चलचित्र कलाकार भुटानीलाई प्रभातको सहयोग
July 21st, 2008 Edit
एस काठमाडौं / एचकेनेपाल डट कम-
लामो समयदेखि विरामी अवस्थामा रहेका चलचित्र कलाकार गोपाल भुटानीलाई बेलायतका एक साहित्यिक संस्थाले आर्थिक सहयोग प्रदान गरेको छ।
प्रवासी नेपाली साहित्य समाज (प्रभात) अन्तर्गत “प्रभात” प्रोडक्सनको पहिलो प्रस्तुती तथा मुलिबीर राईको निर्देशन रहेको चलचित्र वास्तविकतामा अभिनय गरेका वरिष्ठ द्वन्द्व निर्देशक एवं कलाकार भुटानीलाई प्रवासी साहित्य समाज (प्रभात) र वास्तविकता चलचित्र परिवारले साउन ३ गते राजधानीमा एक कार्यक्रमको आयोजना गरी ८३ हजार १ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो।
फाइल तस्विरः चलचित्र कलाकार भुटानी । तस्विरः शिव मुखिया / एचकेनेपाल डट कम।
सहयोग समितिका एक संयोजक जितेन्द्र चेम्जोङ भुटानीलाई सहयोग प्रदान गर्न बेलायतबाट नेपाल आएका थिए। (प्रभात)द्वारा आयोजित सो आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका हस्तीहरु यादव खरेल, युवराज लामा, भुवन के सी, वसुन्धरा भूषाल, राजकुमार राई, लक्ष्मीनाथ शर्मा, देशभक्त खनाल, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिया लगायतको उपस्थिति रहेका थिए।
कलाकार भुटानीलाई सहयोग गर्न बेलायतमा चार सदस्यीय सहयोग अभियान समिति गठन गरिएको थियो। समितिका संयोजकहरुमा कलाकार तथा निर्माता भूमिराज राई, सह-निर्देशक/द्दन्द निर्देशक तथा क्यामराम्यान मिलन चाम्स, कलाकार तथा निर्माता वाइबी लावती र जितेन्द्र चेम्जोङ रहेका थिए। आर्थिक सहयोग जुटाउन बेलायतका बिभिन्न ठाउँहरुमा वास्तविकता चलचित्र प्रदर्शन गरिएको थियो।
यो पनि पढ्नुहोस् गोपाल भुटानीको अन्तर्वार्ता
Popularity: 5%
Entry Filed under: चलचित्र

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. dipak rawal | August 14th, 2008 at 3:07 pm
verry nice
Edit Comment2. MAYA LIMBU | September 5th, 2008 at 1:52 am
bhutani ko lagi sahayog garnu hune sampurna sangsanstha lagayet mahanu bhab haru lai mero tarfa bata bherai bherai dhanyabad .yeshari nai yahan haru ma sahayog ko bhabana jaagi rahosh bhandai bhutani jiu ko lagi shu_swasthya ko gardachu
Edit Commentmaya HK bata
3. MAYA LIMBU | September 5th, 2008 at 2:15 am
shu_swasthya ko kamana gardachu
Edit Commentआफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed