तितो सत्यले गरायो तितै अनुभव (+Photo)
July 4th, 2008 Edit
निर्मल श्रेष्ठ, हङकङ / एचकेनेपाल डट कम -
‘एक काज, दुई पन्त’ को शैलीलाई पछ्याउदै फेब्रुवरी महिनामा कार्यक्रम प्रस्तुत गर्न हङकङ आइपुगेका चर्चित जोडी दिपकराज गिरी र दिपाश्री निरौलाले केही स्थानीय कलाकारहरुको सहभागितामा जोर्डन, युन लोङ, स्टार फेरीलगायतका स्थानहरुमा धारावाहिक ‘तितो सत्य’ का लागि भनी दृष्यहरु समेत छांयाकन गरेका थिए।
दिपकराज गिरी र दिपाश्री निरौला, फाइल तस्वीरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम।
केही हप्ताभित्रै प्रसारण हुने आश्वासन दिई जोडी नेपालतर्फ उडेको पनि चार महिना वितिसक्यो तर तितो सत्यमा सो दृष्यहरु त कता हो कता हङकङको नाम समेत एकपटक पनि उच्चारण भएको नसुन्दा स्थानीय कलाकारहरुबाट ‘तितो सत्य’ ले आफूहरुलाई तितै अनुभव गराएको स्वरहरु गुञ्जन थालेका छन्। जोर्डनमा अवस्थित एक ब्यूटी पार्लरमा दिपक र दिपाले करीव पाँच घण्टा विताई कपाल कटिङ, कलर, हाईलाईट, ट्रिटमेन्ट लगायतका सुविधाहरु सित्तैमा लिई छायाँकन समेत गरेका थिए। आफ्नो पार्लरको दृष्य र अनुहार आउने आशामा दिपकलाई सिगार्न घण्टौ खर्चेकी अर्चना सो दृष्य हेर्न नपाएकोमा खिन्न छिन्।
हङकङमा छायांकनका लागि व्यवस्था मिलाएका पूर्णले पटक-पटक दिपाश्रीसंग सम्पर्क गर्दा अब केही दिनमै प्रसारण हुने आश्वासन मात्र पाएको बताउछन्। सत्य के हो त, भनी जान्न ‘तितो सत्य’ का दिपकराज गिरीसंग हङकङबाट मोबाइल सम्पर्क गर्ने क्रममा उनले हङकङमा दृष्यहरु छांयाकन गरिएको कुरालाई स्वीकार्दे भने, ‘त्यहाँ छायांकन गरिएको दृष्यहरु किड्नी चोर्ने डाक्टरसंग सम्बन्धित थियो तर म नेपाल फर्किनासाथ यहाँको राजनीतिक माहोलले अर्के गति लियो, वर्तमान माहौलसंग कथाबस्तु मिल्न नसकेकोले खिचिएका दृष्यहरु देखाउन नसकिएको हो । हामी मिल्ने कथाबस्तु तयार गर्देछौं । ब्यूटी पार्लरको नामसहित दृष्यहरु प्रसारण गर्ने बहानामा सित्तैमा सुविधाहरु लिनु भयो रे नि ? भन्ने प्रश्नमा, ‘हामीले नलिनुस भनेका होइनौ, उहाँहरुले लिनुभएन, कुनै कलाकारहरुसंग हामीले पैसा लेनदेन गरेका छैनौ, समयमा प्रसारण गर्न मात्र नसकेका हौ, यही भदौ महिनाभित्रै पक्का प्रसारण गर्नेछौ।
यही कार्यक्रमका लागि दिपकराज गिरी र दिपाश्री निरौला हङकङ आएका थिए तल हेर्नुहोस् भिडीयो। यस भिडीयोमा अन्य नेपाली कलाकारहरु पप गायक सविन राई, इण्डियन आईडल - तेस्रो प्रशान्त तामाङ र हास्यकलाकार मुन्द्रेका प्रस्तुतीहरु पनि समेटिएका छन्।
कार्यक्रमअघि एचकेनेपाल डट कमले लिएको भिडीयो अन्तर्वार्ता तल हेर्नुहोस्।
Popularity: 4%
Entry Filed under: एचकेनेपाल डट कम

10 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. Milan Tamang | July 5th, 2008 at 10:39 am
PARDAFAS Vayacha ni DeepaK jI, Arulai sikaudai hinne Beyagaya hanne aafu le chahi tehi kura lagu nagarne, yo ta bhayana ni hajur.
Mian
Edit Comment2. Raju | July 5th, 2008 at 1:23 pm
यो त् राम्रो कुरा भयन नि दीपक र दीपा जि
Edit Commentआश त गर,तर भर नपर भन्नु भय हुने थियो नि बरु पहिले नै
3. bharupal | July 6th, 2008 at 7:09 am
lara didi,
tapaiko udghoshan ramro chha. ali english word ra sentence haru suddha bolnu bhaye ajha sunma sugandha hune thiyo.
ali kalakarharu lai uniharuko accent ma bolda ali khilli udaye jasto lagyo. sayad malai matra huna sakchha. but personally, I don’t like being teased directly. its your personal choice lara di!
uhi subha chintak
Edit Commentuk
4. Gurung Durga | July 9th, 2008 at 7:44 pm
hknepal lai dherai dherai ni dhannebad
Edit Comment5. Sujita KC | July 11th, 2008 at 6:18 pm
मेरो बिचारमा लारा दिदीले interview लिनको लागि training लिनु पर्छ जस्तो लाग्यो, किनकि मैले तपाई कलाकारहरु सग interview लिदा उनिहरु सग eye contact भएको देखिन।
Edit Comment6. anil | August 10th, 2008 at 12:49 am
ho ta ni kalakar bhanna sath ki bhuttukai hune haru lai yestai huncha…..tyo depak ani deepa dubai jana fatah ho
Edit Comment7. santi | August 11th, 2008 at 2:55 pm
ach maso prashant shanga makhhai..
Edit Comment8. shailendra | August 14th, 2008 at 9:16 pm
मित्रहरु हो !!! सबै राम्रै छ HKNEPAL को PROGRAM, तर त्यहा आयोजक हरु ले किन SOUND SYSTEM बनाउन सक्दैन त्यही दिक्क लाग्छ । त्यही देश मा बस्ने त्यही ठाउँ मा बस्ने को टेक्नोलोजी कहाँ पुगी सक्यो नेपाली को हालत त्यस्तै छ HKNEPALर DCNEPAL को कुनै पनि PROGRAM हेर्नुस् कसै को पनि SOUND SYSTEM राम्रो छैन यही दिक्क लाग्छ । बहिरको SOUND किन OFF गर्न सक्दैन ?? कि कुनै टेक्निशिन छैन होल त त्यात्राो नेपाली मा? के बोल्यो के बोल्यो बुझ्दैन बहिरको SOUND ले।
Edit Comment9. MAYA LIMBU | September 5th, 2008 at 2:25 am
bichara haru ko kina yetro beijat ni? prabidhik gadbag ko karan pani ta huna sakcha……………
Edit Comment10. Anonymous | March 3rd, 2010 at 10:14 am
try to understand yar. dont play other feelings.
Edit Commentbhanu ,bhojpur
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed