ब्रुस लीको घरजग्गा विक्री हुनबाट जोगियो (+Photo)

July 11th, 2008 Edit

निर्मल श्रेष्ठ, हङकङ / एचकेनेपाल डट कम -
ब्रुस लीको अन्तिम चिनोको रुपमा ४१ कम्बरल्याण्ड रोड, काउलुन तुङ हङकङमा रहेको घरजग्गा, विक्रीको लागि एक महिना लिलामीमा रहँदा हङकङबासीहरुको विरोध र अनुरोधका बाबजुद विक्री हुनबाट रोकिएको छ। चीनको सिचुवान प्रान्तका भूकम्प पीडितहरुको सहयोगार्थ भनी लिलामीमा राखिएको ५३० स्क्वायर मिटरमा फैलिएको दुई तल्ले घर सहितको जग्गा चौतिस वर्षअघि हङकङका धनाढ्य यू प्यागलिनले ८ लाख ५० हजार हङकङ डलरमा किनेका थिए। हाल लिलाम बढाबढको क्रममा उक्त घरजग्गाको मूल्य १३ मिलियन यू.एस.डलरसम्म पुगेको थियो। १९४० मा अमेरिकाको सेन फ्रान्सिस्कोमा जन्मिएका चाइनिज मूलका ब्रुस ली सन् १९७१ मा हङकङ बसाई सरे। श्रीमती लिण्डा ली का साथ अन्तिम दिनहरु विताएको घरको नाम उनले ‘क्रेनस नेष्ट’ राखेका थिए अहिले भने उक्त घर युवायुवतीहरुले छोटो समय विताउने ‘लभ प्वाइन्ट’ होटलको रुपमा परिणत भएको छ।

४१ कम्बरल्याण्ड रोड, काउलुन तुङमा अवस्थित ब्रुस लीको घर

‘ब्रुस ली फ्यान क्लब हङकङ’ ले लिलामीको विरुद्ध उठाएको आवाजमा सम्पूर्ण हङकङबासी र संञ्चारमाध्यमहरुको समेत ब्यापक समर्थन रह्यो। उनका फ्यानहरुले हङकङ सरकारले उक्त घरलाई खरीद गरी म्यूजियममा परिणत गर्नुपर्ने जोडदार माग अघि सारेकै बेला केही दिनअघि घरधनी यू प्यागलिनले हङकङ सरकार र सबै समुदायको सोच म्यूजियम नै बनाउने हुन्छ भने आफूले उक्त घर सित्तैमा उपलब्ध गराउन सक्ने कुरा बताएका छन्। उनको यो निर्णयको संसारभरि रहेका ब्रुस लीका फ्यानहरुमा खुसि छाएको खबर हङकङ र चाइनाका सबै संञ्चारमाध्यमहरुले प्राथमिकताका साथ प्रकाशन र प्रसारण गरेका छन्। घर म्यूजियममा परिणत गरी प्रबेश शुल्कबाट जम्मा हुने रकम भूकम्प पीडितहरुलाई निरन्तर प्रदान गर्दे जान सकिने सल्लाह घरधनीलाई दिइएको थियो। हङकङ सरकारले भने यो विषयमा तत्कालै कुनै प्रतिक्रिया दिएको छैन।

