पिटर ब्रुक, महाभारत र हामी - राजेन्द्र रिमाल
April 10th, 2009 Edit
संस्मरणः
- राजेन्द्र रिमाल
सन् २००२ मा कार्यक्रम प्रस्तुत गर्न हङकङ पुग्दा भाग्यवश पिटर ब्रुकको नाटक पनि त्यहाँ मञ्चन गर्न लागिएको थाहा पाउंदा मनमा उत्साह र उत्तेजना एकै पटक बढेको थियो। रंगकर्मको झण्डै बीस बर्षो यो निरन्तर यात्रामा किन हो किन पिटर ब्रुक मलाई आत्मीय लाग्छन् । मुलतः पिटर ब्रुक फ्रान्सेली नाटक निर्देशक हुन् तर उनी रंगकर्ममा संसार भरि नै कहलिएका र अत्यन्तै पारिवारिक छन्।
मैले भर्खर भर्खर रंगकर्म शुरु गर्दा नै पिटर ब्रुक र उनको प्रोडक्सनको बारेमा सुन्ने मौका पाएको थिए। रंगकर्मको ‘कखरा’ संगै उनी र उनको प्रसिद्ध नाटक महाभारतका बारेमा परिचय पाएं। सुनेको थिएं, पूर्वीय दर्शन र सभ्यताको महत्वपूर्ण दस्तावेज ‘महाभारत’ लाई पिटर ब्रुकले नाटकको रुपमा मञ्चन गरे, नौ घण्टा लामो उक्त नाटक युरोपमा लोकप्रिय भईरहेको छ, नाटकमा द्रौपदीको भुमिकामा भारतीय अभिनेत्री तथा चर्चित नृत्याङ्गना मल्लिका साराभाईले काम गरिरहेकीछन्, नाटक मञ्चमा मात्र होईन आकाशमा पनि गरिदैछ, दर्शकका लागि विशेष खालका कुर्सी जडान गरिएका छन् जसले गर्दा जता फर्किएर पनि हेर्न सकियोस आदि आदि । यी चर्चाहरुले भर्खरै बन्दै गरेका मेरा रंगकर्म ग्रन्थीका कोषिकाहरुमा राम्रो र अमीट प्रभाव छाडेको थियो र अद्यावधि छंदैछ।
पिटर ब्रुकका ती कुराहरुले मलाई एकै पटक धेरै प्रश्नहरु र धेरै शिक्षाहरु दियो। त्यत्तिबेलै लागेको थियो, एउटा फ्रान्सेली निर्देशकले महाभारतको मञ्चन गर्नु र अझ त्यो युरोपमा लोकप्रिय हुनु भनेको हाम्रो पूर्वीय दर्शन युरोपमा फेरि पनि स्वीकार्य हुनु हो। त्यसैले हाम्रो लागि पनि प्रशस्त सम्भावनाका ढोकाहरु खोलिदिएको थियो। नाटकमा द्रौपदीको भूमिकामा छिमेकी राष्ट्रबाटै छनौट हुनु भनेको हामी पनि त्यो दौडमा त्यत्ति साह्रै टाढा थिएनौं। त्यसपछि नाटकको रुपमा महाभारतको विशाल वैभवशाली प्रस्तुति, भेषभुषा, ऋंगार, सेट आदिले थप उत्प्रेरणा प्रदान गरेको थियो। त्यसमा प्रयुक्त कल्पनाशीलता, कलाकारहरुको यथार्थवादी र सटीक छनौट र उनीहरुले चरित्रप्रति गरेको न्याय वास्तव मै अनुकरणीय लाग्थ्यो। यी सबै लेखिरहंदा मलाई एउटा कुरा भन्नै मन लाग्यो कि मैले नाटक नै त हेरेको थिईन, फोटो र त्यस माथिका केही समीक्षा हेरेर पढेर अनुभुत गरेका कुरा थिए यी। अझ नाटक नै हेर्ने मौका पाएको भए त अझ कति उत्प्रेरणा प्राप्त हुने थियो होला। मनमा अझै पनि पिटर ब्रुकको महाभारत हेर्ने इच्छा ज्यूंदै छ। उनै पिटर ब्रुक उनको पछिल्लो नयाँ नाटक लिएर हङकङ आईपुगेका थिए। तर दुर्भाग्य, मेरो कार्यक्रम र उनको नाटकको मिति र समयको तालमेल नमिल्दा मैले नाटक हेर्न पाईन जुन कुराले मलाई संधै दुखित बनाईरहन्छ। पिटर ब्रुकले त्यत्तिबेलै खोलिदिएको भए पनि हामीलाई त्यहाँ पुग्न अझै कठीन भईरहेको छ। बल्ल बल्ल सुनील पोखरेलले ‘अग्निको कथा’ केही देशहरुमा पुर्याए। अनुप बरालले ‘आनमया’ लाई जापान पुर्याए र ब्रोडवे जाने सपनाको तयारी गर्दैछन्। पिटर ब्रुकको सर्वसुविधा सम्पन्नता र हाम्रो सर्वसुविधा विपन्न नेपाली रंगकर्म बीच धेरै अन्तर छ। अझ राजधानी भन्दा ५०० कि.मी. टाढा हाम्रो रंगकर्मलाई त ‘अति विपन्न’ भन्दा पनि अर्को शब्द छ भने त्यो पनि भन्दा हुन्छ।
काठमाडौमा गुरुकुलमा अहिले नियमित रुपमा नाटक मञ्चन हुन्छ र राम्रा नाटकहरु मञ्चन भईरहेका छन्र्। इर्ष्या गर्न लायक कुरा के हो भने आरोहणको गुरुकुललाई होस्टे गर्ने थुप्रै केशव स्थापितहरु देखा परे। तर दुर्भाग्य हाम्रो हामीले एउटै केशव स्थापित पाउन सकेनौं। गएका केही वर्षरुमा धरानको अनाम पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवहरुमा सहभागी हुंदै आएको छ, पुरस्कृत पनि भएको छ तर यति हुंदाहुंदै पनि यहाँ कोही हैंसे गर्ने निस्किएनन्। यो भन्दा दुखद बिडम्बना के हुन सक्छ?
अभाव, असहयोग, नकारात्मक दृष्टिकोण बीच हुर्किरहेको हाम्रो रंगकर्म कुन मोडमा पुग्ने यात्रा गरिरहेको छ, पिटर ब्रुक, उनको महाभारत, हाम्रा सपनाहरु र चेतनाशुन्य नीतिनिर्माताहरुको बीचमा।
r_rimal2002@yahoo.com
(लेखक अनामसंग आबद्ध रंगकर्मी हुन्। सं.)
Popularity: 7%
Entry Filed under: एचकेनेपाल डट कम, कला

7 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. Rakesh Limbu | April 13th, 2009 at 5:26 pm
rajendra ji achel khub chhai rahanu bhako chha ni. keep it up
Edit Comment2. Himal Rai | April 13th, 2009 at 5:30 pm
anaam le keshb sthapit jasto subhachintak napaunu singo purwanchal ra desh kai lagi ghata ho, dharan ko lagi ta jhan dherai ho.
Edit Comment3. Ritima Rai | April 15th, 2009 at 8:36 pm
peter brook ko bare ma thorai bhaye pani jankari garaunu bhako ma dhanyebad
Edit Comment4. Kailash Subba | April 15th, 2009 at 8:41 pm
this article is in a diffrent angle. i like this article, Thank you Rimal ji
Edit Comment5. Khem Limbu | April 22nd, 2009 at 4:07 pm
bichara anaam ka sathi haru, ghar ko dal bhat khayera kahile samma yasari natak gardai hidnu hau ?
Edit Comment6. Anonymous | October 27th, 2009 at 3:16 pm
Rimal ji aafulai natyakarmi or rangakarmi bhannu huncha tara Peter Brook french bhannu huncha haina hachuwa taal ma lekheko ho ki typo mistake ho bujhna sakiyena. Peter Brook is British Director. He is knowned for his experimental theatre. Jahan samma Mahabharata ko kura cham he and Jean-Claude Carriere work together on adapting tha Mahabharata. Jean is french writer. sayad yehi galti bhayo hola aafu ko.
Edit Commentaastu
7. Anonymous | December 21st, 2009 at 5:25 am
bro haru ahile natak ko kura garne bela bhanda desh bikasma yaso chaso dekhaya kaso hola? beer ko jhokma bole jasto kaha hunchh paila aafulai change garnu paryo haina ra ?teso gare kaso hola hehhehe
Edit Commentआफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed