डाँगीहाटमा एम्बुलेन्स ल्याउन कलाकारहरु

June 15th, 2010 Edit

सौरभ श्रेष्ठ, मोरङ/ एचकेनेपाल डट कम-
गएको शनिबार मोरङको डाँगीहाटस्थित डाँगीहाट रंगशालामा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुलाई हेर्न दर्शकहरु बाक्लै उपस्थिति रहेको थियो। हाइट इभेन्ट र डाँगीहाट फुटवल क्लवको आयोजनामा सम्पन्न ‘बुद्ध एयर सेभ द जर्नी’ नामको कार्यक्रमको सुरुवात धरानको युनाइटेड मल्टी आर्टसको कलाकारहरुको ‘सुन्दर शान्त नेपाल’ बोलको राष्ट्रिय गीतको नृत्यबाट सुरुवात भएको थियो भने कार्यक्रमको अन्त्य राई इज किङ्गको उपाधि पाएका अहिलेका सुपर गायक राजेश पायल राईले घुम्न जाऊ धरान बोलको गीत गाएर गरेका थिए।

तस्वीरः सौरभ श्रेष्ठ, मोरङ / एचकेनेपाल डट कम

डाँगीहाटमा एम्बुलेन्स ल्याउनका लागि सहयोगार्थ गरिएको सो कार्यक्रम मार्फत पहिलो पल्ट झुल्केकी ‘सिने गुरुङ’ को प्रस्तुति आकर्षक रह्यो भने चर्चित पप गायक निमा रुम्बाको गाउने स्टाइल पनि सबैले मन पराए। उनले प्रीति बस्यो, साथमा पनि, एक फेर ल्याइदेऊ लगायतका आधा दर्जन चर्चित गीतहरु गाउँदा दर्शकहरु उनीसँगै नाच्दै गाउन थाले । त्यस्तै, मेरी बास्सै टोलीका धुर्मुस, सुन्तली र माग्ने बुढाको प्रहसन पनि बेजोड रह्यो र उनीहरुको तातो घाममा पनि दर्शकहरुलाई पेट मिचि मिचि हाँस्न बाध्य तुल्याए।

राई इज किंग राजेश पायल राईले दर्शन नमस्ते बोलको आफ्नो सर्वाधिक हिट गीत दर्शकहरुको अनुरोधमा गाउँदै आफ्नो प्रस्तुतीको सुरुवात गरेका थिए । नाच्दै गाउने राजेशको पुरानो शैली अनुरुप दर्शकहरुको अनुरोध मान्दै उनले नौजाले मायाले, मोहनी लाग्ला, सँगसँगै बाँच्न पाऊ, सिरै फुल, घुम्न जाँऊ धरान, फैलियो माया, तीनतारा, सागर सरी चोखो माया लगायतका एक दर्जन गीत उनले पसिना काढ्दै प्रस्तुत गरे भने दर्शकहरु पनि राजेशसँगै गीत गाउँदै नाँच्दै उनलाई गाउन उक्साइरहे।

कार्यक्रम सफल भएको र एम्बुलेन्स किन्ने अभिप्रायले आगामी असार महिनाभित्रका डाँगीहाट गाविसमा एम्बुलेन्स भित्र्याइसक्ने आयोजक टोलीक अध्यक्ष छत्र लिम्बूले बताउनुभयो।

Popularity: 2%

Entry Filed under: एचकेनेपाल डट कम

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Anonymous  |  July 19th, 2010 at 9:44 pm

    program gauma huda sarai khusi lagyo!! many papuler artist singer haru gauma aaudas ghhanai khusi lagyo!!!! tara organaiger koho vanee chahi chaso chha yaha lekhiyeko vetiyena aru sab thik laggyo— ramesh hk

    Edit Comment
  • 2. Anonymous  |  July 25th, 2010 at 9:27 pm

    bhaunne lagat dangihat basile gaum kehi garne soch banai programe gareko khaber herna pauda khusi lagyo badhai6 dhiloi vaye pani

    Edit Comment

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने इन्दिवर वा रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Logged in as . Logout.

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Become a fan-

HKNepal.com on Facebook

Subscribe to our videos!


Calendar

September 2010
M T W T F S S
« Jun    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Most Recent Posts

Most Popular in June, 2010

Most Popular Posts