ब्रुस ली

‘साउथ चाइना मोनिङ्ग पोष्ट’ संगको कुराकानीमा फ्यान क्लबका अध्यक्ष वङ यिउले, ब्रुस ली नै मार्शल आर्टको कलाबाट, विश्वभरि चाइनिजहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने शताब्दीकै पहिलो ब्यक्ति भएको र उनको अन्तिम निशानीप्रति संसारभरि रहेका उनका फ्यानहरुको भावना समेत गाँसिएको हुँदा घरजग्गा जो सुकैको स्वामित्वमा रहेको भएता पनि अन्य प्रयोजनको निमित्त प्रयोग गर्दा उनीप्रति आस्थावान करोडौ मानिसहरुको मनमा चोट पुग्न जाने कुरा बताएका छन्। ‘वर्ड फ्लु’ का बेला कुखुरा पाल्ने किसानलाई लाखौ अनुदान दिन सक्ने हङकङ सरकार ली जस्तो विश्वप्रसिद्ध व्यक्तिको अस्तित्व जोगाउन भने चासो नदिएको पनि उनको आरोप छ। उनले प्रतिप्रश्न गर्दे रोष प्रकट गरेका छन्। के कुखुराहरुको भन्दा ब्रुस लीको हैसियत कम छ ? फ्यान क्लबकै सकृयतामा उनको ६५ औ जन्मदिवस मनाउने क्रममा चिम सा चोयको प्रसिद्ध ‘एभिन्यु अफ स्टार’ मा लीको दुई मिटर अग्लो सालिक अनावरण गरिएको थियो।

श्रीमती लिण्डा, छोरा ब्राडन र छोरी स्यानोन ली का साथ ब्रुस ली

गोल्डेन हार्भेस्ट, हङकङद्धारा निर्माण गरिएको तीन चलचित्र द विग बोस, फिस्ट अफ फ्यूरी र द वे अफ द ड्रागनको सफलताले उनले दुई बर्षभित्र नै सुपरस्टारको दर्जा हासिल गरे। चर्चा र सफलताको चरमउत्कर्ष रहेकै बेला सन् १९७३, ३२ वर्षको उमेरमा हङकङमा एकजना महिला सहकर्मी कलाकारको घरमा उनको रहस्यमय ढंगले मृत्यु भएको थियो। उनको छोरी स्यानोन लीद्वारा अमेरिकामा संञ्चालित ‘ब्रुस ली फाउन्डेशन’ ले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहनुका साथै हालसम्म पनि विश्वभरि उनको चलचित्र, पुस्तक, तस्वीर र नाम अकिंत सामाग्रीहरुको निरन्तर माग रहदै आएको छ।

आफ्नो घर अगाडि श्रीमती लिण्डा लीका साथ ब्रुस ली


एभिन्यु अफ स्टारमा अवस्थित ब्रुस लीको सालिक
निर्मल श्रेष्ठ, हङकङ / एचकेनेपाल डट कम. तस्वीर स्रोत: इन्टरनेट

Popularity: 4%

Entry Filed under: चलचित्र

16 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Milan Tamang  |  July 11th, 2008 at 10:33 am

    nice news, this is really the news, so pls try to find and reporting like this, keep it up hknepal, thanks to you all ..

    Milan

    Edit Comment
  • 2. Namsang  |  July 11th, 2008 at 10:35 am

    ho yo kura ma ma mero priya Itihas ko guru ko pakchhya ma wakalat gardachhu. Hongkong sarkar le yas ma chaso dekhaunu parchha.

    Edit Comment
  • 3. viks  |  July 11th, 2008 at 11:11 pm

    ho balla ramro news suniyo . nepal ko news bhanda hong kong ko local news padna paye baru besh hunthyo. thanks a lot

    Edit Comment
  • 4. khushi  |  July 11th, 2008 at 11:47 pm

    ब्रुशली यस् संसारबाट मरेर गए पनि उन्को नाम्मा यस्तो संघ संस्था बनाई दिएमा उनी सधैं अमर रहनेछन।

    Edit Comment
  • 5. dj  |  July 12th, 2008 at 12:48 am

    good news hknepal le yo tasbir ramro samrachhyan garirakhe ramro hunethiyo.

