किरात जाति, दसैँ र यथार्थता
- मञ्जुल याक्थुम्बा
कैरात देशले परिचित नेपालमा आर्यहरूको आगमनअगाडि देशभरि नै र किरात प्रदेशभरि चाहिँ (साङ्गापूर्व, मेचीपश्चिम) शाहकाल अगाडि दसैँ भन्ने शब्द बिलकुल अपरिचित थियो। भारतबाट प्रबेश गर्दा आफूसँगै भित्र्याइएको दसैँलाई यी आर्य जातिकाले लाखौँ पशुपक्षीहरूको बध गरेर अविर, दही, चामलको रातो टीका र जमरा लगाई नेपालमा कैयौँ दिनसम्म मनाउने गर्छन् भने यस चाडको उत्पत्ति भएको देश भारतमा चाहिँ त्यस्तो रक्तपातपूर्ण कार्य नगरी दुर्गाको मूर्ति बनाई सात्विक पूजा अर्चना गरिन्छ। जुनसुकै विषयमा पनि कुरा प्रष्ट पार्नुपर्दा सप्रमाण उल्लेख गरिदिँदा जनमानसमा भरपर्दो विश्वास हुन्छ। अतः दसैँ भन्ने चाड किरात प्रदेशमा बलात थोपरिएको हो भन्ने कुरा निम्न लिखित ऐतिहासिक एवम् धार्मिक तथ्यले प्रष्ट पारेको छ। (more…)
Popularity: 2%
October 4th, 2008
मातृका पागल कि स्वाभिमानी - महेश चौरसिया
- महेश चौरसिया
कहिले प्रधानमन्त्रीसंग झगडा त कहिले स्थानीय विकास अधिकारीलाई शौचालयमा कैद, जवरजस्ती जग्गा कब्जा त कहिले मन्त्री पदबाट राजीनामा गर्ने मन्त्री हुन-मातृका प्रसाद यादव। बेलाबखत चर्चामा रहिरहनु उनको विशेषता हो। कतिपयले त उनलाई ‘पागल’ भन्छन त केहीले स्वाभिमानी। बुझाई आ-आफ्नो । जसले जुन रुपमा बुझ्दछ, उसको लागी त्यही ठीक। हरेक चीज दृष्टिकोणमा भर पर्छ। (more…)
Popularity: 2%
October 2nd, 2008
राज्य पुनःसंरचना बारे (भाग–५)
– महेश्वर श्रेष्ठ
केन्द्रीय सदस्य, नेकपा (एकीकृत)
३. प्रादेशिक सरकारका अंगहरु र तिनको गठन
संघीय गणतन्त्र नेपाल अन्तरगत प्रादेशिक सरकारको स्वरुप प्रदेश, जिल्ला र स्थानीय गरी ३ तहको हुनु उचित हुनेछ।
३.१ प्रादेशिक व्यवस्थापिका
संघीय गणतन्त्र नेपाल अन्तरगत निर्माण हुने स्वायत्त प्रादेशिक व्यवस्थापिकाको नाम, स्वरुप र गठन संघीय व्यवस्थापिकाको नाम, स्वरुप र गठन अनुरुप नै प्रादेशिक जनसभा अथवा प्रादेशिक लोकसभा [Regional People’s Congress], एक सदनात्मक र पूर्ण समानुपातिक एवं समावेशी हुनु पर्दछ। प्रादेशिक जनसभालाई संघीय सरकारको सामान्य नीति निर्देशन अन्तरगत रहेर संघीय कानूनसंग नबाझने गरी आपना लागि अन्य आवश्यक सम्पूर्ण कानून निर्माण गर्ने पूर्ण अधिकार हुनु पर्दछ। (more…)
Popularity: 1%
October 2nd, 2008
बतासे डाँडा कविता यात्रा र त्यसले ल्याएको तरंग
- मोती चाम्लिङ, अनेसास हङकङ
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना भएपश्चात अधिकप्राय प्रवासमा जहां जहां नेपाली भाषी प्रवासीहरु छन् त्यहां त्यहां यो संस्थाले आफनो उपस्थिति जनाएको छ। यसले जहां उपस्थिति जनाएको छ फगत संस्था निर्माणको लागि मात्र अवश्य होइन। (more…)
Popularity: 2%
September 26th, 2008
सन् २००३ मा पिछडिएका बालबालिका तथा युवाहरुका लागि शैक्षिक सहयोग गर्ने उद्धेश्यले क्यानाडामा स्थापना भएको संस्था टेम्पस इन्टरनेशनल (www.tempusinternational.org) ले आफ्नो स्थापना कालदेखि नै नेपालमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दे आएको छ। सँस्थाले रीड नेपालको सहसंयोजनमा बालसाहित्य प्रवर्धनको लागि निम्नमाध्यमिक, माध्यमिक र उच्च माध्यमिक गरी तीनवटा तहका छात्र र छात्राहरुको लागि दुईपल्ट राष्ट्रियस्तरका ६-६ वटा बेग्लाबेग्लै राष्ट्रिय बालसाहित्य लेखन प्रतियोगिताहरु सञ्चालन गरेको थियो। साथै त्यसबाट पुरस्कृत बालबालिकालाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ। गत ०६४ मा यसले सञ्चालन गरेको त्यस्तै ६ वटा बालकथा लेखन प्रतियोगितामा नेपालभरका १३ सय बालबालिकाहरुले भाग लिएका थिए। जसको लागि कविताराम बालसाहित्य प्रवर्धन अनुष्ठान, बालमंच नेपालले यस संस्थालाई ०६४ सालको साहित्य प्रवर्धन सम्मानसमेत प्रदान गर्ने निर्णय गरेको छ। यसैको सन्दर्भमा टेम्पस इन्टरनेशनलका नेपाल प्रतिनिधि सुश्री कुसुम महर्जनसँग कमल भट्टराई (संयोजक नेपाली बालसाहित्य प्रवर्धन समाज भर्जिनिया) ले अमेरिकाबाट इमेल मार्फ़त लिनुभएको अन्तर्वाताको अंश यहाँ प्रस्तुत गरिएको छ। सं. (more…)
Popularity: 1%
September 26th, 2008
अमेरिका र रुस पुनः पुग्ने हुन् त शीत युद्धको अवस्थामा?
-लोकनारायण सुवेदी
अमेरिका तथा उसका मित्र देशहरुको आग्रह, माग र चेतावनीहरुलाई समेत पुरै वेवास्ता गर्दै रुसले आफ्नो छिमेकी देश जर्जियाका दुईटा विद्रोही स्वायत्त क्षेत्रहरु - अबखाजिया र दक्षिण ओसोटियामा निर्णायक सैनिक हस्तक्षेप गरेर ती दुवै नव बिद्रोही देशहरुवाट जर्जियाली सैनिकहरुलाई नराम्रोसँग धपाइदियो। (more…)
Popularity: 2%
September 24th, 2008
राज्य पुनःसंरचना बारे (भाग–४)
– महेश्वर श्रेष्ठ
केन्द्रीय सदस्य, नेकपा (एकीकृत)
२. संघीय सरकारका अंगहरु र तिनको गठन
२.१ संघीय व्यवस्थापिका
२.१.१ नाम
नयाँ नेपालको संघीय व्यवस्थापिकाको नामाकरण गर्दा यस्तो होस् कि त्यसको नाम मात्रले पनि त्यसमा जनताको सर्वोच्चता र स्वामित्व झल्काउन र अनुभूति दिन सकियोस्। तसर्थ नेपालको संघीय व्यवस्थापिकालाई संघीय जनसभा अथवा संघीय लोकसभा [Federal People’s Congress] नामाकरण गर्नु अत्युत्तम हुनेछ। (more…)
