रोहित टप फाइभमा (News update)

रोहित टप फाइभमा
एस, मुम्बई / एचकेनेपाल डट कम, अक्टोबर १० -
कम भोटका कारण रणभूमिमा परेका स्टार भ्वाइस अफ इण्डियाका प्रतियोगी रोहित सुनार अन्ततः टप फाइभमा पर्न सफल भएका छन्। रोहित, मल्लार र विपुल पव्लिकबाट कम भोट पाएका कारण शुक्रवार रणभूमिमा परेका थिए। रणभूमिमा परेका तीन प्रतियोगीमध्ये मल्लार प्रतियोगिताबाट बाहिरिए। स्टार भ्वाइस अफ इण्डियाका दावेदारसमेत रहेका नेपाली मूलका रोहित सुनारलाई आशा गरे जस्तो पव्लिक भोट प्राप्त हुन सकेको छैन। (more…)

Popularity: 7%

82 प्रतिक्रियाहरू / comments October 10th, 2008

‘विष’ चलचित्रको प्रिमियर शो हङकङमा (9 November 2008)

एस, हङकङ / एचकेनेपाल डट कम, अक्टोबर ६ -
नेपालमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘विष’ को पहिलो प्रिमियर शो हङकङमा गरिने भएको छ। याउ मा तेइस्थित हेन्री जी लियोङ हलमा नोभेम्बर ९ तारिख आइतबार बेलुका ७ बजे चलचित्रको प्रथम प्रदर्शन गरिने भएको छ। (more…)

Popularity: 1%

8 प्रतिक्रियाहरू / comments October 7th, 2008

मलाई नेपाली हुनुमा गर्व छ - गायक उदितनारायण झा (+Photo)

मलाई नेपाली हुनुमा गर्व छ - गायक उदितनारायण झा
तस्बिर: निर्मल श्रेष्ठ / सुरज गुरुङ
रेडियो नेपालबाट सांगीतिक यात्रा शुरु गरेका उदितनारायण झा वि.स.२०३६ मा मुम्बई प्रवेश गरे। करीव दश वर्षको संघर्षपछि चलचित्र ‘कयामत से कयामत तक’ मा स्वर दिएको गीत अत्यधिक सफल रहेपछि उदितको प्रगति हुन थाल्यो। नेपाली र हिन्दी लगायत तीस भाषामा १५ हजारभन्दा बढी गीतमा स्वर भरिसकेका उदितले दुई हजार भन्दा बढी स्टेज प्रस्तुति दिइसकेका छन्। राष्ट्रियता एवं पारिवारिक विषयमा समेत विवादमा तानिने उदित हालै कार्यक्रम प्रस्तुत गर्न हङकङ पुगेका बेला साप्ताहिक प्रतिनिधि निर्मल श्रेष्ठले गरेको कुराकानीः (more…)

Popularity: 3%

20 प्रतिक्रियाहरू / comments September 26th, 2008

एउटै म्यूजिक भिडीयोमा ३ लाख खर्च (+Photo)

रुद्रप्रसाद भट्ट, पोखरा / एचकेनेपाल डट कम -
नव गायिका निलिमा शर्माले एउटै गीतमा तीन लाख रुपैयाँ खर्च गरेर म्यूजिक भिडीयो तयार पारेकी छिन्। सुन्दर पर्यटकीय नगरी पोखरामा तीन दिन लगाएर छायांकन गरिएको उनको ‘त्यो पारी डाँडा……..’बोलको गीतले प्रकृतिसँगको प्रेमको साथै प्रेमयुक्त भाव व्यक्त गरिएको छ। (more…)

Popularity: 4%

7 प्रतिक्रियाहरू / comments September 13th, 2008

मुक्तिनाथको कृपाले मर्दामर्दै बाँचे: नायक/निर्माता अमृत लामा

मुक्तिनाथको कृपाले मर्दामर्दै बाँचे: नायक/निर्माता अमृत लामा
प्रस्तुतीः निर्मल श्रेष्ठ / एचकेनेपाल डट कम
भिडियो सौजन्यः एटी फिल्मस् प्रा.लि., काठमाडौ
करीब दश बर्षअघि चलचित्र ‘भगवान’ मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका अमृत लामा थोरै चलचित्रमा अभिनय गरेर बढी चर्चा पाउने कलाकारको रुपमा चिनिन्छन्। (more…)

Popularity: 4%

5 प्रतिक्रियाहरू / comments August 24th, 2008

सडकको सुटिङले मानिसहरु तर्से (+Photo)

सुटिङ रिपोर्ट
सम थापा, नेपालगंज / एचकेनेपाल डट कम -

चलचित्र कहां छौ कहां
सडकको सुटिङले मानिसहरु तर्से
नेपालगंज अत्यन्त गर्मी हुने सहर। दिनभरीको गर्मीले दिक्क भएका मानिसहरु साझंपख सडकमा जम्मा हुन थालेका थिए। भीडभाड बढदै थियो। एक्कासी टक….टक…टक…को आवाज संगै घोडागाडी (टांगा)मा एउटा युवती र एक जना युवक भारतीय सिमावर्ती बजार रुपैढिया तर्फ हुईकिदै थिए। बुढो टांगा चालक घोडालाई तीब्र गतीमा दुगराउदै थियो। (more…)

Popularity: 4%

3 प्रतिक्रियाहरू / comments August 9th, 2008

मनोज गजुरेल बने उप-राष्ट्रपति (+Photo)

