र परिणाम
- लोकनारायण सुवेदी
बाल बच्चाको बिकासमा पारिवारिक, सामाजिक तथा शैक्षिक परिवेशको गहिरो प्रभाव पर्दछ भन्ने कुरामा कसैको बिमति छैन। एउटा बच्चा भबिष्यमा गएर देशको कस्तो नागरिक बन्ने हो भन्ने यथार्थ के कुरामा निर्भर गर्दछ भने त्यस बच्चाका आमाबाबुले त्यसमा कस्तो संस्कार पैदा गर्दछन् र उसको पालन पोषणमा कत्तिको ध्यान दिने गर्दछन् - जस्तो परिवेशमा बच्चा रहन्छ त्यस्तै प्रकारको बानी ब्यहोरा र आचरण उसमा बिकसित हुनेछ र उसले पनि त्यस्तै ब्यवहार गर्न थाल्दछ। (more…)
Share this Post[?]
January 31st, 2009
- गणेश खड्का ‘प्रतिक्षा’
कि रूई , कि फुई, कि दुई … । यी तीन जाडो छल्ने अचुक औषधी हुन्। साइबेरिया र बरखोयानस्कबाट जाडो छल्न भू-मध्यरेखिय हावापानी तिर बतासइन्छन् कर्याङ्गकुरुङ्गहरु पनि। हिमाली प्रदेशका तन्नेरी बसिन्दाहरु आफ्ना भल्ट्याङ्ग भुल्टुङ्गका साथमा मधेशतिर झर्छन्। काँचो लाहा, ठूलो ओखती, पाखनभेद, जेठी मधु, बेचेर जिबिका चलाउनु उनिहरुको परम्परा हो। (more…)
Share this Post[?]
January 14th, 2009
Previous Posts