Popularity: 1%
September 24th, 2008
गणन्त्र नेपाल र गणतन्त्र भारतको साझा गन्तब्य
-लोकनारायण सुवेदी
बिषयारम्भः
१. ठूलो बलिदानपूर्ण संर्घषपछि गणतन्त्र प्राप्त गरेको र त्यसलाई संस्थागत गर्न अग्रसर हुदै गरेको नेपालले साम्राज्यवादी औपनिवेशिक दासतवाट स्वाधीनता प्राप्त गर्न भारतीय जनताले गरेको बीरतापूर्ण संर्घषलाई स्मरण गर्नु र त्यसको प्रकाशमा नेपाल भारत सम्वन्धलाई समीक्षा गरेर यस सम्वन्धमा छलफल गरी सही निष्कर्श निकाल्दै दुई देशका जनता वीचको मैत्रीपूर्ण सम्वन्धलाई सुसंगत ढंगले अझ विकसित तुल्याउन मद्दत पुर्याउनु समयोचित हुन्छ । पुरानो सामन्ती दासतावाट मुक्त हुदै गएको नेपालले यस अवसरमा र्सवप्रथम त्यस भारतीय स्वतन्त्रता संग्रामका वीर वीरांगना स्वतन्त्रता सेनानीहरुप्रति सम्मान प्रकट गर्दै बैदेशिक लूट, शोषण र उत्पीडनका बिरुद्ध लामो र कठीन लर्डाई लडेर मुक्त भएका भारतीय जनताको उत्तरोत्तर प्रगति र सफलताको लागि शुभ कामना प्रकट गर्नु दुइ देशका जनताका वीचको पारस्परिक सम्मान, सद्भाव र मित्रताले फराकिलो अयाम र उच्चाई हासिल गर्न सकोस् भन्ने सद्कामना पनि ब्यक्त गर्नु पनि हो। (more…)
Popularity: 2%
September 19th, 2008
उनीसंगको पहिलो र अन्तिम भेट

- सुनिता गिरी
सानै उमेरदेखि भावनात्मक लयहरुमा गाइएका नयाँ पुराना गीतहरुको कर्णप्रिय झन्कारहरुले मलाई भिन्नै किसिमको आनन्द दिलाउथ्यो। त्यसमा पनि नारायण गोपालका मुटु छुने गीतहरुले यो मनमा डेरा जमाई सकेको थियो। (more…)
Popularity: 3%
September 16th, 2008
बाढीले ल्याएको बिपत्ती र नेपाल-भारत सम्वन्धको वास्तविकता
- लोकनारायण सुवेदी
बर्षैपिच्छै नेपालको तराईको कुनै न कुनै भाग भीषण बाढी र डरलाग्दो डुवानको चपेटामा पर्ने गर्दछ। यस पटक सायद इतिहासकै सबैभन्दा ठूलो बाढीको चपेटामा तराई परेको छ। खासगरी कोसी ब्यारेजको पूर्वी तटबन्ध कोसीको बाढीले काटेर भत्काएपछि कोसी नदीले बाटो बदलेर सुनसरी जिल्लाका गाउँ बस्तीहरुमा सम्पूर्ण कोसी नदी प्रवेश गर्यो र त्यसले ताण्डव मच्चाउँदै गाउँघर जलमग्न पार्यो र हाहाकार मच्चायो। त्यसले अहिलेसम्म के कति नोक्सानी पुर्यायो त्यो कुरा यकिन रुपमा बाहिर आउन समय लाग्ने छ। तर त्यो क्षेत्र यतिवेला ठूलो जन धनको क्षतिकासाथ कोलाहलमय बातावरणवाट गुज्रिरहेको छ। कयांै मानिसहरु हराइरहेका छन्। पचासौ हजार मानिस सबै कुरा गुमाएर बिस्थापित हुन पुगेका छन् भने लाखौ मानिस त्यो जलप्रकोपबाट नराम्रोसँग प्रभावित हुन पुगेका छन्। (more…)
Popularity: 2%
September 9th, 2008
Previous Posts