मनोज गजुरेल बने उप-राष्ट्रपति (+Photo)
निर्मल श्रेष्ठ, हङकङ / एचकेनेपाल डट कम -
फोटो: यादब पौड्याल

समसामयिक विषयबस्तुहरुमाथि चोटिलो व्यङ्ग प्रहार गर्ने क्रममा पूर्वराजा ज्ञानेन्द्रदेखि माधव नेपाल, गिरिजाप्रसाद कोइराला र प्रचण्ड समेतको क्यारिकेचर गरी प्रशस्त ताली पाएका हास्यकलाकार मनोज गजुरेलले यसपाली उपराष्ट्रपति परमानन्द झालाई व्यङ्गको तारो बनाएका छन्। ‘फोटोकपि’ शिर्षकको उक्त प्रहसन आउंदो हप्ता अडियो र भिडियोमा एकैसाथ बजारमा आउने छ। यही श्रावण ३२ गतेदखि आयोजना हुन गइरहेको ‘गाइजात्रा महोत्सव’ को तयारीमा ब्यस्त रहेका मनोजले हास्यव्यङ्ग समेटिएको गीति एल्बम समेत दशै अगाडिनै बजारमा ल्याउने तयारीमा छन्। हास्य गीतहरुको नामका हल्काफुल्का र कुनै अर्थ नरहेका गीतहरु बजारमा आइरहेका बखत हास्य विधा भनेको सकारात्मक सोचको साधन पनि हो भन्ने अभिप्रायले गीति एल्बमको नाम नै ‘सकारात्मक’ राखेको जानकारी हामीसंगको अनलाईन कुराकानीमा उनले बताए। (more…)

Popularity: 4%

4 प्रतिक्रियाहरू / comments August 7th, 2008

रोमान्सको लागि सोच्ने फुर्सद नै छैन - नायक भुवन के.सी. (Video+Photo)

रोमान्सको लागि सोच्ने फुर्सद नै छैन - नायक भुवन के.सी. (Video+Photo)
प्रस्तुती: निर्मल श्रेष्ठ
तस्बिर: सुनिता डंगोल र काजल फिल्मस्, काठमाडौं
म्यूजिक भिडियो सौजन्यः काजल फिल्मस्, काठमाडौं
सदाबहार नायकको रुपमा नेपाली चलचित्र जगतमा तीन दशक विताईसकेका भुवन केसीले चलचित्र ‘सपना’ मार्फत चलचित्र निर्माणमा समेत हात हाले, दोस्रो चलचित्र करोडपतिले दिलाएको ब्यवसायिक सफलताले उनलाई नायकको रुपमा मात्र नभई सफल निर्माताको कोटीमा समेत उभ्यायो। करोडपतिले दिलाएको सफलताले हौसिंयर निर्माण गरेको पछिल्लो दुई चलचित्र ‘नेपाली बाबु’ र ‘सुपरस्टार’ भने तुलनात्मक रुपमा सफल रहेनन्। पाँच वर्षको अन्तरालमा सम्भवतः नेपाली चलचित्र जगतकै इतिहासमा सबैभन्दा लामो नाम राखी निर्माण गरेको चलचित्रबाट आफू निकै आशावादी रहेको र यसले नेपाली चलचित्र जगतमा नयाँ मोड ल्याउने उनको दाबी छ। सम्पूर्ण काम पूरा भई प्रदर्शोन्मुख रहेको उनको चलचित्र ‘म तिमी बिना मरिहाल्छु’ लगायत उनको दिनचर्याको सेरोफेरोमा रही एचकेनेपाल डट कमका लागि निर्मल श्रेष्ठले गरेको कुराकानी ।

(more…)

Popularity: 6%

10 प्रतिक्रियाहरू / comments July 25th, 2008

चलचित्र कलाकार भुटानीलाई प्रभातको सहयोग

एस काठमाडौं / एचकेनेपाल डट कम-
लामो समयदेखि विरामी अवस्थामा रहेका चलचित्र कलाकार गोपाल भुटानीलाई बेलायतका एक साहित्यिक संस्थाले आर्थिक सहयोग प्रदान गरेको छ। (more…)

Popularity: 4%

3 प्रतिक्रियाहरू / comments July 21st, 2008

नेपाली एडभेन्चर चलचित्र “यतिको खोजीमा” कोरियामा प्रदर्शन गरिने (+Video)

वाइ पाण्डे, सउल कोरिया / एचकेनेपाल डट कम -
भिजुअल प्रोडक्सन प्रालिको प्रस्तुती नेपाली एडभेन्चर चलचित्र “यतिको खोजीमा” (In Search of Yeti ) कोरियाको सिउलमा अगस्ट २ मा प्रथम प्रदर्शन हुने भएको छ। फ्रेन्च नागरिक एरिक भ्यालीले वनाएको चलचित्र “क्याराभान” पछि नेपालीकै लगानीमा नेपालको प्रमुख पर्यटकीय स्थल मनाङ, मुस्ताङ, सिक्लेस, पोखरा, लामटाङ, वन्दीपूर, अन्नपूर्ण सर्कीट एरीया काठमाडौलगायतका ठाउंहरुमा छायांकन गरी करीव एक वर्षभन्दा वढी समय खर्चेर वनाएको पहिलो नेपाली एडभेन्चर चलचित्र हो। (more…)

Popularity: 4%

1 प्रतिक्रिया / comment July 21st, 2008

Previous Posts


D-PAL-Your Photo Gallery!!

Categories

Links

Feeds

Most Popular in July, 2008

Most Popular Posts