राजधानीमा ‘आदिवासी चलचित्र मेला’
May 22nd, 2009 Edit
एस, हङकङ / एचकेनेपाल डट कम-
राजधानीमा चार दिनसम्म आदिवासी चलचित्रहरूको मेला लाग्ने भएको छ। ती चलचित्रहरूमा नेपाली र विदेशी आदिवासी अनुहार र उनीहरूको जीवन चरित्रका कथा र जीवन भोगाईहरू अनुभूत गर्न पाइनेछ। मइन्डिजिनियस फिल्म अर्काइभ (आएफए)ले जेष्ठ १४ गतेदेखि चार दिनसम्म यस्ता चलचित्र हेर्न पाउने मौका जुराई दिएको हो।
‘अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव’ को रूपमा आयोजना हुन लागेको चलचित्र मेलामा आदिवासी र अल्पसंख्यक जनजातिका जीवन, भाषा, संस्कृति तथा हक र अधिकारका विषयबस्तु झल्किने १३ देशका २२ वटा विदेशी र १९ वटा स्वदेशी चलचित्रहरू प्रदर्शन हुने आयोजक आइएफएका अध्यक्ष नवीन सुब्बाले एचकेनेपाल डट कमलाई जानकारी दिए।
महोत्सवमा भेनेजुयला, अमेरिका, भारत, अष्ट्रेलिया फ्रान्स नर्वे फिनल्यान्ड बोलिभिया र क्यानडामा निर्माण भएका आदिवासी चलचित्रहरू प्रदर्शन हुने छन्। ती चलचित्रहरू राजधानीको राष्ट्रिय सभा गृह र नेपाल पर्यटन बोर्डको हलमा प्रदर्शन गरिने छन्। त्यसै गरी, नेपालमा निर्माण भएका नेवार, मगर, गुरुङ, थारु, सुनुवार, चेपाङ लिम्बू र माझी जातिका संस्कृतिमाथि आधारित डकुमेट्रीहरू प्रदर्शन हुने छन् भने गुरुङ, तामाङ, नेवार र थारु भाषाका चार फिक्सन फिल्महरू प्रदर्शन हुनेछन्। महोत्सवमा आएफएका लागि महिला निर्देशकहरुले निर्माण गरेका १३ छोटा चलचित्रहरू समेत प्रदर्शन हुनेछन्।
Popularity: 6%

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. Geeta | May 22nd, 2009 at 3:46 pm
wow, really great news, desh ko phohori rajniti bata kehi din mukta huna yo ramro avasar ho. tara ke garne afu ta ahile pardeshi po bhako chhu.
Nabin jee and entire team please keep it up your good work.
Edit CommentGeeta
2. shankar | May 22nd, 2009 at 9:28 pm
i would like to thanks to those people who had make their mind to organize this kind of film festival. but we have yet to see that how much creative people are there in our own place cuz making of documentary movie is not a jock. we have to take as challlenge to change peoples mind through documentary movies……best of luck to all…..
Edit Commentआफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed