संगीतको कालो बजारी

November 20th, 2008 Edit

निर्मल श्रेष्ठ, हङकङ / कान्तिपुर -
‘अनधिकृत रूपमा कपी गरी बिक्री गरिएको पाइएमा कानुनबमोजिम कारबाही गरिनेछ’ सबैजसो नेपाली सांगीतिक उत्पादनमा लेखिएका यी शब्दले हङकङमा अर्थ राख्दैनन्। हरेक नेपाली पसलमा सजिएका संगीत र चलचित्र सामग्रीले राम्रै बजार रहेको अनुभूति गराए पनि वास्तविकता तीतो छ। दुइ सय ५० सम्म मूल्य लेखिएका सीडी र भीसीडी चारदेखि आठ हङकङ डलर (४० देखि ८० नेपाली रुपैयाँ) मा सजिलै पाइन्छ। अर्थात् यहाँका बजारमा सक्कली सीडी दुर्लभ छन्।

‘हेर्ने कुरो उही हो, सस्तैमा पाएपछि कसले महँगो तिर्छ ?-’ जोर्डनस्थित एक पसले निर्धक्क भन्छन्, ‘सक्कली खोज्न आउने त एकाध हुन्छन्।’ दृश्यसहितका मनोरञ्जनात्मक सामग्रीको बजार भने राम्रो रहेको उनले बताए।

नेपालमा रिलिज भएका सबै गीतसंगीत र दृश्य सामग्री तुरुन्तै हङकङमा उपलब्ध हुन्छन्, दोब्बर कम दाममा । साजसज्जा दुरुस्तै । मनोज गजुरेलको ‘फोटोकपी’, भूषण दाहालको ‘कागबेनी’ पुराना भइसके । हालै निस्केका लोकदोहोरी ‘जाल बुनियो,’ ‘पञ्चैबाजा लोक कोसेली’, रियाजको ‘विग हिट्स’, बूढासुब्बाको ‘डान्स मस्ती’, ‘चलचित्र हंगामा’ सबै उपलब्ध छन्।

यीबाहेक कतिपय चर्चित गीतसंगीत कलेक्सन सीडी यतै बन्छन्। ‘कलाकारको पसिना अर्कैको कमाइ खाने भाँडो भएको छ,’ नेपथ्य हिट्स’ का नाममा निकालिएको भीसीडीबारे अनभिज्ञता प्रकट गर्दै समूहका पूर्वसदस्य एवं कलाकार संघ हङकङका उपाध्यक्ष रवीन श्रेष्ठले भने।

नेपाली उत्पादन विदेशमा कानुन लाग्दैन भन्ने भ्रमले पनि यस्तो भइरहेको हुन सक्ने नेपाली महावाणिज्य दूतावासका अधिकारी सुशीलकुमार लम्सालको अनुमान छ। ‘पीडित पक्षको उजुरी परेमा’ उनले भने, ‘कारबाही हुने प्रावधान छ।’

कमाउने दाउमा अधिकांश कलाकारले ल्याउने गरेका सीडी पहिले नै कौडीका भाउमा बिक्री भइसकेको हुंदा कतिपयले सस्तैमा र नबिके सित्तैमा बाँड्न बाध्य हुनुपर्छ । गायक राजेशपायल राईले ल्याएका सीडी नबिकेपछि यङ लोङका पसलेलाई सस्तैमा दिनुपर्‍यो। रामकृष्ण ढकाल र दीप श्रेष्ठका भीसीडी किन्न पनि तयार नभएपछि आयोजकले नै किनिदिएको अनुभव छ संगीतकार दिनेश सुब्बासंग। कपी गर्ने प्रविधि र प्रचलन नहुंदा प्रतिगोटा पचासदेखि सय हङकङ डलरसम्म बिक्री गर्ने कलाकारले क्यासेट र सीडीबाटै मनग्य आर्जन गर्थे।

Popularity: 4%

Entry Filed under: एचकेनेपाल डट कम

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने इन्दिवर वा रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Logged in as . Logout.

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Become a fan-

HKNepal.com on Facebook

Subscribe to our videos!


Calendar

September 2010
M T W T F S S
« Jun    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Most Recent Posts

Most Popular in November, 2008

Most Popular Posts