    Edit Comment
  • 6. Suraj  |  July 12th, 2008 at 11:52 am

    म पनि सानै देखी ब्रुशलीको फेयान हुँ । म खेलाडी पनि भयकोले त् झन मेरो ब्रुशली प्रती बेगलै सम्मान छ । धेरैपछी आफुलाई मन परेको मान्छे को समाचार पढन पाहुँदा निकै खुशी लाग्यो । धन्यवाद एच्केनेपाल अनी निर्मल जीलाई । सधैं बि बि किउ र सम्मान जस्ता पढेर खासै मनोरन्जन वा जानकारी नहुने समाचार भन्दा यस्तै ताजा जानकारी दिने प्रयास गर्नु भय हाम्रो समयको पनि राम्रो सदुपयोग हुने थियो कि । हङकङबासी को धारणा पर्ती मेरो पनि समर्थन छ है । यो त हुनै पर्ने कुरा हो र हुनै पर्छ ।

    सुरज

    Edit Comment
  • 7. jeetkunedo  |  July 16th, 2008 at 2:15 pm

    so far i know reading n researching those bruce lee article for more than a decade let me know tht bruce lee was jus a scared kid even though he was a talented man artist actor philosopher.
    He was killed by himself. all those hard training everyday jus to be the best of the best …finally b4 his death he’d a check up in US previously flying back 2 hk …the doctor told him he’d a 18 yrs old body in at 32 yr …he was proud …he took medicine jus to gain strength maintain flexibility for the fighters body he experimented his own body with different stuff like exercise medicine etc
    HE DIED OF CEREBRAL EDEMA…since there was no external injuries found….internally saying during the examination period his brain was found to be swollen consderibly from 1,400 to 1575 grams(a 13% increase).dr teare declared that his the death was caused by an acute cerebral edema due to reaction to compounds present in prescription pain killing drug equagesic that lee took b4 his death.
    REFerences
    Brucelees fighting method vol 1-2-3-4
    Tao of JEETKUNEDO ohara
    Tao of jeet kune do tuttle….

    Edit Comment
  • 8. palden  |  July 21st, 2008 at 9:01 pm

    if you guys wanna see the reborn of bruce lee, the same face , figer and height, then try to find me in himalaya, but……first you must find out the Yeti and then it´s almost possible to find me if you are lucky!!!!

    Edit Comment
  • 9. rajendra chongbang,canada  |  July 24th, 2008 at 9:05 am

    khushi lagyo dherai din pachee bruslee ko barema padnaapaouda thanx 4 hk nepal

    Edit Comment
  • 10. raj  |  July 25th, 2008 at 4:31 pm

    brusli ko saalik

    Edit Comment
  • 11. HEM LIMBU  |  July 25th, 2008 at 11:33 pm

    KHUSI LAGO

    Edit Comment
  • 12. RAJESH DHAKAL  |  September 2nd, 2008 at 1:36 pm

    thanks a lots to hknepal

    Edit Comment
  • 13. shaktee lama  |  September 19th, 2008 at 2:13 pm

    aaja tapaiko unit le brush lee ko barema naya khabar sunaunu huda malai derai khusi lagyo ina bhane ma sanuma teakwondo khelda maile jahile pani brush lee ko film herera aani brush lee ko photo herera maile aatma bal badauthe, aaja martial ko samrat lai tapaile yo hk nepal marfat publish garnu bhako ma tapailai danya bat matra haina derai deari nai danya bad ka sath feri pani yesari tapaile martial ko barema jankari die akhnu hunchha hanne aashaka sath thanksssssss

    Edit Comment
  • 14. rtamu  |  October 10th, 2008 at 12:21 pm

    Bruce LEE is the best Asian Action Man Ever. No one can match him.
    He deserve better than that!

    Edit Comment
  • 15. PUNTAY MAHELA MANIK  |  April 27th, 2009 at 7:10 pm

    I REALLY IMPRESHED WITH THE ARTS OF BRUCE LEE THAT NONE CAN DO IT IN THE WORLD

    Edit Comment
  • 16. duth man gurung  |  August 1st, 2009 at 12:48 am

    ma pani brusli jasto banne rahhar cha yar ,,,,

    Edit Comment

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने इन्दिवर वा रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Logged in as . Logout.

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Become a fan-

HKNepal.com on Facebook

Subscribe to our videos!


Calendar

September 2010
M T W T F S S
« Jun    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Most Recent Posts

Most Popular in July, 2008

Most Popular Posts